Explore news and happenings at Bhaktapur

जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थभन्दा टाढा बसेर जनताको हितमा इमान्दारिपूर्वक लाग्नुपर्ने

भक्तपुर, बैशाख १५ गते ।

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) ले कम्युनिष्टहरु मरेपछि स्वर्ग जाने इच्छा पाल्दैनन् बरु देश र समाजलाई नै ‘स्वर्ग’ बनाउने अभियानमा लाग्छन् भन्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुबीच शनिबार सम्पन्न पारिवारिक भेटघाट तथा मार्गनिर्देशन कार्यक्रममा बोल्नुहु“दै अध्यक्ष बिजुक्छेंले जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थभन्दा टाढा बसेर जनताको हितमा इमान्दारिपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहा“ले जनप्रतिनिधिहरु पार्टी कार्यकर्ता भएकाले पार्टीको सिद्धान्त र विचार बुभ्mन पार्टी प्रकाशनहरुको नियमित अध्ययन गरी जनतालाई सचेत पार्न निर्देशन दि“दै आलोचना र आत्मालोचनबाट खारिनुपर्ने बताउनुभयो । उहा“ले भन्नुभयो, ‘हरेक विषयमा पार्टीमा छलफल गर्ने र काम गरेपछि समीक्षा गर्ने बानी बसाल्नुपर्छ, आलोचना गर्नेभन्दा तारिफ गर्नेहरुबाट सचेत बन्नुपर्छ ।’
पार्टीका अग्रज नेता कार्यकर्ताहरुले गरेका संघर्ष र योगदान खेर नगएको उल्लेख गर्दै उहा“ले परिवारका सदस्य र नया“ पुस्तालाई क्रान्तिकारी र देशभक्त बनाउन जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेंले जनभावनाबमोजिम कार्य गर्दै गर्दा कसैलाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभयो । ‘यसो भन्दै गर्दा सबैलाई खुशी पार्नुपर्छ भनी गलत काम भने कदापी गर्नुहुन्न’, उहा“ले भन्नुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिहरु जनताको मालिक नभई सेवक भएको उल्लेख गर्दै जनताको आदर्श व्यक्ति बन्न त्याग, समर्पण र लगन आवश्यक भएको बताउनुभयो । उहा“ले भक्तपुरको आर्थिक, सामाजिक र सा“स्कृतिक परिवर्तनमा अग्रज पार्टी कार्यकर्ताहरुको दुःख कष्ट र निरन्तरको मेहनत रहेको स्मरण गर्दै पार्टीको नीति र निर्देशनलाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
साम्राज्यवादविरोधी कोरियाली युद्धका बेला क्रान्तिकारी नेतृ किम जङ सुकले गरेको संघर्षबारे चर्चा गर्दै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुको हरेक सफलतामा परिवारका सदस्यहरुको साथ रहने बताउनुभयो ।
वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलका नेता कार्यकर्ताहरुले मन्त्री र सा“सद बनेर व्यक्तिगत स्वार्थ पूरा गर्ने नै आप्mनो अन्तिम उद्देश्य बनाउने उल्लेख गर्दै भ्रष्टाचार र अपराधले गा“जिएको समाजलाई स्वच्छ बनाउन जनप्रतिनिधिहरुले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । उहा“ले वडामा रहेका विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरुमाझ जनप्रतिनिधिहरु पुग्न सुझाव दि“दै नया“ पुस्तालाई समाजप्रति उत्तरदायी बनाउन लाग्नुपर्ने बताउनुभयो ।
वागमती प्रदेशसभाका अर्का सदस्य सृजना सैंजूले राजनैतिक कार्यकर्ताको जीवन तरवारको धारमा हि“ड्नुजस्तै चुनौतिपूर्ण हुने बताउनुभयो । उहा“ले २०४५ सालको भक्तपुर काण्डको विरोधमा अग्रज किसान र महिलाहरुले गरेको संघर्षको चर्चा गर्दै जनताको पक्षमा काम गर्नेहरुलाई राज्यपक्ष र विरोधी शक्तिले षड्यन्त्रमा फसाउन सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय राजनैतिक परिस्थितिबारे जानकारी दि“दै उहा“ले संरा अमेरिकाले केही दिनअघि युक्रेन, इजरायल र ताइवानलाई ९४ अर्व अमेरिकी डलरको सैन्य सहयोगको घोषणा गरेर रुसलाई युद्धमा फसाउने, प्यालेस्टाइनलाई संसारको नक्साबाट समाप्त पार्ने र ताइवानमार्फत चीनलाई घेर्ने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा उप प्रमुख रजनी जोशीले पार्टीको चुनावी घोषणापत्र र का. रोहितद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक जनप्रतिनिधिहरुका लागि मार्गचित्र भएको बताउनुभयो । वडाध्यक्ष उकेश कवां र कार्यपालिका सदस्य रोशनमैया सुवालले पार्टीले हरेक कार्यकर्ताको मूल्यांकन गर्ने उल्लेख गर्दै एउटा पुस्ताको लागि मात्र नभई पुस्तौ पुस्ताको सेवा गर्न राजनीति गरिने बताउनुभयो ।
वडाध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको उद्देश्यबारे चर्चा गर्दै जनप्रतिनिधिहरुबीचको पारिवारिक सम्बन्ध विस्तारले जनताको भावनाबमोजिम कार्य गर्न थप उत्साह प्राप्त हुने र जनप्रतिनिधिहरुबीच सैद्धान्तिक विषयमा नियमित छलफल र अन्तरक्रिया गरिरहनुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.