Explore news and happenings at Bhaktapur

अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे प्रेस विज्ञप्ति

२०८० फागुन २७ गते

0
पत्रकार मित्रहरू,
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ्य र तन्दुरुष्ट बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, करा“ते, बक्सिङ्ग, टेबुलटेनिस, जिम्नाष्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आइरहेको छ ।
ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्णले सजिलैस“गै अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ शारीरिक अभ्यासको वडा–वडामा प्रशिक्षण व्यवस्था गरिएको छ । विद्यालयहरूमा खेलहरूको विकास गर्ने उद्देश्य अनुसार विगत ४ वर्षदेखि पूर्णकालीन प्रशिक्षकहरू व्यवस्था गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिई कराँते खेलका प्रशिक्षार्थीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गरी विद्यालयहरुका छात्राहरूलाई प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । २०८० कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगर भित्रका ४९ वटा विद्यालयका शिक्षकहरूलाई एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी पाठ्यपुस्तकमा रहेको आधारभूत सीपहरू सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा व्यक्त गरेका प्रतिबद्धतामध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक हो ।
निर्वाचनमा जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको पनि यहाँहरूमा जानकारी गराउन चाहन्छौं । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न ग¥यौं । २०८० साल फागुन २९, ३० र चैत्र १,२,३ गते सम्म शहिद दिवसको अवसरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता गर्ने नगर प्रमुख सुनिल प्रजापतिले घोषणा लगत्तै उहाँकै संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका छौं । हरेक वर्षको प्रतियोगिताले हामीलाई हौसला र उत्साह प्रदान गरिरहेको छ । हाम्रा हरेक प्रतिबद्धताहरू दृढताका साथ पूरा गर्दैछौं ।
अन्तर नगर महिला कब्बवडी प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ज्युबाट हुनेछ ।
यस वर्षको अन्तर विद्यालय खेलकुद प्रतियोगितमा नगरमा रहेका ९२ वटा विद्यालयहरुमध्ये ८१ विद्यालयहरूले सहभागिता जनाएका थिए । कबड्डी खेलमा छात्रा – ८ र छात्र – ८ वटा विद्यालयहरूले भाग लिएका थिए । यस वर्षदेखि भक्तपुर नगरपालिका तयार पारिएको स्थानीय पाठ्यक्रममा उल्लेख गरिएको बाघचाल खेल पनि समावेश गरी १५ वटा खेलहरूको प्रतियोगिता भएको थियो । त्यसमध्ये बाघचाल प्रतियोगितामा विद्यार्थीहरु अत्यन्त उत्साहित देखिएको पाइएको छ भने आगामी वर्ष अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले आशा गरेका छौं ।
अखिल नेपाल कबड्डी संघबाट मान्यताप्राप्त कबड्डी प्रतियोगितामा आजसम्म देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेका छन् । अन्तर नगर महिला कबडडी प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गर्दैछ । भक्तपुर न.पा.ले यस प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०/५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको छ भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्दैछ ।
अन्तमा, फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । यस प्रतियोगिताबारे आ–आफ्नो सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गरी सहयोग गरि दिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक अनुरोध गर्दछौं ।
भक्तपुर नगरपालिका
२०८० फागुन २७ गते
(भक्तपुर नगरपालिकाको आयोजनामा २०८० फागुन २९ गतेदेखि चैत्र ३ गते सम्म सञ्चालन हुने अन्तर नगर महिला कबड्डी प्रतियोगिताबारे भएको पत्रकार भेटघाट कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीद्वारा प्रस्तुत प्रेस विज्ञप्ति)

Leave A Reply

Your email address will not be published.