Explore news and happenings at Bhaktapur

व्यक्तिगत स्वार्थ त्यागी समर्पणको भावनाले जनताको सेवामा लाग्नेहरूमा निराशापन नआउने : अध्यक्ष रोहित

काठमाडौं, ३० पुस ।

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको वार्षिक भेटघाट कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको र भनपाका जनप्रतिनिधिहरूले पनि समाजवादी विचारधाराअनुसार कार्य गरिरहेकाले भक्तपुर नगरपालिका आज सबै स्थानीय निकायको लागि चासोको विषय बनिरहेको छ भन्नुभयो ।
उत्पादनका मुख्यमुख्य साधन र स्रोत सामाजिकीकरण, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नै समाजवादी व्यवस्थाका प्रमुख विशेषताहरू भएको उहा“ले उल्लेख गर्नुभयो ।
भनपाले सर्तसहितको विदेशी सहयोग अस्वीकार गरी जनभावनाअनुसार कार्य गरिरहेको सराहनीय कदम भएको अध्यक्ष रोहितले बताउनुभयो ।
नेमकिपाले निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने लक्ष्यसहित कार्यकर्ताहरूलाई प्रशिक्षित गरेकै कारण भक्तपुर अरू जिल्लाभन्दा शिक्षा, स्वास्थ्य, विकास निर्माण र सम्पदा संरक्षणमा छुट्टै पहिचान बोक्न सफल भएको अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
उहा“ले भन्नुभयो, “नेमकिपाले पहिलो चरणमा किसान आन्दोलनलाई अगाडि बढायो, दोस्रो चरणमा सरसफाइ आन्दोलनलाई अगाडि बढायो र अहिले शिक्षा–स्वास्थ्यमा जोड दिई जनतालाई राजनीतिकरूपमा सचेत र स·ठित गर्ने अभियानमा प्रतिबद्ध भई लागिपरेको छ ।”
राजनीतिक बेथिति र विकृतिको समाधान राजनीतिक आन्दोलन नै भएको स्पष्ट पार्दै अध्यक्ष रोहितले सशस्त्र सङ्घर्षले मात्र समाजमा आमूल परिवर्तन सम्भव भएको बताउनुभयो ।
बेलायती पु“जीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्य क्रान्ति, अक्टोबर समाजवादी क्रान्ति, चीनको किसान आन्दोलन र भियतनामविरूद्ध संरा अमेरिकी युद्धबारे पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षित गरेकै कारण नेमकिपाका कार्यकर्ताहरूमा निराशापन नआएको स्पष्ट पार्दै अध्यक्ष रोहितले व्यक्तिगत स्वार्थ त्यागी समर्पणको भावनाले जनताको सेवामा लाग्नेहरूमा निराशापन आउनेछैन भन्नुभयो ।
संसदीय प्रणालीको सुन्दरता भनेको नै प्रतिपक्षीय व्यवस्था हो भन्दै उहा“ले सत्ता स्वार्थको निम्ति नेपाली काङ्ग्रेसले प्रचण्डको सरकारलाई विश्वासको मत दिनु दुर्भाग्यपूर्ण छ भन्नुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै अध्यक्ष रोहितले बिचमा कुनै बाधा व्यवधान नआएमा सन् २०३० सम्ममा चीन विश्वको सबभन्दा ठूलो अर्थतन्त्रको देश हुने निश्चित भएकोले त्यसलाई रोक्न संरा अमेरिकाले चीनविरूद्ध विभिन्न बाधा व्यवधान खडा गर्ने दुस्प्रयास गरिरहेको छ भन्नुभयो ।
संरा अमेरिकाले युद्धको बाटो लिन खोजे पनि चीन वार्ताको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्न हरदम प्रयासरत रहेको अध्यक्ष बिजुक्छे“ले बताउनुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शासक पार्टीका सांसदहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद पक्षपोषक भएकै कारण तिनीहरूले भारतीय विस्तारवादको विरोधमा बोल्न नसकिरहेका हुन् भन्नुभयो ।
उहा“ले भन्नुभयो, “देशको सार्वभौमसत्ता र भूअखण्डताको रक्षा एवं कामदार जनताको पक्षमा नेमकिपाले संसद् र सडकमा सङ्षर्ष गर्दै आएको र गर्दै जानेछ ।”
‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३’ को दफा २(ङ)(४) मा प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दस प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दल नभएमा सभामुखले प्रमुख प्रतिपक्षी दल तोकिदिने व्यवस्था भएकोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल मजदुर किसान पार्टी नै प्रमुख प्रतिपक्षी दल भएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले शासन सञ्चालन गर्ने हुँदा संसद्मा कुनै दलको बहुमत नआएसम्म निर्वाचन गरिरहनुपर्ने धारणा सांसद सुवालले राख्नुभयो ।
उहा“ले भन्नुभयो, “कानुन बनाउने थलो संसद्मा कानुनको पालना नभए देशमा अराजकता कायम हुने भएकोले कानुन भनेको सबैलाई समानरूपमा लागू हुनुपर्छ ।”
नेपाल मजदुर किसान पार्टीले खाद्यान्नमा आत्मनिर्भर बनाउन, माध्यमिक तहको शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्ने, स्वदेशमा रोजगारी दिने, स्वास्थ्य उपचार निःशुल्क गर्ने, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक खारेज गर्नुपर्नेलगायत विषय संसद्मा उठाए पनि सत्ता गठबन्धनले सम्बोधन नगरेको हुँदा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
भनपाद्वारा सञ्चालित कलेजहरूका सञ्चालक समितिका अध्यक्ष, भक्तपुर नगरपालिकाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले भनपाले शैक्षिक संस्थानहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
शासक पार्टीका गलत नेतृत्वका कारण शैक्षिक संस्थामा अनियमितता, भ्रष्टाचार, बेथिति बढेकोले कैयौं विद्यार्थीहरू विदेसिन विवश भएको हु“दा विद्यार्थीलाई आत्मनिर्भर एवं देशभक्तिको भावना दिनु अहिलेको आवश्यकता भएको उहा“ले बताउनुभयो ।
नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइमा विशेष जोड दिई विकास निर्माणमा स्थानीय स्रोत र साधन परिचालन गरी उपभोक्ता समितिमार्फत कार्य गरिरहेको प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
“सरकारबाट जस्तोसुकै बाधा–व्यवधान खडा गर्न खोजे पनि भक्तपुर नगरपालिकाले समाजवादी विचारधारालाई आत्मसात गरी देश र जनताको सेवामा जनप्रतिनिधिहरू इमानदारीपूर्वक लागिरहने छन्”, उहा“ले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौ“ जिल्ला अध्यक्ष नारायण महर्जनले भनपाबाट सञ्चालित कलेजहरूले सस्तो र गुणस्तरीय सेवा दिई गौरव गर्न लायकको काम गरिरहेका छन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा निरन्तरता सफलताको पर्याय भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “सफलता भनेको निरन्तरताको प्रयास हो, जुझारूपनको परिणाम हो ।”
सरकारको असफलताका तस्बिरहरू प्रत्येक दिन पत्रपत्रिकाका समाचारले चित्रण गरिरहेको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले देशको विकृति, बेथितिविरूद्ध शिक्षक–प्राध्यापकहरूले कलेजको कक्षा कोठालाई मञ्चको रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सृजना संैजूले ख्वपका शिक्षक तथा कर्मचारीहरूको निःस्वार्थ, इमानदारिता र लगनशीलताकै कारण ख्वप सर्कलका कलेजहरू गौरव गर्नलायक भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “शिक्षक, प्राध्यापक देशको बौद्धिक वर्ग हो । सही र गलत मूल्याड्ढन गरी जनतालाई सचेत पार्ने, जानकार बनाउने कर्तव्य बुद्धिजीवीहरूको हो ।”
स्वायत्तता र विकेन्द्रीकरणलाई जोड दिइएको खण्डमा सङ्घीयता आवश्यक नहुने धारणा राख्दै उहा“ले नेमकिपाका सभासद्हरूले प्रखर प्रतिपक्षको रूपमा जनताको आवाजलाई प्रदेशसभामा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले नेमकिपाको सिद्धान्त र विचारलाई आत्मसात गर्दै प्रदेशसभालाई सदुपयोग गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले निर्वाचन घोषणापत्रलाई अक्षरशः पालना गरी भनपाका जनप्रतिनिधिहरूले कार्य गर्दै आएका छन् भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.