Explore news and happenings at Bhaktapur

अन्तर नगर खो खो प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलको नतिजा

भक्तपुर । २०७९ फागुन ६ गते, शनिबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा भएको पुरुष अन्तर नगर खो खो प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा बनेपा नगरपालिका र वीरगञ्ज उपमहानपाबीच भएको खेलमा वीरगञ्ज उपमहानपाले बनेपा नपालाई २३–४ ले पराजित गर्यो ।
त्यस्तै ठाकुरबाबा नपा र काठमाडौं नपाबीच भएको खो खो खेलमा ठाकुरबाबाले १५–३ अंकले काठमाडौं महानपालाई पराजित गर्यो ।
त्यस्तै किर्तिपुर नपा र भरतपुर नपाबीच भएको खेलमा किर्तिपुर नपाले १७–१३ ले भरतपुर नपालाई पराजित गर्यो भने भक्तपुर नपा ए र पोखरा महानपाबीच भएको प्रतिस्पर्धामा भक्तपुर नपाले २२–१३ ले पोखरालाई पराजित गर्यो ।
शनिबार नै भएको ललितपुर महानपा र खाँदबारी नपाबीच भएको प्रतिस्पर्धामा खाँडबारी नपाले १९–१ अंकले ललितपुर महानपालाई पराजित गरेको छ भने भक्तपुर नपा र वीरगञ्ज महानपाबीच भएको प्रतिस्पर्धामा भक्तपुर नपाले १३–१० अंक ल्याई वीरगञ्जलाई पराजित गर्यो ।

Leave A Reply

Your email address will not be published.