Explore news and happenings at Bhaktapur

भक्तपुर नपाका प्रमुख र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखबीच भेट

२०७९ भदौ १७ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टबीच मंगलबार नेपालगञ्जमा भेटघाट भई दुई नगर प्रमुखहरुबीच अनुभव आदानप्रदान भयो ।
सो क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सरफाई क्षेत्रमा गरिरहेको कामबारे अवगत गराउँदै नपाले कुहिने नकुहिने फोहोर अलगअलग संकलन गरी मल उत्पादन गरी कृषकहरुलाई समेत सस्तोमा मल उपलब्ध गराउँदै आएको बताउनुभयो ।
त्यस्तै नेपालगञ्ज उपमहानपाका प्रमुख बिष्टले उपमहानपाले यसै वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज सञ्चालनमा ल्याइ बीबीएसलगायतको विषय सञ्चालनमा आएको जानकारी गराउनुभयो । उहाँले फोहोरमैलो व्यवस्थापनमा अपनाइरहेको नयाँ नयाँ प्रविधिबारे प्रष्ट पार्दै यहाँका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा वागेश्वरी मन्दिर र सोहि परिसर भित्र नेपालकै पहिलो जुंगे महादेवको मूर्ति अवस्थित रहेको बताउनुभयो ।
भेटपश्चात प्रमुख प्रजापतिले प्रमुख बिष्टलाई नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.