Explore news and happenings at Bhaktapur

प्रदुषणरहित, सुरक्षित र व्यवस्थित शहर निर्माण आजको आवश्यकता : प्रमुख प्रजापति

२०७९ मंसिर १२ गते, सोमबार

0
तीव्र रुपमा भइरहेको जनसंख्या वृद्धिसँगै हाम्रा शहरहरु कुरुप र बस्न अयोग्य बन्दैछन् । ठूला, अग्ला भवनहरु र चौडा सडकहरु नै विकासको मापदण्ड होइन र हुन सक्दैन । प्रदुषणरहित, सुरक्षित र व्यवस्थित शहर निर्माण आजको आवश्यकता हो । तर जथाभावी घरहरु निर्माणले हाम्रा हजारौं वर्षको इतिहास भएको काठमाण्डौ उपत्यकाको संस्कृति र सम्पदाहरु म्हासिने क्रम जारी छ र आधुनिकताको नाउ“मा प्राचीन शहरहरुको स्वरुप फेरिंदै छ ।
शासक दलका केही नेताहरुको व्यक्तिगत र दलगत स्वार्थको कारण विना तयारी नागरपालिकाहरु घोषणा गर्नु समस्याको मुख्य कारण हो । जनताका आधारभूत आवश्यकताहरु खानेपानी, ढल निकास, डम्पिड्ड साइट, बसपार्क, खुल्ला क्षेत्र, हरियाली क्षेत्र, पोखरी, दमकल, तरकारी बजारलगायतका आवश्यक पूर्वाधारहरु निर्माणपछि मात्रै नगरपालिकाको घोषणा गरिएको भए शहरमा बस्नेहरुले आजको जस्तो फोहरमैला, प्रदुषण, यातायात जाम, खानेपानी जस्ताको समस्या भोग्नु पर्ने थिएनन् ।
निर्वाचनको बेला जनताको मत तान्न कतिपय उम्मेदवारहरुले “स्मार्ट सिटी” “स्याटालाइट सिटी” बनाउने जस्ता प्रतिवद्धताहरु गरे । निर्वाचित भएपछि प्रतिबद्धताअनुसार काम गर्न नसकेर जनप्रतिनिधिहरु लजित हुनु परेका थुप्रै उदाहरणहरु हाम्रो सामु ताजै छन् । बुझ्दै नबुझी कतिपय उम्मेदवारहरुले स्मार्ट सिटीको कुरा उठाएको पनि प्रष्ट भयो । शहर भनेको सबै किसिमका मानिसहरुका लागि बस्न योग्य हुनुपर्छ । गरिबहरु विस्थापित हुनुपर्ने र धनीहरुको मात्रै बसोबास हुने आधुनिक र सुविधा सम्पन्न शहर (स्मार्ट सिटी) के आजको हाम्रो आवश्यकता हो ?
सयौं वर्ष अगाडि हाम्रा पूर्खाहरुले निर्माण गरेका काठमाण्डौ, भक्तपुर र ललितपुर शहर संसारको कुन ‘स्मार्ट सिटी’ भन्दा कम छन् ? प्रायः घरहरु पूर्व र दक्षिण मोहडाका, घरहरुको बीच बीचमा चोक, सडक पेटीको व्यवस्था, ठाउ“ ठाउ“मा ढुड्डेधारा, पाटी, मन्दिरहरु, पोखरीहरु, इनारहरु, एकै नासको झिड्डतीले छाएको परम्परागत घरहरु, इटा वा ढुड्डाले छापेका सडकहरुबाट सुसजित सफा र सुन्दर शहर आर्फै स्मार्ट सिटी’ हो । त्यसलाई विगारेर १५÷२० तलाको आकाश छुने घरहरुको निर्माण र गल्ली गल्लीमा कालोपत्रे गरेर स्मार्ट सिटीका नाउँमा सबै मौलिकतालाई बिगार्दै र भत्काउँदै छौं ।
हाम्रा प्राचीन सम्पदा र संस्कृति नबुझेका वा बुझेर पनि बुझ् पचाएका योजनाविद्हरुले आधुनिकताको नाउ“मा विकृतिहरु भिœयाइ रहेका छन् । आधुनिक शहरहरु निर्माणमात्रै विकास होइन । हाम्रा परम्परागत मौलिक शैलीकासम्पदा र संस्कृतिको संरक्षण भएका शहरहरु जोगाइ राख्नु आफै पनि विकासको नमूना हो । त्यसता शहरहरुको संरक्षण गर्न जनतालाई प्रोत्साहित गर्नु राज्यको महत्वपूर्ण जिम्मेवारी हो । यसतर्फ शहरी विकास मन्त्रालयको ध्यान जाने आशा गर्दछु ।
