भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पूर्व शिक्षामन्त्री माधव पौडेलबीच शुक्रबार भक्तपुर नपाको सभाकक्षमा भेट भयो ।
भेटमा नगर प्रमुख प्रजापति र पूर्वमन्त्री पौडेलबीच भक्तपुर नगरपालिकाबाट सञ्चालित ८ वटा कलेजहरूको शैक्षिक कार्यक्रमहरू र ख्वप विश्वविद्यालय सञ्चालनबारे छलफल भयो ।

