Explore news and happenings at Bhaktapur

यस वर्षको सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने

२०७७ पुस १३ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७७ माघ १ गते थथुबही परिसरमा मनाइने सम्यक महादान पर्वसँग सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो । सो बैठकले कोभिड १९ रोगको महामारीलाई मध्यनजर गरी २०७७ माघ १ गते मनाइने सम्यक महादान पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय ग¥यो ।

बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड महामारीलाई मध्यनजर गरी भीडभाड हुने गतिविधि तत्काल नगर्नु उपयुक्त हुने बताउनुहुँदै यस वर्षको सम्यक महादान पर्व पनि औपचारिकतामा सीमित गर्नु उचित हुने बताउनुभयो । कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाले गरिरहेको गतिविधिबारे अवगत गराउनुहुँदै उहाँले नेपाल सरकारको स्वीकृतिमा भक्तपुर नपाले एच.डी.यु. सञ्चालन गर्ने तयारीमा जुटिरहेको बताउनुभयो ।

बैठकमा उपस्थित सम्यक महादानसँग सम्बन्धित सरोकारवालाहरूले कोभिडको जोखिमलाई ध्यानमा राखी यस पटकको लागि सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमत भएको विचार व्यक्त गर्नुभयो ।

सहभागीहरुले सम्यक महादान भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौंमा १२ वर्षमा मनाइने परम्परा रहेको पनि बैठकमा जानकारी गराउनुभयो ।

बैठकमा प्रशन्नशील महाविहार— क्वाठण्डौ, मंगल धर्मदीप महाविहार— झौरबही, चर्तुब्रम्ह महाविहार—दरबार क्षेत्र, बौद्ध समंकृत विहार—कुथुबही र जयकृति महाविहार—थथुबहीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.