Explore news and happenings at Bhaktapur

अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा नगरपालिका प्रथम

२०७९ फागुन ९ गते मंगलबार ।

0
नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म भएको अन्तरनगर खो खो प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह मंगलबार सम्पन्न भयो ।
सांसद सुवालले खेलकुद मित्रता, अनुशासन र स्वस्थ बन्नको लागि हो भन्नुहुँदै खेलकुदको माध्यमबाट अनुशासित नागरिक तयार हुने तथा अनुशासित युवा जनशक्तिले देश विकास गर्न सघाउ पुग्ने बताउनुभयो । उहाँले नेपालको संविधान संशोधन गरेर भएपनि संविधानमा खेलकुदलाई मौलिक हकमा समावेश गर्नुपर्ने र १८ वर्षभन्दा माथिका हरेक नागरिकलाई अनिवार्य सैनिकको व्यववस्था गर्नुपर्ने बताउनुभयो ।
हाम्रो देशका विभिन्न ठाउँहरुमा सीमा अतिक्रमण भइरहेको तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अहिलेसम्म पनि नेपाली सैनिक र प्रहरी नपुगेको बताउनुहुँदै उहाँले देशको सीमा तथा सार्वभौमिकता रक्षा गर्न अनुशासित र देशभक्त नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्षी दल हुन नसक्ने हुँदा कानूनत नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने बताउनुहुँदै प्रमुख अतिथि सुवालले खेलाडीहरुले खेलको नियम पालना गरी अनुशासित खेल खेलेझैं नेपालको राजनैतिक दलका नेताहरुलाई राजनीतिक अनुशासन सिकाउन आवश्यक छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आप्mनो ज्यानको आहुति दिएका महान् शहिदहरुको बलिदानको स्मरणस्वरुप भक्तपुर नपाले प्रत्येक वर्ष फागुन महिनामा अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले आयोजना गरेको खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुहुँदै युवाहरु देशको सार्वभौमिकता रक्षा गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सृजना सैंजुले अन्तर नगर खो खो प्रतियोगिता २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा आप्mनो जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति समर्पित रहेको बताउनुहुँदै देशमा व्यवस्था परिवर्तन भएृपछि पनि गरिब जनताको जीवनमा खासै परिवर्तनको अनुभूति हुन नसकेको बताउनुभयो ।
शासक वर्गका नेताहरु भूईमान्छेबाट महलमा पुगिसकेपनि युवाहरुलाई देशमै काम गर्ने वातावरण नरहेको र वर्षेनी लाखौं युवाहरु विदेशिनु पर्ने वाध्यता रहेको बताउनुहुँदै सांसद सैंजुले गरिब जनताको जीवन परिवर्तनको लागि समाजवादी व्यवस्थाको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणका साथसाथै खेलकुद क्षेत्रलाई विेशष प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै देशको सार्वभौमिकता, अनुशासन र मित्रताको लागि भक्तपुर नपाले हरेक वर्ष विद्यालयस्तरीय र अन्तर नगर खेलकुद प्रतियोगिता गरी देशको लागि उत्कृष्ट खेलाडीहरु उत्पादन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा किर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको योगदान उदाहरणीय रहेको बताउनुहुँदै कम श्रोत साधनमा पनि खेलाउन सकिने खो खो खेल प्रतियोगिताको सञ्चालनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस खेलको महत्व स्थापित गर्न सक्नुका साथै खेलको प्रवद्र्धन समेत हुने बताउनुभयो । उहाँले निकट भविष्यमा किर्तिपुर नगरपालिकाले अन्तर नगर उपमेयर कप भलिबल कप प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुहुँदै नगरपालिकाहरुलाई सहभागिताको लागि अनुरोध गर्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्थानीय तह निर्वाचनको घोषणापत्र अनुसार अन्तर नगर पुरुष खो खो प्रतियोगिता आयोजना गरेकोमा १३ वटा नगरपालिकाबाट १४ वटा टीमको सहभागिता रहेको जाकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो भने खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुवालले प्रतियोगितामा प्रथम हुने ठाकुरबाबा नगरपालिकालाई ट्रोफी तथा नगद रु. १ लाख ५० हजार, दोस्रो हुने किर्तिपुर नगरपालिकालाई ट्रोफी र रु. १ लाख तथा तेस्रो हुने धनगढी उपमहानगरपालिकालाई ट्रोफी र रु. ५० हजार नगद पुरस्कारका साथै खेलाडीहरुलाई पदक प्रदान गरिएको थियो । कार्यक्रमका सभापति प्रजापतिले खेलमा सहभागी नगरपालिकाहरूलाई मायाको चिनो र नगद रु. ५ हजार पुरस्कार प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.