नेपाल पर्यटन विकासको अपार सम्भावना भएको देश हो । भक्तपुरभन्दा सानो इटालीको भेनिस शहरमा वर्षको ३ करोड ६० लाखभन्दा बढी पर्यटकहरु पुग्ने गरेको सुन्दा हामीलाई आश्चर्य लाग्छ । त्याहाँभन्दा पुराना र साँस्कृतिक महत्व बोकेका थुप्रै सम्पदा र संस्कृतिहरु काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ, भक्तपुर र ललितपुरमा छन् । हामीले त्यसलाई चिन्न सकेनौं । ६ दशकभन्दा लामो समयदेखि अमेरिकाले नाकाबन्दी गरेको ल्याटिन अमेरिकी देश क्यूवामा वर्षको ५०लाखभन्दा बढी पर्यटकहरुले भ्रमण गर्छन् । काठमाण्डौ उपत्यकाका तीनवटै प्राचीन शहरहरु खुल्ला विश्व विद्यालयहरु हुन् । राज्यले प्राथमिकतामा राखेर सयौं वर्ष पुराना यहाँका कला, संस्कृति र सम्पदाहरु संरक्षण गर्न सकेको भए वर्षनी तीस चालीस लाख पर्यटकहरु भित्रयाउनु कुनै ठूलो कुरा होइन । तर अहिले वर्षको २०लाख पर्यटक भित्रयाउन पनि ‘नेपाल भ्रमण वर्ष’ को आयोजना गर्नुपर्ने अवस्था छ । नेपालका मौलिक शैलीका छुट्टाछुट्टै शहरहरुको निर्माण गर्न सके पर्यटन क्षेत्रबाट पनि मनग्य आम्दानी गर्न सक्ने सम्भावना छ ।
अहिले सारा जनता काठमाण्डौमा केन्द्रित छन् । स्कूल, कलेज, विश्व विद्यालय तथा राम्रा राम्रा अस्पतालहरु उपलब्ध हुनुकासाथै रोजगारीका अवसरलगायत जनताका लागि आवश्यक पूर्वाधारहरु काठमाण्डौ उपत्यकामा केन्द्रीत हुनु नै यसको कारण हो । महत्वपूर्ण सा“स्कृतिक सम्पदाले भरिएको काठमाण्डौ उपत्यकालाई सा“स्कृतिक केन्द्रकै रुपमा विकास गर्ने तर्पm शहरी विकास मन्त्रालय, विभाग र सम्बन्धित निकायले अग्रसरता लिनु आवश्यक छ ।
जथाभावी घर जग्गा प्लटिड्डले एकातिर कृषि योग्य भूमि समाप्त हु“दैछन् भने अर्कोतर्पm प्रदुषणको कारण शहरहरु बस्न अयोग्य बन्दै छन् । खानेपानीका हाहाकार, यातायात जाम, अपराधको संख्यामा वृद्धि, फोहर मैला व्यवस्थापन उपत्यकाको अहिलेको मुख्य समस्या हो । यस्ता घना बस्ति भएका ठाउ“हरु व्यवस्थित गर्नेतर्पm योजनाविद्हरुको ध्यान जानु पर्नेमा पछिलो चरणमा काठमाण्डौ उपत्यका भित्र १ लाख रोपनीको १ वटा १० हजार रोपनीको ३ वटा शहर निर्माण गर्ने भनी प्रकृया अगाडि बढाइएको छ । यसबाट भविष्यमा काठमाण्डौ उपत्यका संसारकै सबभन्दा अव्यवस्थित र अस्तव्यस्त शहर नबन्ला भन्न सकिन्न ।
समयसँगै शहरीकरण अनिवार्य विषय हो । शहर निर्माण गर्दा देशको सन्तुलित विकासलाई पनि ध्यानमा राख्नु आवश्यक छ । त्यसको लागि काठमाण्डौ उपत्यका बाहिर स–साना शहरहरुको निर्माणको लागि शहरी विकास मन्त्रालय र भवन विभागले पूर्वाधारहरु निर्माण गरी दिएमा व्यवस्थित शहर बनाउन मदत पुग्नेछ । सरकारले जथाभावी निजी प्लानिड्ड गर्न स्वीकृति दिएसम्म व्यवस्थित शहर निर्माण सम्भव छैन । १००÷२०० वर्ष पछिको सोचेर नयाँ शहरको निर्माण गर्नेतर्पm सरोकारवालाहरु सबैको ध्यान जानु आवश्यक छ ।
