Explore news and happenings at Bhaktapur

साम्राज्यवादीहरु युक्रेनलाई युद्धको केन्द्र बनाउन खोज्दैछन् – का. रोहित

२०७९ फागुन ३ गते बुधबार ।

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित)ले ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं, शारदा क्याम्पसको ३२ औं र ख्वप कलेज अफ लको स्थापना तथा सञ्चालनको अवसरमा शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रमको पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
अध्यक्ष विजुक्छेंले रुसले युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा संचार माध्यमले गलत समाचार सम्प्रेषण गरिरहेको बताउनुहुँदै सोभियत संघबाट १४ वटा देशहरु टुक्रिएको बेला नाटोको सदस्य नहुने शर्त राखेको थियो तर संयुक्त राज्य अमेरिका र बेलायतले हातहतियार सहयोग गरेको हुँदा अब यो युद्ध नरोकिने स्पष्ट भएको जानकारी गराउनुभयो । उहा“ले युक्रेन युद्धको सम्भावना रुसमा मात्र नभई युरेसिया क्षेत्रमा बढ्दै गएको र केहि समय पश्चात रुसको मुख्य क्षेत्र तथा चीनमाथि समेत आक्रमण हुनसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले साम्राज्यवादीहरुले युक्रेनलाई युद्धको केन्द्र बनाउन खोजको बताउनुभयो ।
हाम्रो देश भारत, बेलायत र अमेरिकाको अर्धउपनिवेशको रुपमा रहेको बताउनुहुँदै प्रमुख अतिथि बिजुक्छेंले नेपालका शासक दलका नेताहरु विदेशीहरुको इशारामा चल्ने गरेको हुँदा कुनै पनि समयमा विदेशी झण्डा नेपालको उत्तरी क्षेत्रमा फहराउन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले देशभक्त प्राध्यापक, बुद्धिजीवी, विद्यार्थीहरु र नेपाली नागरिकहरु सबै मिलेर विदेशीको कुनै लोभ लालचमा नपरी देशको सार्वभौकिता रक्षाको निम्ति लड्ने भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति तथा व्यवस्थापन समितिका अध्यक्ष एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २१ वर्ष अगाडि स्थापित ख्वप कलेजमा ख्वप कलेज अफ ल समेत गरी हाल ८ वटा कलेजहरुमा देशभरीका ७२ वटा जिल्लाका करिब ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुहुँदै सस्तो, सुलभ र गुणस्तरीय शिक्षाको लागि स्थानीय तहबाट सञ्चालित ख्वप सर्कल उदाहरणीय तथा शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको चर्चा गर्नुभयो ।
उहाँले शिशु स्याहारदेखि विश्वविद्यालय तहसम्मका विभिन्न विषयहरु अध्यापनरत भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु बन्द हडतालबाट मुक्त रहेको बताउनुहुँदै हरेक वर्ष ३ करोड बराबरको छात्रवृत्ति, ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुले कुनै न कुनै विषयमा विशेषज्ञता हासिल गरी इमानदार र कर्तव्यनिष्ठ भई देश र जनताको सेवा गर्ने भावना सहित कार्य गर्नुपर्ने बताउनुहुँदै भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणका साथसाथै खेलकुद क्षेत्रमा पनि भक्तपुरको पहिचान कायम गराउन हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको तथा सहिद दिवसको अवसरमा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने गरेको जानकारी दिनुभयो । उहाँले यस वर्ष फागुन ५ देखि ९ गतेसम्म अन्तर नगर पुरुष खो–खो प्रतियोगिता सञ्चालन गर्न लागेको हुँदा विद्यार्थीहरुको सकृय सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले युवाहरु विदेशिने क्रम हरेक वर्ष बढ्दै यस वर्ष १० लाख पुग्ने अनुमान गरिएको हुँदा यो विषय सोचनीय रहेको बताउनुभयो । उहाँले देशको कृषि उत्पादकत्व ह«ास हुनुमा जनशक्ति विदेश पलायन हुनु मुख्य कारण रहेको र शासक दल यसको मुख्य जिम्मेवार रहेको बताउनुहुँदै युवाहरु विदेशिंदा भौतिक रुपमा धन आर्जन भएता पनि बौद्धिक धनको कमी हुँदै गएको हुँदा नयाँ पुस्ता सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले वैदेशिक सहयोग विना पनि विकास निर्माण सम्भव छ भन्ने ज्वलन्त उदाहरण भक्तपुर भएको र भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यले प्रष्ट भएको बताउनुहुँदै नेपालको प्रजातान्त्रिक अभ्यास पक्ष र विपक्ष सहितको वेस्टमिन्सटर मोडेलभन्दा बाहिर गएको र ठूला शासक दलहरु सत्ता मोहमा परी प्रतिपक्षमा नबसी गठबन्धनमा चुनाव लडी प्रधानमन्त्रीको समर्थन गर्नु राजनीतिको नाममा लुट हो र ठगी हो भन्नुभयो ।
