‘न्यायपालिकाले गरेका उत्कृष्ट निर्णयहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त गर्न सक्छ’
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
सम्माननीय प्रधान न्यायाधिसज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधिसज्यूहरु,
साँस्कृतिक नगर, नाचगानको नगरले परिचित भक्तपुर नगरपालिकाका जनताको तर्फबाट यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं ।
नयाँ वर्ष २०८१ सँगै भक्तपुर जिल्ला अदालतको नयाँ भवन उद्घाटन भएको छ । हामी भक्तपुर बासीहरु अन्यन्त खुशी छौं । सम्पूर्ण भक्तपुर बासीहरुको तर्फबाट प्रधान न्यायाधिसज्यू र सम्पूर्ण न्यायिक क्षेत्रमा कार्यरतहरुलाई आजको यस अवसरमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं ।
जनसंख्या वृद्धिसँगै दरबार क्षेत्र स्थित अदालत भवन अपुग भएको हामी सबैले अनुभव गरेका थियौं । भक्तपुर नगरपालिकाले कला–संस्कृतिको संरक्षणको साथै पुरातात्विक महत्वका क्षेत्रहरुको संरक्षणलाई पनि उतिकै जोड दिदैं आएको छ । त्यसै क्रममा पुरातत्वविद्हरुले भक्तपुरको ९९ चोक उत्खननको कुरा पनि उठाउनु भयो । त्यसलाई ध्यानमा राखेर दरवार क्षेत्रका अदालतलगायत विभिन्न कार्यालयहरु स्थानान्तरणबारे पनि पटक पटक छलफलहरु भए र भइरहेका छन् । जिल्ला अदालतले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तुमचो दुगुरे आवास योजना क्षेत्रमा जग्गाको मागगरेअनुसार न्युनतम मूल्यमा जग्गा प्रदान गर्ने सहमति भई जग्गा प्रदान गरिएको हो । यसका लागि आवश्यक पहल गर्ने र सहयोग गर्ने तत्कालीन जिल्ला न्यायधिसज्यूहरु, अदालतका पदाधिकारीहरु सबैलाई भक्तपुर नगरपालिका हादि{क धन्यवाद ज्ञापन गर्दछ । सबैको प्रयासले आज यो ठाउँमा जिल्ला अदालतको विशाल र भव्य भवन निर्माण गर्न सम्भव भएको हो । अब निष्पक्ष, छिटो छरिटो र सुलभ न्याय दिएर यस भव्य महलको उच्च गरिमा कायम गर्ने जिम्मेवारी यस अदालतमा कार्यरत श्रीमान् न्यायाधिसज्यूहरु र कर्मचारीहरुको हो । हामी त्यसको अपेक्षा गर्छौं ।
सरकारी वकिल कार्यालय पनि अदालतसँगै भए सेवाग्राहीहरुलाई सहज हुने भनेर हामीले त्यसको लागि पनि पहल गदै{ छौं । विभिन्न प्राविधिक कारणले गर्दा अहिलेसम्म त्यो पूरा हुन सकेको छैन । हामी निरन्तर त्यसको लागि प्रयत्नरत छौं ।
न्यायपालिकाले विभिन्न व्यक्ति एवं संघ संस्थाले गर्ने काम कानून बमोजिम छ छैन हेरे जस्तै जनताको आस्थाको केन्द्र न्यायपालिकाबाट हुने हरेक निर्णय इमानदारीपूर्वक र निष्पक्षातापूर्वक भयो भएन भनी निर्णयकर्ताहरुको व्यक्तिगत आचरणबारे समेत जनताले शुक्ष्म ढंगले हेरिरहेका हुन्छन् । त्यो न्यायपालिकाको जनताले गर्ने एक प्रकारको परीक्षण पनि हो । न्याय दिएर मात्र पुग्दैन जनताले न्याय पाएको अनुभूति गर्न पाएनन् भने न्याय प्रदान गर्नुको खास अर्थ रहँदैन । त्यसैले न्यायपालिकाले आफूले गरेको उत्कृष्ट निर्णयहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त गर्न सक्छ ।
