Explore news and happenings at Bhaktapur

महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा

२०७९ पुस ३० गते, शनिबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ७ वाचुत्वस्थित महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभाको शनिबार पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको बताउनुहुँदै सहकारीको माध्यमबाट भक्तपुरको पहिचान कायम हुँदै आएको बताउनुभयो ।
भक्तपुरलाई सफा, सुन्दर र संसारकै हेर्नलायक सहरको रुपमा विकास गर्न नगरबासीहरुको योगदान आवश्यक भएको बताउनुहुँदै उहाँले नमुना नगरका नागरिकहरु सभ्य र सुसंस्कृत हुन आवश्यक भएको बताउनुभयो ।
उहाँले विदेशी सहयोगबाट हुने विकास निर्माणमा स्थानीय जनताको अपनत्व नरहने चर्चा गर्नुहुँदै भक्तपुरको विकासबारे देशका विभिन्न नपाका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदानको सिलसिला चालु रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा ७ का वडाध्यक्ष उकेश कवांले सहकारी संस्थाहरुले सामाजिक विकासमा गरिरहेको काम उल्लेखनीय भएको बताउनुहुँदै वडाको विकास निर्माण र सरसफाईलगायतको कार्यमा सहकारी संस्थाहरुले निरन्तर सहयोग गर्दै जानुपर्ने बताउनुभयो ।
त्यस्तै पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले जनतालाई ठग्ने सहकारी संस्थाको बिगबिगी बढेसँगै सदस्यहरुमा त्रास पैदा भएको बताउनुहुँदै समुदायमा आधारित सहकारी संस्थाले मात्र सदस्यहरुको हकहितमा काम गर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचता संघका अध्यक्ष कृष्णगोविन्द लाखाले साधारणसभाको महत्वबारे प्रष्ट पार्नुहुँदै समुदायमा आधारित सहकारी संस्थामा मात्र रकम जम्मा गर्न सदस्यहरुलाई सचेत पार्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष विवेक कुस्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिद्धि गणेश साकोसका सचिव विष्णुप्रसाद दुमरु, कोषाध्यक्ष राजुराम ख्याजुलगायतले पनि बोल्नुभएको थियो ।
+5
5,963
People reached
721
Engagements
Boost post
All reactions:

60

Leave A Reply

Your email address will not be published.