भनपाका उपप्रमुख एवं कलेजहरुका सञ्चालन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नरपालिकाले नगरलाई सभ्य, सुसंस्कृत र शैक्षिक गन्तव्यका साथै सम्पदा र संस्कृति तथा ज्ञान विज्ञानको केन्द्रविन्दुको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भयो ।
उहाँले शिक्षालाई श्रमसँग जोड्ने सोचका साथ नगरभित्रका ९२ वटै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरी नयाँ पुस्तालाई नगरको कला, संस्कृति, भाषा र भक्तपुरको स्थानीय मौलिक पहिचान बोकेका सामग्रीहरु बनाउने सीप विकास गराउन उत्प्रेरित गरिरहेको बनाउनुभयो ।
कार्यक्रमका अतिथि एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. महाश्रम शर्माले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि लगायत शैक्षिक संस्थाहरु सामुदायिक स्तरमा सञ्चालित देशभरीकै उदाहरणीय संस्था रहेको चर्चा गर्नुहुँदै यसलाई अझ बढी फलदायी बनाउन विद्यार्थीहरुले प्राप्त गरेको शिक्षालाई व्यवहारमा परिवर्तन गर्नुपर्ने, शिक्षालाई अनुसन्धान लक्षित गर्नुपर्ने तथा शिक्षकहरुलाई तालिममार्पmत सीपयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अतिथि एवं विश्वविद्यालय अनुदान आयोजका अध्यक्ष देवराज अधिकारीले सामुदायिक क्षेत्रमा ख्वप कलेजले निर्वाह गरिरहेको भूमिका स¥हानीय रहेको चर्चा गर्नुुहुँदै विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट कलेजलाई उत्कृष्ट बनाउन सकिने बताउनुभयो । उहाँले ख्वप कलेजले सर्वसुलभ र गुणस्तरीय कलेजको रुपमा छवि बनाइरहेको उल्लेख गर्नुहुँदै यसलाई गुणस्तर परीक्षणबाट पुष्टी गर्न सके अझ प्रभावकारी हुने तथा विश्वविद्यालय अनुदान आयोगबाट अनुसन्धानको लागि आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नेपालको शिक्षा प्रणालीमा केही त्रुटी रहेको बताउनुहुँदै वर्षेणी विदेश जाने क्रम दिनानुदिन बढ्दै जानु चिन्ताजनक रहेको बनाउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन योगदान पु¥याएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको चर्चा देशभरीका अन्य स्थानीय तहहरुका लागि उदाहरणीय बनिरहेको बताउनभुहुँदै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन जनप्रतिनिधि, कर्मचारी र जनताको साझा प्रयास उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा ख्वप ईन्जिनियरिड्ड कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज तथा शारदा क्याम्पसका प्रचार्य रुपक जोशी, ख्वप मावि तथा शारदा क्याम्पस माविका प्रचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कम्युनिका न्याईच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि सा“स्कृतिक प्रस्तुतिहरु राखिएको थियो भने प्रमुख अतिथि विजुक्छेंले १० वर्षभन्दा बढी अनवतर सेवा गरेको १० जना शिक्षक कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी वार्षिक परीक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यालयहरु, अन्तरविद्यालय बास्केटबलमा विजयी विद्यालयहरु तथा वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित शैक्षिक प्रदर्शनी फागुन ३,४ र ५ गतेसम्म हुनेछ ।

Leave A Reply

Your email address will not be published.