Explore news and happenings at Bhaktapur

‘जनप्रतिनिधिहरुको भ्रमणहरुको आदानप्रदानले दुई देशको मित्रतालाई अगाडि बढाउनेछ’

सुनिल प्रजापति, प्रमुख भक्तपुर नपा

0
मित्र देश पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीज्यू लगायत प्रतिनिधि मण्डलका सम्पूर्ण सदस्यहरुलाई साँस्कृतिक नगर भक्तपुरमा हार्दिक स्वागत गर्दछौं । पाकिस्तानका स्थानीय सरकार प्रमुखलगायतको प्रतिनिधि मण्डललाई स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ । जनप्रतिनिधिहरुको भ्रमणहरुको आदानप्रदानले दुई देशको मित्रतालाई अगाडि बढाउने विश्वास गर्दछौं ।
नेपाल र पाकिस्तान दक्षिण एशियाली विकासोन्मुख मुलुकहरु हुन् । नेपाली जनता र पाकिस्तानी जनताले धेरै विषयहरुमा समान समस्याहरु भोग्दैछन् । यो वर्षको बाढीको कारण पाकिस्तानमा धेरै जनधनको क्षति भएको दुःखद् समाचार सुन्यौं । विशेष गरी सिन्धु प्रान्तलगायतका क्षेत्रमा भएको क्षतिको घटनाप्रति हामी दुःख व्यक्त गर्छौ । अर्बौ डलरको क्षति हुने गरी भएको उक्त बाढी संसारमा आएको मौसम परिवर्तनकै कारण भएको वैज्ञानिकहरुको भनाइ छ । आजको यस कार्यक्रममार्पmत बाढी पीडित पाकिस्तानी जनताको सिघ्र पुनःस्थापनाको लागि पाकिस्तान सरकार र त्यहाँका स्थानीय सरकारहरुलाई सफलता मिलोस् भनी कामना गर्दछौं ।
२०६२।६३ को परिवर्तनपश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा रुपान्तरण भयो । नयाँ संविधान निर्माणसँगै नेपाल ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजित भयो । नयाँ संविधान अनुसार नेपालमा २०७४ सालमा पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा भक्तपुर नगरपालिकामा शत प्रतिशत जनप्रतिनिधिहरु नेपाल मजदुर किसान पार्टीले जित्यो । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिष्ट पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ कम्युनिष्ट नेता का. नारायणमान विजुक्छें(रोहित)ले गर्दै आउनु भएको छ । २०७९ साल बैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा नेमकिपाका सबै उम्मेदवारहरुले जित हासिल गर्नुभयो । मेयर, उपमेयरलगायत ४५ जना नगरसभाका सबै सदस्यहरु नेमकिपाकै हुनुहुन्छ । हामी अधिकांश जनप्रतिनिधिहरु दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छौं । भक्तपुर नगरपालिकामा विपक्षी राजनैतिक पार्टीहरूको उपस्थिति शून्य छ ।
ड्ड भक्तपुर नगर १० वटा वडामा विभाजित छ । २०७८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या करिब ७९,००० छ र यो किसानहरुको वाहुल्यता भएको नगर हो । प्रत्येक वडामा १ जना वडाध्यक्ष र अरु ४ जना वडा सदस्यको निर्वाचित हुने कानूनी व्यवस्था छ । स्थानीय तहमा प्रमुख÷उपप्रमुखमध्ये ५० प्रतिशत र अन्य सदस्यहरुमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ ।
ड्ड नगरपालिकाको सबैभन्दा उच्च तह नगरसभा हो । नगरसभालाई संविधान र कानूनले निर्दिेष्ट गरेका विषयहरुमा कानून निर्माण गर्ने अधिकार छ । स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्राप्त छ । संविधान र कानूनले प्रदान गरेको त्यही अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलगायत अन्य विकास निर्माणका कामहरु गरी जनताको सेवा गरिरहेको छ ।
ड्ड भक्तपुर नगरपालिका निजी क्षेत्रलाई प्राथमिकतामा राख्दैन । उत्पादनका साधनहरु सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने मान्यता अनुसार हामी जनप्रतिनिधिहरुले काम गर्दैछौं ।
ड्ड यस नगरपालिकामा ९२ वटा विद्यालयहरु छन् । शैक्षिक सुधारको निम्ति भक्तपुर नगरपालिकाले शिक्षकहरुको लागि तालिम दिने, विद्यालयहरुको भौतिक सुधारको लागि आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाले शिशु स्याहार केन्द्रदेखि आफ्नै स्वामित्वमा ८ वटा कलेजहरु संचालन गर्दै सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ भने वडा वडामा स्वास्थ्य केन्द्रको स्थापना गरी घरदैलो नर्सिड्ड सेवा सञ्चालन गर्दै आएको छ । नगरपालिकाको १०० शैय्याको ख्वप अस्पताल संचालनमा छ । त्यहाँ न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भनपाले राम्रो सेवा गर्दै आइरहेको छ ।
ड्ड विकास निर्माण र सम्पदा संरक्षणको काम नगरपालिकाले स्थानीय जनता परिचालन गरी गर्दै आएको छ । स्थानीय जनतालाई रोजगारीको सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणको कारण भनपाले स्थानीय जनताको परिचालन गरी विकास निर्माणको काम गर्दै आएको हो । ठेकेदारहरुले सम्पदाको साँस्कृतिक महत्व नबुभ्mने र नाफाकै निम्ति काम गर्ने हुँदा सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भनपाले स्थानीय जनसहभागितालाई नै जोड दिंदै आएको हो ।
ड्ड यहाँका जनतालाई पाकिस्तानको राजनीति, भूगोल र इतिहासबारे कम मात्रै जानकारी छ । भनपाका साथीहरुलाई त्यहाँको वर्तमान राजनीति, आर्थिक र साँस्कृतिक अवस्थाबारे संक्षिप्तमा जानकारी दिनु भए आभारी हुनेछौं ।
यहाँहरुको भक्तपुर भ्रमणको आजको दिन सुखद रहोस् । पुनः एक पटक स्वागत गर्दछौं । धन्यवाद ।
(मिति २०७९ कार्तिक १ गते, मंगलबार भक्तपुर नगरपालिकाको सेवा प्रवाह एवम् असल अभ्यासहरुको अध्ययन गर्न भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीलगायतको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.