समाजको नेतृत्व गर्नेहरुको सोचले नै जनताको जीवनमा मौलिक परिवर्तन आउन्छ र विकासको नयाँ ढोका पनि खुल्छ । भक्तपुर नगरपालिका त्यसको एक उदाहरण हो । आजभन्दा ३ दशक अगाडिसम्म भक्तपुर हरेक क्षेत्रमा पछाडि थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले २०५६ सालमा “१०० वर्ष पछिको भक्तपुर” नामक एक पुस्तक लेख्नु भयो । उहाँले १०० वर्ष पछि भक्तपुर संसारकै एक आकर्षक नगर हुने बताउनु भयो ।
उहँ“ले उक्त पुस्तकमा लेख्नु भएको छ र्—भक्तपुरका धेरै नागरिकहरुले जापानी, चिनियाँ, ल्याटिन भाषा बोल्न जानेका हुनेछन् । अंग्रेजी भक्तपुरबासी मध्ये आधाले बोल्न सक्ने छन् । यो नगर संसारकै आकर्षक नगर हुनेछ । विहान प्राचीन शहर जस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राती सा“च्चै प्राचीन लुगा लगाएकी आधुनिक नर्तकी वा सुन्दरी जस्तो हुनेछ । भक्तपुर “उत्सवको शहर” बाह«ै महिना “चाडको शहर” को रुपमा रहनेछ ।’ हामी त्यही आदर्श शहर निर्माणको लागि आधारहरु तयार गर्दैछौं ।
दिगो विकासको लागि भक्तपुर नपाको प्रयास
शिक्षा ः
भक्तपुर नगरपालिकाले त्यसैको आधारहरु निर्माण गर्दैछ । नगरपालिकाले २ वटा इन्जिनियरिड्ड कलेज सहित ८ वटा शैक्षिक संस्थाहरु संचालन गर्दैछ । हाल ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । धेरै विषयमा स्नातकोत्तर तहसम्मको कक्षा सञ्चालन हुन्छ । नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । हाल ३१४ जना विद्यार्थीहरुले रु ५ लाखसम्म शैक्षिक ऋण लिएर पढिरहेका छन् । नपाद्वारा संचालित कलेजहरुमा त्याहाँ अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि वार्षिक ३ करोडभन्दा बढीको छात्रवृत्ति प्रदान गर्दै आएको छ भने भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति तथा नेपाल भाषामा विद्यावारिधीसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । वडा वडामा शिशु स्याहार केन्द्रहरु सञ्चालन भइरहेको छ ।
स्वास्थ्य ः
जनताको स्वास्थ्य हेरचाहको निम्ति घरदैलो नर्सिड्डको व्यवस्था, वडा वडामा चिकित्सक सहित स्वास्थ्य केन्द्र, १०० शैøयाको ख्वप अस्पतालको संचालन गरी दैनिक ७०० भन्दा बढी विरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा ३५–३६ जना चिकित्सकहरु कार्यरत छन् । त्यसमध्ये आधा संख्यामा विशेषज्ञहरु छन् । एमबीबीएस डाक्टरको रु. ५० र विशेषज्ञ सेवा रु. ७० उपलब्ध गराउ“दै आएका छौंं । विद्यालय नर्सको व्यवस्था, नियमित स्वास्थ्य शिविर संचालन र स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौं ।
जनताको सहयोगमा निर्मित अक्सिजन प्लान्टबाट निःशुल्क अक्सिजन वितरण गर्दै आएका छौं भने रगत चाहिने विरामीको लागि लाग्ने सम्पूर्ण खर्च नपाले व्यहोर्दै आएको छ । श्वास प्रश्वास केन्द्रमार्फत न्यून शुल्कमा दम खोकीका विरामीको उपचार गर्दै आएको नपाले कडा रोग क्यान्सर, मृगौला, मस्तिष्क र पक्षघात भएका विारमीलई प्रति व्यक्ति रु. १५,०००।– एक पटकको लागि दिने गरिएको छ ।
सम्पदा संरक्षण
