Explore news and happenings at Bhaktapur

एक यात्रीको आँखामा भक्तपुर

– सुरेन्द्रराज गोसाई

0

भारतीय भिक्षु डा. धर्मरक्षितले आजभन्दा ७५ वर्ष अगाडि काठमाडौं उपत्यका र नेपालका अन्य सहरबजार भ्रमण गर्ने क्रममा भक्तपुर पनि पुगे । भारतमा बौद्ध जागरणका एक अग्रणी मानिने त्रिपिटकाचार्य भिक्षु डा. धर्मरक्षित बौद्ध दर्शन, पुरातत्त्व, संस्कृति, इतिहासका एक जानकार कहलिन्छन् । उनले आफ्नो यात्रा वर्णन ‘त्यस समयको नेपाल’ मा भक्तपुरबारे यसरी लेखे – ‘यो नगर पनि कान्तिपुर र पाटनजस्तै सुन्दर छ । तर, यहा“ ठूला दोकान छैनन् । यहा पनि बिजुलीको प्रबन्ध भने छ । यहाँ पनि यत्रतत्र फोहोर र शौच भरिएको छ । यहा“ त हरेक गल्लीमा सु“गुर डुलिरहेका हुन्छन् ।’
यो आजभन्दा सात–आठ दशक अगाडिको शब्दचित्र भयो । आज यी शब्द सुन्दापनि असजिलो महसुस हुन्छ । कानलाई नै अपत्यारिलो लाग्छ ! भर्खरका किशोर –किशोरीका निम्ति त यो एकादेशको कथा लाग्ने निश्चित छ । यद्यपि, यो कुनै लोककथाको कुनै काल्पनिक बस्तीको चित्रण नभई यथार्थ हो । त्यो त विगत भयो । जो जतिसुकै बलशाली भएपनि न उसले विगत बदल्न सक्छ न त किन्ननै  बदल्न मिल्ने र आफ्नो हातमा हुने भनेको वर्तमान हो र भविष्य हो ।
आजको समयमा कुनै विदेशी पाहुना या यात्रीले भक्तपुर भ्रमण गरे र नियात्रा पुस्तक प्रकाशित गरे भने कसरी लेख्ला ? त्यो कोणबाट एकचोटि सोचौं – सम्भवतः त्यस पुस्तकमा यसरी उल्लेख गरिनेछः
भक्तपुर सहरमा एकप्रकारको पुनर्जागरण चल्दै छ । विश्व मानव समाजको सम्पत्ति ऐतिहासिक धरोहरहरू जनता स्वयम् मिलेर पुनःनिर्माण गर्दै छन् । यहाँ श्रमदान तथा जनसहयोगको लहरनै चल्दै छ । सांस्कृतिक सम्पदाको संरक्षणमा सर्वसाधारणबीच अभूतपूर्व चेत फैलिंदै छ । त्यस कार्यमा राजनीतिक नेतृत्व पङ्क्ति, इतिहासविद्, संस्कृतिविद्, जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारण जनताको एक मनको एकता पाइन्छ । नेपालकै अन्य सहरमा मात्र होइन यस खालको निःस्वार्थभाव, मनको स्वच्छता, एकमनको एकता र कर्ममा एकता विश्वमै दूर्लभ हुँदै गइरहेको परिप्रेक्ष्यमा यो सहर अपवाद बन्दै छ । यसलाई जनस्तरबाट चलाइएको सांस्कृतिक आन्दोलन भन्न सकिन्छ । अन्यत्र सांस्कृतिक विद्रोहको नारा घन्किरहँदा यहाँ सांस्कृतिक अभियान तथा आन्दोलन चल्दै छ । यसकै निम्ति पनि भक्तपुरको भ्रमण अनिवार्य छ भन्नु अतियुक्ति नहोला ! यो जागरण अभियान चलिरहँदानै कसैले भक्तपुरको भ्रमण गरे उसले संसारको सुन्दरत्तम वस्तुको दर्शन पाएझैं हुनेछ । कम्युनिस्टहरू ध्वंशमा लाग्छन् भनेर हिजो जसरी फतुर लगाइन्थ्यो या बद्नाम गर्ने चेष्टा गरिन्थ्यो, त्यो सोह्रै आना झूठ रहेछ भन्ने जीवन्त प्रमाण यहाँ भटिनेछ । राजनीतिक सड्डठन र कार्यकर्ता कसरी जनतासँग एकाकार भएर काम गर्छन् भनेर बुझ्न यो सहरको भ्रमण अनिवार्य छ । पुरानो युगबाट नयाँ युगको सेवा कसरी सम्भव छ, व्यवहारिक उदाहरण यहाँ प्रस्तुत छ ।