अदालतबाट हुने निर्णयमा ढिलाइकोबारे पनि जन गुनासो छ । २०७४ सालको संसदीय निवा{चन अघि प्रतिनिधि सभामा तीन प्रतिशत र प्रदेश सभामा साढे एक प्रतिशत मत सीमा(थे्रस होल्ड) को विरुद्धमा निवा{चन आयोगसमेतलाई विपक्षी बनाई दायर मुद्दा अहिलेसम्म फैसला भएको छैन । २०७४ र २०७९ गरी दुइ पटक संसदको निर्वाचन सम्पन्न भइ सक्यो । यस्ता धेरै मुद्धाहरु छन् जसको औचित्य समाप्त पछिमात्रै फैसला भए । यस्तो अवस्थाले कसरी न्यायपालिका प्रति जनताको विश्वास बढ् छ ? ढिलो न्याय दिनु पनि अन्याय हो भन्नेबारे हामी सबै अवगतै छौं । न्यायमा ढिला सुस्ति नहोस् भनेर नै निश्चित समयभित्र फैसला गर्नुपर्ने कानूनी बन्दोबस्त गरिएको हो । त्यो कतिको परिपालना भएको छ गम्भीरता पूर्वक सोच्नु पर्ने अवस्था छ ।
सर्वसाधारण जनता सबैतिर विश्वास गुमाइ सक्दा पनि न्यायका लागि आफू पछाडि अदालत छ भनी न्यायपालिकाप्रति विश्वास गर्छन् । न्यायको त्यसतो पवित्र मन्दिर प्रति कसैलाई पनि औला ठड्याउने अवसर दिनु हुन्न । जनताका हरेक अधिकार रक्षाको निम्ति अदालतले जहिले पनि पहरेदारको भूमिका खेल्छ भन्ने कुरामा विश्वास दिलाउनेतर्फ ध्यान दिनु आवश्यक छ ।
नेपालको संविधानले स्वतन्त्र न्यायपालिकाको कल्पना गरे पनि न्यायाधिसहरु नियुक्तिका बेला योग्य र सक्षमलाइ भन्दा दलीय भागबण्डालाई प्राथमिकतामा राखेका समाचारहरु सार्वजनिक हुने गरेको पाउँछौं । यसले न्यायपालिकामाथि प्रश्न उठ्ने गरेको छ । यसमा देश संचालन गर्ने राजनैतिक दलहरु नै मुख्य रुपमा जिम्मेवार देख्छौं ।
कतिपय अवस्थामा राजनैतिक निण{यसमेत अदालतमा पुर्याउने गरेको हामीले देखिरहेका छौं । संसदको विषयवस्तु वा अधिकार क्षेत्रको विषयसमेत न्यायालयमा पुर्याउने गलत अभ्यास भइरहेको पाउँ छौं । यसले कहिले काहीं अदालतको निण{यले अदालती सबो{च्चतामा पुगेको हो कि भन्नेसम्म सोच्नु पर्ने अबस्थामा पुर्याएका उदाहरणहरु पनि छन् । कसैको दबाव, प्रभाव, डर–धम्कीमा नपरी स्वतन्त्र रुपमा न्याय प्रदान गने{ परम्पराले नै न्यायपालिकाको गरिमा र सम्मानलाई बचाई राख्न सक्छ । स्वेच्छाचारी ढड्डले शासन गर्न रुचाउनेहरु स्वतन्त्र न्यायपालिका भएको नचाहन सक्छन् । तिनीहरु विभिन्न बहानामा न्यायपालिकामाथि चौतफी{ आक्रमण गन{ पनि पछि पदै{नन् । समय समयमा न्यायपालिका विरुद्ध सडकमै नाराबाजी गने{ गरेको दृष्यले के यो कुरा पुष्टि गदै{नन् र ?
देशको साव{भौमिकता, नागरिकको मौलिक हक, मानवअधिकार र देशको राजनीतिक विषय वस्तु समावेश मुद्दाहरुलाई उच्च प्राथमिकता दिएर निण{य गन{ सके न्यायपालिका प्रतिको आस्था थप बढ्ने निश्चित छ ।
न्यायपालिकामा हुने गरेका अनियमिमताका विषयहरु, विचौलियाहरुले न्याय सम्पादनमा पाने{ गरेका प्रभावहरु र गरिब जनताले बहन गन{ै नसक्ने महंगो न्यायकाबारेमा उठ्ने गरेका प्रश्नहरु प्रति हामी सबै गम्भीर हुनुपने{ देख्छौं ।
कुनै पनि संस्थाको इज्जत, प्रतिष्ठा र सम्मान अरुले होइन संस्था आवद्ध पदाधिकारीहरुले नै बचाउने हो । हामी सबैको संयुक्त प्रयासले स्वतन्त्र न्यायपालिकाको गरिमालाई थप उचाइमा पुर्याउन सकौं l
।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बैशाख ८ गते शनिवार भक्तपुर जिल्ला अदालतको नवनिमि{त भवन उद्घाटन समारोहमा व्यक्त गनु{ भएको मन्तव्यको सार संक्षेप )
