Explore news and happenings at Bhaktapur

भनपाद्वारा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको बिदाई

भक्तपुर, २०७९ माघ १० गते मंगलबार ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भइ जानुहुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकोे विदाई कार्यक्रम मंगलबार भनपा समाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै कार्यवाहक प्रमुख रजनी जोशीले सरुवा भई जान लाग्नुभएका प्रजिअ शर्मा सकारात्मक सोच, सहज र सरल तरिकाले काम गर्ने कुशल प्रशासक भएको हुँदा फरक पहिचान बनाउन सफल भएको जानकारी दिनुहुँदै उहाँको भक्तपुर जिल्लाको १६ महिनाको कार्यकाल सफल एवं उपलब्धीमूलक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुर नगर पुरातात्विक, सा“स्कृतिक एवं ऐतिहासिक रहेको बताउनुहुँदै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुको सहयोगका कारण कार्यकाल सहज ढंगले कर्तव्य निर्वाह गर्न सफल भएको बताउनुहुँदै काम गर्ने सिलसिलामा भक्तपुरबाट प्राप्त सिकाई आगामी दिनमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिका देशको अन्य स्थानीय तहहरुको लागि अनुकरणीय रहेको बताउनुहुँदै भक्तपुर नपा शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षण र सरसफाई लगायतका काममा अग्रणी रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यवाहक प्रमुख जोशीले प्रजिअ शर्मालाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र सुर्के थैली तथा भनपाका प्रकाशनहरु मायाको चिनो प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.