Explore news and happenings at Bhaktapur

भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गर्दैछ : प्रमुख प्रजापति

२०७९ माघ १७, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि स्थानीय तहबाट सञ्चालित देशकै पहिलो शैक्षिक संस्था भएको बताउँदै भक्तपुर नपाबाट २ वटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेकोमा यस वर्षदेखि ख्वप कलेज अफ ल पनि सञ्चालनमा आइसकेको बताउनुभयो ।
जनताको साथ र सहयोग भए असम्भव भनेको केही छैन, सबै चिज पैसा होइन भन्दै उहाँले विकास भनेको भौतिक निर्माण मात्र नभई असल सोच र चेतनाले हुने काम भएको बताउनुभयो ।
नियन्त्रित संघीयताको कुनै औचित्य नभएको प्रष्ट पार्दै उहाँले संघ, प्रदेश र स्थानीय तहले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न पाउनु नै प्रजातन्त्रको सुन्दरता भएको बताउनुभयो ।
मंगलबार एनटीभी कोहलपुरबाट प्रसारित मर्निङ संवाद कार्यक्रममा उहाँले देशका शैक्षिक संस्थाहरुमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गर्दै आएको बताउँदै उहाँले जनप्रतिनिधिहरुको संयुक्त प्रयासले यो सम्भव भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरको स्वास्थ्य क्षेत्रमा भइरहेको गतिविधिबारे अवगत गराउँदै भक्तपुर नपाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालनमा ल्याउनुका साथै नगरबासी जनतालाई निःशुल्क अक्सिजन र रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
विदेशी सहयोगविना भक्तपुर नपाले विकास निर्माणका कार्यहरुलाई अगाडि बढाउँदै आएको बताउँदै उहाँले जनसहभागिता र जनश्रमदानबाट नै सम्पदा पुनःनिर्माण मौलिक शैलीमा हुँदै आएको छ ।
भक्तपुर नपालाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँदै आएको बताउँदै उहाँले भक्तपुरको विकास मोडलबाट सबैजना आकर्षित र प्रभावित भएको बताउनुभयो ।
भक्तपुर नपा समाजवादउन्मुख कामलाई प्राथमिकता दिई अगाडि बढिरहेको चर्चा गर्दै उहाँले संसदको एक मात्र प्रमुख प्रतिपक्ष नेमकिपा नै भएको बताउनुभयो ।
May be an image of 1 person and text that says 'NTV KOHALPUR HD LIVE सुनिल प्रजापति नगर प्रमुख, भक्तपुर नगरपालिका DishHome DishH'

Leave A Reply

Your email address will not be published.