Explore news and happenings at Bhaktapur

उद्यमशीलता विकास तालिम शुरु

मिति २०८० चैत्र २७ गते मंगलबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गतको नपाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुलाई लक्षित गरी सञ्चालन गरिएको ८ दिने उद्यमशिलता विकास तालिम भनपा सभाकक्षमा आज शुरुवात भयो ।
कार्यक्रमको शुरुवात गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले युवाहरुलाई सीप प्रदान गर्ने उद्देश्यले समय समयमा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिहरको बताउनुहु“दै आर्थिक रुपमा कमजोर नागरिकहरुलाई नगरपालिकाले युवा उद्यमशीलता ऋण प्रदान गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले अहिले वर्षेनी लाखौं युवाहरु विदेशिरहेको बताउनुहु“दै युवाहरुलाई आफ्नो देश आफैले विकास गर्नुपर्छ र नेपालमै बसेर केही काम गर्नुपर्छ भन्ने भावनाले प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले श्रम गरी खानेको इज्जत हुन्छ तर ठगेर, भ्रष्टाचार गरेर खानेको इज्जत हुँदैन भन्नुभयो ।
कार्यक्रममा भनपा–२ का वडाध्यक्ष हरि प्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, उपनिर्देशक प्रभाषकुमार चालिसे र प्रशिक्षक शोभा राउतले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन मेडपाका सहजकर्ता गीताकुमारी कोइरालाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.