सन् २०१५ को ठुलो भूकम्पको भग्न अवस्थाबाट यो सहर छोटो समयमा नै माथि उठ्यो । फल्चाहरू, स–सानादेखि ठुला देवल, मठ–मन्दिर, चैत्यहरू पूर्ववत् रुपमा फर्किसकेका छन् । सम्पदा क्षेत्र र मठमन्दिर वरपर तथा माथिमाथि राखिएका साइनबोर्ड, कुरुप खालका छाना, अनियमित खालका वस्तु हटाइएको खण्डमा सुनमा सुगन्ध हुने थियो – दृश्य प्रदूषणबाट मुक्त हुनसकेको दिन यो सहर बेजोड बन्ने छ । हरेक दशकजसो आउने साना–ठुला भूकम्प, झाडावान्ता, हैजा, कोभिडजस्ता प्राकृतिक विपत्ति र राजनीतिक दमनस“ग जुझ्दै यो सहर आजको स्थितिसम्म आइपुगेको यथार्थले संवेदनशील मनहरूलाई छुनु स्वाभाविक हो ।
गल्ली–गल्लीका बाटाहरूमा समेत ढुङ्गा बिछ्याएर चिटिक्क पारिएका छन् । बाटो मर्मत–सम्भार कार्यले निरन्तरता पाउँदै छ । बाटोमा छोडिएका कुखुरा, कुखुराका चल्ला, हाँस नगरबासी स्वयम्ले नै नियन्त्रण गरे या त्यो खालको चेतना विकासमा अगुवाइ भए सौन्दर्य जताततै अनुभव गर्न मिल्ने थियो । साँघुरा गल्लीमा ठुलो आवाजसहित कुदाइने दुई पाङ्ग्रे सवारी साधन, आवास क्षेत्रमा १२–१६ चक्के ट्रक, ट्रिपरको आतङ्क रोक्न सके सुरक्षाको प्रत्याभूति हुने थियो । दत्तात्रय चोकमा कुटनीतिक नियोगका गाडीहरूको ताँती देख्दा धनाढ्य या शक्तिशालीको बलमिच्चाई या दादागिरीसामु कोही चूँ बोल्दैनन् कि भनी सोच्न बाध्य भएँ ।
नगरबासीका घरहरूसमेत् प्राचीन शैलीमा निर्माण हुँदैछन् । मल्लकालीन वास्तुकलाले यतिखेर जति इज्जत, प्राथमिकता तथा सकारात्मकता नेपाली इतिहासको पछिल्लो २ सय ५० वर्षको कालखण्डमा कहिल्यै पाएन । वास्तविक नेपालमा पुगेको अनुभूति दिने थोरै पक्षमध्ये यो पनि एउटा अत्यन्त महत्त्वपूर्ण पक्ष हो । सारमा, यो सहर मौलिकता जोगाउन सफल संसारका सहरहरूमध्ये एउटा बन्दै छ । आधुनिकतालाई समेत मौलिक ढा“चा अपनाउन या सजिन यो सहरले सिकाइरहेको अनुभूत हुन्छ । आधुनिकता र मौलिकताबीच द्वन्द्व, लडाइँ या प्रतिस्पर्धा होइन सहअस्तित्वको अभ्यास चल्दै छ, यहा“ । तसर्थ, यहाँ आधुनिकता पनि अझ बढी आत्मीय, पृथक् तथा मनमोहक लाग्छ । यद्यपि, मौलिक वास्तुशैलीलाई छोपिने गरी थपिएको छाना, ब्यापारिक वस्तु, पि“mजाइएका किनमेलका वस्तु आदिबारे सोचविचार पुर्याइए सहरको अस्तव्यस्तता या कुरुपता अझ घट्ने थियो । आवागमन सहज बनाउने उपायतर्पm बेलैमा ध्यान पुर्या‍उन च्याम्हासिं, कमलविनायक, जगाती, सूर्यविनायक, ब्यासी, भार्वाचो, इनागः, बाराही आदि ठाउँमा यथोचित बन्दोवस्त गरिए यो सहर प्रवेश गर्दादेखिनै सकारात्मकभाव जाग्ने थियो –
तीन दशकदेखि चालू शैक्षिक अभियान त झन् विशिष्ट खालको छ । ज्ञान बिज्ञानमा आधारित समाजको निर्माणतर्पmको यात्राबाट बेग्लै आनन्दको अनुभूति मिल्छ । नेपालजस्तो पिछडिएको देशमा यो अत्यन्त अगाडि बढेको दीर्घकालीन सोच तथा दूरदृष्टि देख्दा अचम्मित भएँ । अरु साथीहरूले पनि निकै अनौठौ माने । धेरैले यसको रहस्य जान्ने इच्छा व्यक्त गरे । नभन्दै हाम्रा पथप्रदर्शकले हातहातमा “Bhaktapur After Century” पुस्तक वितरण गर्दै केही महत्त्वपूर्ण जानकारी सङ्क्षेपमा दिए । छोटो समयमा धेरै कुरा प्रस्ट भयो । सबैले खुल्दुली मेटिएको अनुभव गरे ।
स्वास्थ्य क्षेत्रमा पनि यो सहर टुकु टुकु हिँड्दै छ । केही वर्षभित्र खुट्टा बलियो हुने विश्वास लिन सकिन्छ । तर बिडम्बना, अस्पताल प्रवेशद्वार वरपर माटोको भा“डोमा धानको भुस, खुर्सानी र अन्य घिन हुने खालका वस्तुमाथि एक जना साथीको पाइला पर्दा केही असजिलो महसुस भयो । केही पर पुग्दा भोज खाएर चौबाटोमा फ्याँकिएका पातहरू असरल्ल देख्दा र त्यही नै कुकूरहरूको झगडा देख्दा केही साथीहरूले नाक थुन्दै भएपनि फोटो खिचे ।
