Explore news and happenings at Bhaktapur

पारदर्शिता र इमान्दारिता नै जन विश्वास प्राप्तिको आधार हुने

२०७९ माघ १ गते आइतबार, भक्तपुर ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारदर्शिता र इमान्दारिता नै जन विश्वासको आधार हुने बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं.८ मा पुनः निर्माण गरिएको हरिशंकर नारायण मन्दिरको उद्घाटन गर्नु हुँदै उहाँले भक्तपुर नगरलाई वर्षैभरी जिवन्त राख्न नगरपालिकाले समय समयमा नियमित रुपमा साँस्कृतिक, खेलकूदलगायतका गतिविधिहरु ग्रिरहेको बताउनु भयो ।
उहाँले सम्पदा संस्कृतिको संरक्षण विदेशीको सहयोग नलिइ आफैले गर्नेतर्फ सबैले ध्यान दिनु पर्नेमा जोड दिनु हुँदै भन्नुभयो — अरुको सहयोगमामात्रै काम गर्ने बानी परेमा हामी अल्छी हुन्छौं । सकेसम्म हरेक काम नगरपालिकाले जनताको सहयोग लिएर आफ्नै श्रोत र साधनको भरमा गर्ने कोशिस गरिरहेको छ ।
साँस्कृतिक सम्पदाहरु बचाइ राख्न स्थानीय जनताको अमूल्य सहयोग प्राप्त भएको छ । जनप्रतिनिधि, स्थानीय जनता र कर्मचारीहरुको संयुक्त प्रयाशले भक्तपुर उदाहरणीय बन्दै गएको छ —उहाँले भन्नुभयो ।
शहरी विकास तथा भवन विभागका प्रमुख कोषनाथ अधिकारीले भक्तपुर नगरपालिकाको लागि पुनःनिर्माण प्राधिकरणबाट रु.५ करोड विनियोजन गर्ने भनिए पनि पछि रु.५० लाखमात्रै प्राप्तभएको बाट दुइवटा योजना संचालन गर्न सकेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुरका दुइ वटा योजनाको लागि ७२ लाखको ल.इ. भएकोमा टेण्डर गर्दा भारती कन्स्ट्रक्सनले रु४७ लाख २ हजारमा गर्ने बोल कबोल गरे बमोजिम एउटा योजना हरि शंकर मन्दिर पुनःनिर्माण सम्पन्न भएको बताउनु भयो ।
भनपा वडा नं.८ का वडाध्यक्ष कृष्ण प्रसाद कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष महेन्द्र खायमली गणेजु दाफा भजन नाइके कृष्णहरी गणेजु, नपा सम्पदा शाखाका प्रमुख राम गोविन्द श्रेष्ठ र नसस सुमित्रा बोहजुले सम्पदा निर्माण गर्नुका साथै त्यसको संरक्षण गर्नु साझा कर्तव्य भएको बताउनु भएको थियो
+12
7,129
People reached
1,088
Engagements
Boost post
All reactions:

125

6 shares
Like

Comment
Share

0

Leave A Reply

Your email address will not be published.