खो–खो प्रतियोगिताको पहिलो दिनको नतिजा
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको सहिद स्मृति खेलमैदानमा भइरहको अन्तर नगर पुरुष खो खो प्रतियोगिताको लिग चरणको विभिन्न ४ वटा खेलहरुमध्ये पहिलो भक्तपुर नगरपालिका ए र धनगढी उपमहानगरपालिकाबीचको प्रतिष्पर्धामा धनगढी उपमनपाले भक्तपुर नपा ए लाई १८–६ ले पराजित ग¥यो भने दोस्रो भक्तपुर नपा बी र कलैया उपमहानगरपालिकाबीचको प्रतिपर्धामा भक्तपुर नपा बी ले कलैया उपमनापालाई १४–८ ले पराजित ग¥यो ।
त्यसैगरी तेस्रो खेलमा कावासोती नपा, नवलपुरले काठमाण्डौ महानगरपालिकालाई १८–१७ ले पराजित ग¥यो भने आजको अन्तिम खेलमा किर्तिपुर नगरपालिकाले ललितपुर उपमहानगरपालिकालाई १४–४ ले पराजित ग¥यो ।
लिग चरण अन्तर्गतको खेलहरु फागुन ६ गते विहान ८ः०० बजे बीरगञ्ज महानगरपालिका र बनेपा नगरपालिकाबीच हुनेछ भने अन्य खेलहरु क्रमशः ठाकुरबाबा नगरपालिका र काठमाण्डौ महानगरपालिका बीच ९ बजे, किर्तिपुर नगरपालिका र भरतपुर महानगरपालिकाबीच १० बजे, भक्तपुर नगरपालिका ए र पोखरा महानगरपालिकाबीच ११ बजे, खाँडबारी नगरपालिका र ललितपुर महानगरपालिकाबीच दिउँसो १ बजे, भक्तपुर नपा बी र बीरगञ्ज महानगरपालिकाबीच २ बजे हुनेछ ।