Explore news and happenings at Bhaktapur

स्वर्गीय जोशी र कर्माचार्यको निधनप्रति श्रद्धाञ्जली

भक्तपुर । २०७९ पुस २७ गते, बुधबार

0
भक्तपुर नगरपालिका कार्यपालिकाको मिति २०७९ पुस २७ गते बसेको बैठकले भनपा साविक वडा नं. ८ का वडाध्यक्ष हिरन्यबहादुर जोशी र साविक वडा नं. १० का नसस रामगोपाल कर्माचार्यका पिता नारायणप्रसाद कर्माचार्यको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
वडाध्यक्ष जोशीको ७९ वर्षको उमेरमा २०७९ पुस १ गते र कर्माचार्यको पुस २१ गते निधन भएको हो । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
स्व. जोशीले २०५४ सालदेखि ०५९ सालसम्म तत्कालीन वडा नं. ८ को वडाध्यक्ष भइ समाजको सेवा गर्नुभयो । पेशाले एक इन्जिनियर उहाँलाई प्रजातन्त्र पुनःस्थापना पछि तत्कालीन सरकारले नेपाल मजदुर किसान पार्टीलाई आर्थिक सहयोग गरेको आरोपमा सरकारी सेवाबाट अवकाश दिएको थियो । उहाँका भाइ यज्ञबहादुर जोशी पनि २०३९ सालमा सोही वडाबाट वडाध्यक्ष हुनुभएको थियो ।
साविक वडा नं. १० का नसस रामगोपाल कर्माचार्यका पिता नारायणप्रसाद कर्माचार्य एक प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ सालमा तत्कालीन पञ्चायती सरकारले रचेको भक्तपुर काण्ड मा स्व. कर्माचार्य र छोरा रामगोपाल दुवै जना जेल पर्नुभएको थियो । नेमकिपलाई लगाएको झुटो मुद्दाको विरोधमा उहाँ अन्तिमसम्म दृढ रहनुभयो ।
आफ्नो जीवनकालमा उहाँहरुले गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै भक्तपुर नगर कार्यपालिका स्व. जोशी र स्व. कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्दछ ।
May be an image of 10 people, people sitting, people standing and indoor

Leave A Reply

Your email address will not be published.