२०७२ सालको भूकम्पबाट १३५ भन्दा बढी सम्पदाहरुमा आंशिक र पूर्ण क्षति भयो भने ८००० जति निजी घरहरु क्षतिग्रष्ट भए । विदेशीको सहयोग विना विगत ५ वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार भए भने हालसम्म १२६ वटा सम्पन्न भइसकेका छन् । ती सबै काम स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्पmत विदेशी सहयोग विना नै गरिएको हो । उपभोक्ता समितिबाट काम गराउ“दा कम खर्चमा गुणस्तरीय निर्माण हुने, जनताको अपनत्व हुने, आप्mनै श्रोत र साधनको प्रयोग हुने र मौलिक प्रविधिको संरक्षण हुने हाम्रो अनुभव छ । हरेक काम पारदर्शी तरीकाले गर्दैछौ । सम्पदा पुनःनिर्माणको लागि नेपाल सरकार र जर्मनी सरकारबीच रु १ अर्ब २० करोड (१ करोड युरो) अनुदान सम्झौता भएको थियो । सम्झौतामा उल्लेखित बुँदाहरु हाम्रो स्वाभिमानमा आ“च पुग्ने देखिएकोले हामीले त्यो रकम स्वीकार गरेनौं । जनताकै साथ र सहयोगमा ती सबै सम्पदाहरु जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न भएका हुन् ।
खेलकुद ः
भलिबल, फुटबल, बक्सिड्ड, जिम्नेष्टिक, टेबुलटेनिस र करा“ते गरी ६ वटा खेलको नियमित प्रशिक्षण, पूर्णकालीन खेल प्रशिक्षकमार्फत विद्यालयहरुमा खेलकुद प्रशिक्षण, हरेक वर्ष खेलाडी सम्मान कार्यक्रम, अन्तर खेलकुद प्रतियोगिता र अन्तर विद्यालय खेलकुद प्रतियोगिता गर्दे आएका छौं । जनताको स्वास्थ्य सुधारको लागि नगरका २३ ठाउ“भन्दा बढी स्थानमा खुल्ला व्यायामशालाहरुको व्यवस्था गर्दै आएका छौं ।
आवास योजना ः
भक्तपुर नगरपालिकाले आफ्नै लागत सहभागितामा विभिन्न आवास योजनाहरु संचालन गर्दै आएको छ । कानूनले दिएको अधिकार भित्र रही भनपाले वडा नं ८ मा ६७८ रोपनी लिवालिवी जग्गा एकीकरण योजना र ५३६ रोपनीको तुमचो दुगुरे आवास योजना सम्पन्न गरिसकेको छ भने हाल १६५४ रोपनी जगामा देको मिवा इटापाके आवास योजना संचालनको अन्तिम चरणमा छ । केही समय पछि नै अन्तिम चरणको ज.ध. पूूर्जा वितरण कार्य शुरु गरिने छ । नगरभित्र निजी प्लटिङ गर्नेहरुलाई स्वीकृति दिने गरेको छैन ।
पर्यटनः
भक्तपुर नगरपालिकाको महत्वपूर्ण आयको श्रोतको रुपमा रहेको पर्यटन क्षेत्र कोरोना महमारीको कारण नराम्ररी प्रभावित भयो । कारोना अघि झण्डै ३ लाख पर्यटकहरुले भ्रमण गर्ने गर्थे । कोरोनाको समयमा करिब सून्य अवस्थामा पुग्यो । अहिले विस्तारै पर्यटकहरु आउने क्रम जारी छ । चालू आ.ब.२०७ं९।८० को विगत ४ महिनामा २२,२१५ जना पर्यटकहरुले भक्तपुर भ्रमण गरेको रेकर्ड छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाले संविधानले निर्दिष्ट गरेबमोजिम जनतालाई केन्द्रमा राखी समाजवादउन्मुख काम गर्दै आएको छ । यसबारे स्पष्ट पार्ने मौका दिनु भएकोमा पुनः एक पटक आयोजकलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।
(नेपाल सरकार सहरी विकास मन्त्रालयको आयोजनामा मिति २०७९ मंसिर १२ गते विश्व सहर दिवस २०७९ र विश्व सहरी योजना दिवस २०७९ को संयुक्त दिवसमा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सोमबार सहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा भएको कार्यशाला गोष्ठी कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.