भव्य अस्पतालको भवनले ती सबै बिर्साइ दियो । ‘नाङ्गो खुट्टाका डाक्टरहरू’ यता अझै भेटिन्छन् कि भन्ने जिज्ञासा केही साथीहरूले राखे । डा. नर्मन बेथुन, डा. चे गुयभारा, डा. कोट्निसहरूको यहा“ पुनरावृत्तिको सम्भावनाबारे केही साथीहरूले लजाउँदै सोधे । ‘कठिन छ तर सम्भावनालाई कहिल्यै नकार्न मिल्दैन’ मनमा सान्त्वनाका शब्द छचल्किए ।
यो सहर यहाँसम्म पुग्न सक्नुमा एउटा विशिष्ट पक्ष उल्लेख नगर्नु अन्याय हुनेछ । यो ‘सदाचारको टापु’ भनेर धेरै अगाडि नै प्रतिष्ठा कमाईसकेको सहर हो । भ्रष्टाचारको महामारीबाट यो जोगि“दै यहा“सम्म आईपुगेको हो । आजसम्म पनि त्यस्तो दाग लागेको छैन । मानव बेचविखन, मानव तस्करी, शासक स्वयम्बाट देशद्रोही काम हुने देश, भाडाका सिपाही, दिल्ली र वाशिड्डटनस“ग मात्र होइन थिम्पुस“ग पैसा मागेर चुनाव लड्ने नेताहरूको देश भनेर बद्नाम भइसकेको अवस्थामा बेदाग तथा स्वच्छ छवि निर्माण गर्दै र पारदर्शीता कायम गर्दै अगाडि बढ्नु चानचुने कुरा जरुर होइन । यद्यपि, यो सहरमा पनि गर्मी बढेसँगै लामखुट्टे, झि‌गा, थरीथरीका किराहरू देखापर्नु स्वाभाविक हो । नियन्त्रणका उपाय निरन्तर आवश्यक हुने अनौठो विषय होइन ।
‘नाचगानको राजधानी’, ‘शैक्षिक गन्तव्य’, ‘पर्यटकीय गन्तव्य’, ‘सांस्कृतिक नगर’ आदि आदि उपनामबाट विभूषित भक्तपुर पुग्नु भनेको इतिहास, संस्कृति, पुरातत्त्व, राजनीतिशास्त्रको महाविद्यालयको अध्ययन–अवलोकन गर्नुझैं हुनेछ । एउटा जीवित सङ्ग्रहालयको अन्वेषण गर्नुझै‌ हुनेछ भन्नु अतियुक्ति नहोला –
एक मित्रको सवालले सबैको ध्यानाकर्षण गर्‍यो – ‘के यो सानो समाजवाद हो ?’ हाम्रो गाइड त्यति लाटो कहाँ थियो र – भाषामा मात्र होइन उनी राजनीतिक विषयवस्तुमा पनि राम्रै जानकारी राख्छन् भन्ने प्रस्ट बुझ्न सकिन्थ्यो । उनले शिष्ट र सरल भाषामा भने– ‘यो सानो समाजवाद पनि होइन, ठुलो समाजवाद पनि होइन ¤ समाजवाद सानो या ठुलो हुने गर्दैन । समाजवाद आफैंमा एउटा उन्नत समतामूलक समाज हो । तर, यसलाई समाजवादी सोचबाट अभिप्रेरित प्रयासहरूको प्रतिफल मान्नु अझ सच्चाइको नजिक हुनेछ । समाजवादी विचारका नेता–कार्यकर्ता जनताको मत पाएर निर्वाचित हुँदा जनसेवाका के–कस्ता काम गर्न सम्भव हुन्छ र भ्रष्टाचाररहित ढङ्गमा विकास निर्माण तथा जनताका काम के कसरी गर्न सकिन्छ भन्ने एउटा प्रमाणको रुपमा ग्रहण गर्नु समीचीन हुनेछ । पुँजीवादी राज्यसंरचनाभित्र जनताको हित गर्ने उपायको खोजीकार्य या नजिर मान्नु पनि ठिकै होला “यसलाई तपाईं समकालीन नेपाली समाजमा मरुस्थलको उद्यानको उपमा दिन सक्नुहुन्छ” ’ गाइडका शब्द निकै कम भएको अनुभव साथीहरूले गरे ।
साथीहरू अझ बढी जानकारीको आशा गरी ध्यानपूर्वक सुनिबसेका थिए । मौसमलाई ध्यानमा राखी गाइडले आफ्नो भनाइ लम्ब्याउन नचाहेको र यात्रा अगाडि बढाउनुपर्ने सङ्केत गरे । अस्तु !
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाको एक वर्षको समारोह, जेठ ६ गते २०८० मा व्यक्त विचारको सम्पादित अंश)

Leave A Reply

Your email address will not be published.