बिस्का जात्रासम्बन्धी सद्भाव र्याली तथा सभा सम्पन्न
मिति २०८० चैत्र २७ गते मंगलबार ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रय र भनपा–९ स्थित इनागबाट शुरु भएको सद्भाव ¥याली टौमढीमा पुगी सभामा परिणत भयो ।
टौमढीमा भएको सद्भाव सभामा बोल्नुहु“दै प्रमुख अतिथि सांसद सुवालले “संस्कृति हाम्रो पुर्खाको गौरव हो र हाम्रो सम्पत्ति हो” भन्नुहु“दै भक्तपुर सा“स्कृतिक नगर भएकोले संस्कृति संरक्षणको लागि अध्ययन अनुसन्धान गर्नको लागि ख्वप विश्वविद्यालय स्थापना अपरिहार्य रहेको बताउनुभयो । उहा“ले भक्तपुरको पहिचान बोकेको मूर्त र अमूर्त सम्पदाहरुस“ग सम्बन्धित बिस्का जात्रा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई समेत देखाउन जात्रालाई सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नु सबै नगरबासीहरुको कर्तव्य हो भन्नुभयो ।
प्रमुख अतिथि सुवालले देशको सन्तुलित विकासको लागि देशको ७७ वटै जिल्लामा व्यवस्थित शहर बनाउनुपर्ने तथा काठमाण्डौ उपत्यका वरिपरिको क्षेत्रमा वृक्षारोपण गर्न सके प्रदुषण कम हुनुका साथै खानेपानीको स्रोत व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चैत्र २७ गतेबाट शुरु भई बैशाख ५ गतेसम्म भैरवनाथ रथ तान्नुका साथै लिंगो उठाउने र ढाल्ने तथा टोल टोलमा हुने विस्का जात्रामा हजारौं स्वदेशी र विदेशी पर्यटकहरुले प्रत्यक्ष अवलोकन गर्न आउने तथा विभिन्न सञ्चार माध्यमहरुबाट विश्वभरका नागरिहरुले प्रत्यक्ष हेर्ने हुनाले जात्रालाई शान्तिपूर्ण, व्यवस्थित र सभ्य बनाउनु नगरबासीहरु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो ।
उहा“ले चाड–पर्व र जात्राहरुको महत्वबारे नया“ पुस्तालाई जानकारी दिन भक्तपुर नगरपालिकाले कक्षा १ देखि ८ सम्म नगरभित्रका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरी पठन पाठन गराइरहेको जानकारी दिनुहु“दै मूर्त र अमूर्त सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार तथा संरक्षण र सम्बद्र्धन भक्तपुर नगरपालिकाले निरन्तर गर्दै आइरहेको बताउनुभयो । उहा“ले जात्राको बेला कसैलाई पनि अप्ठेरो महशुस गर्न नपरोस् भन्ने हेतुले नगरका जात्रा हुने भेलुखेल लगायतका केही स्थानहरुलाई मदिरा निषेधित गरिएको जानकारी दिनुुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहु“दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जात्रालाई व्यवस्थित गर्न सुरक्षा निकायको तर्पmबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुहु“दै जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा गुठी संस्थान, भक्तपुर शाखाका प्रमुख खिमा ओलीले गुठी संस्थान,भक्तपुरले प्रसिद्ध विस्का जात्रा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गरिसकेको जानकारी दिनहु“दै चैत्र २७ गते दिनको ३ बजेबाट समयमै जात्रा शुरु गरी जात्रालाई सफल बनाउन पुजारी, नाइके तथा नगरबासीहरुको सहयोगको अपेक्षा गर्नुभयो । उहा“ले जात्रालाई भव्य, सभ्य, शान्तिपूर्ण, सुरक्षित, अनुशाशित, मर्यादित र मैत्रीपूर्ण तारिकाले जात्रा सम्पन्न गर्न जनसमुदायले आफ्नै जात्रा हो भन्ने भावनाका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।



