“सय वर्षपछिको भक्तपुर” पुस्तकको भूमिकाबारे अन्तरक्रिया तथा प्रबचन कार्यक्रम सम्पन्न
भक्तपुर, २०८१ बैशाख ६ गते बिहीबार ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)को प्रमुख आतिथ्यमा ४२ औं विश्व सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा “सय वर्षपछिको भक्तपुर” पुस्तकको भूमिकाबारे प्रवचन एवम् अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै पुस्तकका लेखक प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगर सा“स्कृतिक नगर घोषणा भए ऐन कानुनअनुसार कार्य हुने तथा मौलिकता संरक्षणमा सहजता र एकरुपता आउने विचार व्यक्त गर्नुुहुँदै पुराना घरहरु नगरको पहिचान भएकोले माटो जोडाईका घरहरु स्वास्थ्यको हिसाबले लाभदायी र सुरक्षित छ भन्नुभयो । उहाँले हरेक कुरामा पुनर्जागरण आवश्यक छ भन्नुहुँदै काठ र माटोको विशेषताबारे अध्ययन अनुसन्धान गर्नुपर्ने, नयाँ पुस्तालाई पुराना घर,मन्दिर र सम्पदा निर्माण सम्बन्धी तालिमहरु दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले खानेपानीको गुणस्तर हेर्नुपर्ने र घर निर्माण गर्दा नक्सापास प्रकृयाबारे जनतालाई जानकारी दिनुपर्ने सुझाव दिनुहुँदै स्थानीय तह प्रजातन्त्रको जग भएकोले जग बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरलाई टेस्ट ट्युबको रुपमा विकास गर्न नयाँ पुस्तालाई इमानदारितापूर्वक काम गर्न प्रेरित गर्नुपर्ने र विभिन्न देशको इतिहासबाट सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर ऐतिहासिक, सांस्कृतिक दृष्टिले अनुपम सहर हो भन्नुहुँदै का. नारायणमान बिजक्छें (रोहित)ले आजभन्दा २५ वर्ष अगाडि लेख्नुभएको “सय वर्ष पछिको भक्तपुर” पुस्तकले नगरको भविष्य कस्तो हुन्छ भन्ने कल्पना गरेको हुँदा यस पुस्तकले भक्तपुर पुनःनिर्माणको निम्ति मार्गनिर्देश गरेको छ भन्नुभयो ।
उहाँले पुस्तक प्रकाशनको ३ वर्षपछि नै भक्तपुर नपाले शिक्षाको जग बलियो बनाउन २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप कलेज र ख्वप ई कलेज स्थापना गर्दै हाल ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु स्थापना गर्न सफल भएको बताउनुहुँदै यस पुस्तकलाई आधार बनाई हालसम्ममा भक्तपुर नगरपालिकाले नगर अस्पताल सञ्चालन, व्यवस्थित आवास योजना सञ्चालन, खानेपानीको व्यवस्था, बजार व्यवस्थापनको लागि नगर प्रहरीको व्यवस्था गरेको स्पष्ट पार्नुभयो । उहा“ले पर्यटकहरुको आकर्षक गन्तव्य बनाउने, खोला सुधारको लागि २ वटा उपचार पोखरी निर्माण, नगरको पुरानो क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदान दिई उत्साहित गर्ने तथा विदेशी भाषाको तालिमहरु सञ्चालन र विकास निर्माणका कामहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डले ५० वर्ष पछिको नेपाल र सय वर्षपछिको भक्तपुरबारेको परिकल्पनाले भक्तपुरको मौलिकता संरक्षणमा योगदान पु¥याइरहेको चर्चा गर्नुहुँदै पुस्तकका लेखकको दूरदृष्टिपूर्ण सोच र परिकल्पनाले नया“ पुस्ताका लागि सहर निर्माण गर्न गुरुयोजनाको काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले उक्त पुस्तकको परिकल्पनालाई साकार बनाउने प्रयत्न गरिरहेकोमा खुशी व्यक्त गर्नुहुँदै सम्पदा संरक्षण र पुननिर्माणमा सम्पदाको मौलिक स्वरुप, स्थानीय सामग्रीको प्रयोग, स्थानीय जनसहभागितालाई विशेष महत्व दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा इतिहासविद् विश्वमोहन जोशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै सम्पदा पुनःनिर्माण र संरक्षणमा भक्तपुर नपा अग्रस्थानमा रहेको बताउनुभयो । उहाँले पूर्खाको सम्पत्ति संरक्षण गरी भनपाले आप्mनो पहिचान र मौलिकतालाई जोगाइरहेको चर्चा गर्नुहुँदै संस्कृतिकर्मीहरुलाई सम्मान र कालिगढहरुलाई दिने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व शिक्षक राजेन्द्र प्रसाद कायष्ठले “सय वर्ष पछिको भक्तपुर” पुस्तक सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहा“ले भक्तपुरका घरहरुको तल्ला समान गर्नुपर्ने जलवायु परिवर्तनले धेरै समस्या निम्त्याउने, नगरभित्रका जीर्ण घरहरुको व्यवस्थापन गर्नुपर्ने, घाट तथा तीर्थस्थलहरुको सरसफाई गर्नुपर्नेलगायतका सुझाव दिनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले भक्तपुरका सम्पदाहरुको महत्वबारे प्रकाश पार्नुहुँदै पुस्तकले २१ वर्ष पछिसम्म पनि परिचर्चाले भक्तपुरमा पर्यटन प्रबद्र्धन गरी नगरलाई उत्कृष्ट गन्तव्यस्थल बनाउन खेलेको महत्वपूर्ण भूमिकाबारे चर्चा गर्नुभयो भने भक्तपुर नपाका पर्यटन शाखा प्रमुख गौतम लासिवाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै का.रोहितद्वारा लिखित “सय वर्ष पछिको भक्तपुर” पुस्तकको सान्दर्भिकताबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मी, कला संग्रहालयका प्रमुख जयन्ती प्रधान, भक्तपुर पर्यटन विकास समितिका संस्थापक अध्यक्ष नीलकृष्ण ताम्राकार, मल्ल प्रतिष्ठानका अध्यक्ष माधव मल्ल, भनपा–४ का वडाध्यक्ष उपेन्द्र सुवाल, पूर्व वडाध्यक्ष रविन्द खर्बुजा, पथप्रदर्शक प्रमेश लाखा, भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष दिवानचन्द्र धौभडेल, पीएचडी स्कलर राजन फेलू, इ. प्रमिला शिल्पकारलगायतले भक्तपुरको सम्पदा संरक्षणबारे आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो ।




+8
Boost