साँस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी अन्तरक्रिया गरिने
भक्तपुर, २०८० बैशाख ४ गते मंगलबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय संस्कृति विभागमा अध्यापनरत प्राध्यापकहरुले भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा संस्कृति विभागमा एम.ए. एम.फिल. तथा पि.एच.डी तहमा भक्तपुर नगरभित्रका भनपाबाट वितरित छात्रवृत्तिबाट अध्ययन तथा शोध गरिरहेका विद्यार्थीहरुलाई भक्तपुरको मूर्त र अमूर्त सम्पदाको संरक्षण, सम्बर्द्धन, विकास, शोध, खोज र अनुसन्धानका लागि थप टेवा पु¥याउने उद्देश्यले साँस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा बैशाख मसान्तभित्र अन्तरक्रिया गर्ने विषयमा छलफल भयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले इतिहास, संस्कृति, भूगोल, नेपाल भाषा र राजनीति शास्त्रमा स्नातक र उच्च शिक्षा अध्ययनरत नगरबासीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुहु“दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले भक्तपुर नगरका कुनै न कुनै मूर्त वा अमूर्त सम्पदासम्बन्धी अनुसन्धानको जिम्मेवारी दिने गरेको प्रकाश पार्नुभयो । उहाँले हालसम्म नगरपालिकाबाटस्नातकोत्तर र विद्यावारिधि तहमा नेपाल भाषा, नेपाली इतिहास/संस्कृति तथा पुरातत्वलगायतका विषय अध्ययन गरिरहेका ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय चाडपर्व, रितीरिवाज र भक्तपुरको मौलिक पहिचान बोकेको जुजु धौ, योमरी बनाउने तरिकालगायत विभिन्न जात्रा समावेश स्थानीय पाठ्यक्रम तयार गरी नगरका ९२ वटै विद्यालयहरुमा पठन पाठन भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १५८ वटा सम्पदाहरु पुनःनिर्माण भैसकेको जानकारी गराउनुहु“दै हरेक वर्ष साँस्कृतिक बाजा प्रतियोगिता गर्दै आएकोमा यस वर्ष गुँला बाजा प्रतियोगिता बैशाख २२ गते हुने उहाँले बताउनुभयो ।
भेटको क्रममा त्रि.वि. संस्कृति विभागका प्रा.डा.सोमप्रसाद खतिवडाले भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रमा गर्दै आएको कार्यलाई त्रि.वि.को पाठ्यक्रममा पर्यटनको नमूना शहरको रुपमा पठन पाठन भइरहेको जानकारी दिनुभयो । अध्ययन अनुसन्धानको लागि भक्तपुरमा प्रशस्त ऐतिहासिक एवं पुरातात्विक ठाउ“हरु भएको बताउनुहु“दै उहा“ले नपाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुलाई नगरभित्रकै सम्पदाहरुसँग सम्बन्धित विषयमा शोध गर्न दिंदा दुबै संस्थाका लागि सम्पत्ति हुन्छ भन्नुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, त्रि.वि.का डा. पशुपति नेउपाने, डा. तीना मानन्धरलगायतको उपस्थिति रहेको थियो ।



