Explore news and happenings at Bhaktapur

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष भक्तपुर नपामा

२०७९ माघ १३ गते शुक्रबार

0
भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रनजी जोशीसँग खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुका अध्यक्ष मिङ्मा छिरीं शेर्पासहित १८ जनाको टोलीले भेट ग¥यो । भेटमा कार्यबाहक प्रमुख जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ८ वटा शैक्षिक संस्थाहरु मार्पmत देशभरीका ७ हजारभन्दा बढी विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गरिरहेको जानकारी दिनुहुँदै शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गराउने भनपा देशको एक मात्र स्थानीय तह भएको बताउनुभयो ।
उहा“ले भक्तपुर नपाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी दैनिक ७०० जनाभन्दा बढी विरामीहरुकलाई सेवा प्रदान गर्दै आएको र नगरका १० वटै वडामा घरदैलोे नर्सिङ सेवा सहित नपाद्वारा सञ्चालित ३ वटा नगर स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुहुँदै हरेक वर्ष प्रत्येक वडामा निःशुल्क व्यायामशाला स्थापना गर्दै सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
भनपाले सम्पदा संरक्षण र विकास निर्माणसम्बन्धी कार्यहरु उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुहुँदै जनश्रमदान मार्फत गुणस्तरीय निर्माण भइरहेको र निर्माण पश्चात अपनत्व बढाउन समेत मद्दत मिलेको बताउनुभयो । साथै भक्तपुर नपाले सञ्चालन गरिरहेको शैक्षिक संस्थानहरुमा वर्षको ३ करोडभन्दा बढीको छात्रवृत्ति तथा इतिहास,भुगोल, राजनीतिशास्त्र, नेपाल भाषा र संस्कृति विषय अध्ययन गर्नेलाई जुनसुकै कलेजमा पढेपनि छात्रवृत्ति र नगरबासी विद्यार्थीहरुलाई ५ लाखसम्मको शैक्षिक ऋण प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिका पर्यटनमा निर्भर रहेको बताउनुहुँदै भक्तपुर नगरपालिका धेरै कुरामा उदाहरणीय रहेको र यहा“बाट सिकेका कुराहरु गाउँपालिकामा लागू गर्न सकिने बताउनुभयो । उहाँले खुम्बु पासाङ गाउँपालिका र भक्तपुर नपाबीच पर्यटन क्षेत्रमा समानता रहेको हुँदा दुई पालिकाबीच सम्बन्ध र समन्वयबाट अनुभव आदानप्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष श्री टासी ल्हामु शेर्पा, भनपाका वडाध्यक्ष रविन्द्र ज्याख्व र योगेन्द्रमान विजुक्छें, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, खुम्बु पासाङ ल्हामु गापाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईं लगायतको उपस्थिति रहेका थियो ।
भेटमा कार्यवाहक प्रमुख जोशीले अध्यक्ष शेर्पालाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भनपाका प्रकाशनहरु उपहार प्रदान गर्नुभयो भने सो पश्चात टोलीले भक्तपुर दरबार क्षेत्र र टौमढी क्षेत्रको अवलोकन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.