‘उपत्यकाको फोहर व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भूमिका हुनुपर्छ’
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
सम्माननीय प्रधानमन्त्रीज्यू,
उपत्यकाको फोहर व्यवस्थापनलाई चासो लिएर बैठक बोलाउनु भएकोमा धन्यवाद ¤
नया“ संविधान निर्माणपछि देशमा धेरै पालिकाहरू बन्ने । नगरपालिका घोषणा गर्नुपूर्व नै बस पार्क, उपचार पोखरी, फोहर व्यवस्थापन, दमकलजस्ता अति आवश्यक पूर्वाधारहरू निर्माण गरिएको भए आजको जस्तो फोहर मैला व्यवस्थापनमा समस्या हुने थिएन ।
फोहर मैला व्यवस्थापन कुनै एउटा पालिका वा काठमाडौ“ उपत्यकाको मात्रै समस्या नभइ देशभरकै पालिकाहरूको समस्या हो । पूर्ववक्ता साथीहरूले उपत्यकाको फोहर व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्नेमा जोड दिनु भयो । यसमा हाम्रो भन्नु केही छैन । तर फोहर व्यवस्थापन हामी सबैको साझा चुनौति हो । साझा समस्याको समाधान एक्लैले होइन संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासले मात्रै सम्भव हुन्छ । एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर समस्या समाधान निस्कन्दैन बरु समस्या झन जटील बन्ने छ ।
फोहर व्यवस्थापनबारे विभिन्न देशहरूको अनुभवबाट पनि हामीले सिक्ने प्रयाश गर्नु पर्छ । स्केन्डिनेभियन देशहरू (स्वीडेन, नर्वे, फिनल्यान्ड, आइसल्यान्ड र डेनमार्क) ले कसरी फोहर व्यवस्थापन गर्दै छन् ? हामीले त्यहा“को अध्ययन गरेर हाम्रो अनुकुलतामा त्यहा“का अनुभव लागु गर्न सक्छौ“ । स्विडेनले सन् २०२० सम्ममा फोहरलाई १ प्रतिशतमा झार्ने घोषणा ग¥यो र त्यो लक्ष्य प्राप्त पनि ग¥यो । उसले अहिले नर्वे र बेलायतबाट समेत फोहर खरिद गर्छ र त्यसबाट बिजुली र ग्यास निकालेर मासिक करोडौ“ डलर कमाइरहेको छ । फोहरलाई आम्दानीको राम्रो स्रोत बनाइरहेको छ ।
अहिले अस्पतालहरूको फोहर व्यवस्थापन हाम्रो अर्को समस्या भएको छ । अस्पतालहरूको फोहरलाई राम्रो व्यवस्थापन गर्न सकिएन भने त्यसले महामारी निम्त्याउन सक्छ । संघ सरकारले नै इन्सेनेटरहरू खरिद गरेर अस्पतालहरूमा वितरण गर्न सके धेरै राम्रो हुनेछ ।
यहा“ पूर्व वक्ता मित्रहरूले काठमाडौ“ उपत्यकाको फोहर व्यवस्थापनको सन्दर्भमा भक्तपुरको पनि पटक पटक नाम लिनुभयो । सबैलाई जानकारी होस्, भक्तपुर नगरपालिकाले अहिलेसम्म त्यहा“को फोहर आफै व्यवस्थापन गर्दै आएको छ, बञ्चरेडा“डा र सिसडोलमा फोहर पु¥याएको छैन । अब पछि के हुन्छ, त्यो भने हेर्न बा“की नै छ । भक्तपुर नगरपालिकाले कुहिने फोहरको कम्पोष्ट मल बनाएर किसानहरुलाई बिक्री गर्दै आएको जानकारी गराउन चाहन्छु ।
भक्तपुर नगर सानो छ । फोहर पनि कम मात्रै निस्कन्छ । दैनिक ३० टन फोहर उत्पादन हुनेमा ६८ प्रतिशत कुहिने र ३२ प्रतिशत नकुहिने फोहर उत्पादन हुने हाम्रो अध्ययनले देखाएको छ । कुहिने फोहर नगरपालिकाको आफ्नै केन्द्रमा लगेर कम्पोष्ट मल बनाइ प्रति केजी रु. २० मा बिक्री गरिरहेका छौ“ । नकुहिने फोहर पनि पुनः प्रयोग गर्न मिल्ने नमिल्ने छुट्याएर बिक्री गर्ने र बा“कीलाई मात्रै डम्प गर्ने गर्छौ“ ।
फेहारलाई स्रोतबाटै कम गर्ने उद्देश्यले प्रत्येक घरमा दुई वटा फरक फरक रङको बाल्टिन वितरण गर्यौ, कुहिने र नकुहिने अलग अलग फोहर संकलन गर्दैछौ“ भने नागरिकहरूलाई कौशी खेती, कम्पोष्ट मल बनाउने तरिकाबारे सघन रुपमा तालिम दियौ“ । यसले फोहर उत्पादनमा कमी आएको हाम्रो अनुभव छ ।
फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुने हाम्रो मान्यता हो । निजी क्षेत्रले नागरिकको स्वास्थ्यभन्दा नाफालाई प्राथमिकतामा राख्छ । यहा“ फोहर व्यवस्थापन स्थानीय तहको एकल अधिकारको कुरा पनि उठ्यो । त्यो सही हो† तर त्यसो भनेर के संघ र प्रदेशको केही जिम्मेवारी नै छैन ? त्यसो हो भने प्रदेशसभाको औचित्य माथि प्रश्न उठ्छ । मुख्यमन्त्री, संघ र प्रदेशका मन्त्रीहरु, साँसदहरु नै सिसदोलमा फोहर फाल्न दिनौं भन्नु हुन्छ भन्ने यहाँहरुले नै समाधानको उपाय पनि देखाइ दिनु पर्छ । उपत्यका सफा राख्ने जिम्मेवारी हामी सबैको हो ।
हाम्रा केही सुझावहरू ः
ड्ड फोहर व्यवस्थापनबारे संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट भएको कानुन निर्माण हुनुपर्ने,
ड्ड फोहर मैला व्यवस्थापन निजी क्षेत्रलाई दिन नहुने र आ–आफ्नो पालिकाले आफै गर्नेतर्फ प्रयास गर्ने, त्यसको लागि आवश्यक उपकरणहरू र बजेटको व्यवस्था संघ सरकारले उपलब्ध गराउने नीति बनाउने,
ड्ड संघ सरकारले नै आवश्यक जग्गाको व्यवस्था गरी ग्यास र बिजुली निकाल्ने प्लान्टको व्यवस्था गर्ने र सम्भव ठाउ“हरूमा कम्पोष्ट मलको कारखाना निर्माण गर्ने,
ड्ड फोहर उत्पादन स्रोतबाट कमी गर्न जनचेतना जगाउनुका साथै कुहिने र नकुहिने फोहर अलग अलग संकलनको व्यवस्था गर्ने ।
फोहरको उचित व्यवस्थापन गरी काठमाडौ“ उपत्यकालाई सुन्दर र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौ“ । धन्यवाद ¤
(प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा प्रधानमन्त्रीको अध्यक्षतामा वैशाख २९ गते, शुक्रबार उपत्यकाको फोहर मैला व्यवस्थापनबारे बसेको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको सार)