Explore news and happenings at Bhaktapur

भक्तपुरका नगर प्रमुख जुम्लाको चन्दननाथ नगरपालिकामा

जुम्ला, ११ माघ ।

0
भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति कर्णाली प्रदेशको जुम्लास्थित चन्दननाथ नगरपालिकामा पुग्नुभएको छ । प्रमुख प्रजापतिको नेतृत्वमा पुगेको उक्त टोलीलाई चन्दननाथ नपाका कार्यबाहक प्रमुख एवम् वडा नं ४ का वडाध्यक्ष नवराज देवकोटाले स्वागत गर्नुभयो ।
नगर प्रमुख र कार्यबाहक प्रमुखबिचको उक्त भेटमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र पर्यटनका सम्भावनाबारे अनुभव आदानप्रदान भयो ।
प्रमुख प्रजापतिले नपाले गरेको न्यानो स्वागतको लागि भक्तपुर नपाको तर्फबाट कृतज्ञता ज्ञापन गर्नुभयो । उहा“ले भक्तपुर र जुम्ला राजनीतिक र सांस्कृतिकरूपमा नजिक सम्बन्ध भएको बताउ“दै जुम्ला पर्यटकीय सम्भावना बोकेको देशकै सुन्दर ठाउ“ भएको बताउनुभयो ।
कर्णाली नदीको सही सदुपयोगले देशकै समृद्ध प्रदेशको रूपमा विकास हुने बताउ“दै उहा“ले भक्तपुर नपाले शिक्षा, स्वास्थ्यमा गरेको काममा पारदर्शी र आर्थिक अनुशासन कायम भएको बताउनुभयो ।
चन्दननाथ नपाका कार्यबाहक प्रमुख नवराज देवकोटाले जुम्लाको राजनीतिक र सांस्कृतिक विषयबारे अवगत गराउ“दै जुम्लाको राजनीतिक अस्थिरताले यहा“को विकासमा बाधा पुगेको बताउनुभयो ।
उहा“ले चन्दननाथ नपा १० वटा वडामा विभाजित भएको बताउ“दै सडक निर्माणमा धेरै बजेट खर्च हुने गरेको बताउनुभयो ।
जुम्लाको स्वास्थ्य र शिक्षा क्षेत्र सोचेअनुरूप विकास हुन नसकिरहेको जिकिर गर्दै चन्दननाथ र भनपाबिच आपसी सम्बन्ध कायम गरी अगाडि बढ्न उत्सुक रहेको बताउनुभयो ।
भेटमा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रञ्जना त्वाती, नेक्राविसङ्घका अध्यक्ष, प्रकाश गुरुङ, चन्दननाथ नपाका, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशरीनाथ योगी, वातावरण शाखा प्रमुख लक्ष्मीचन्द्र न्योपानेको उपस्थिति थियो ।
चन्दननाथ नपा प्रमुख राजुसिंह कठायत र उपप्रमुख काम विशेषले जिल्ला बाहिर हुनुभएकोले नपाका निमित्त प्रमुखले भक्तपुर भ्रमण टोलीलाई स्वागत गर्नुभएको हो ।
भक्तपुरका प्रमुख र कार्यबाहक प्रमुखबिच उपहार आदानप्रदान भएको थियो । भेटमा जिल्ला नेमकिपा जुम्ला समितिका अध्यक्ष पूर्णबहादुर खत्रीको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.