Explore news and happenings at Bhaktapur

भक्तपुर नगरको विकासमा साँस्कृतिक गुरुहरुको योगदान अतुलनीय

नगर प्रमुख सुनिल प्रजापति

0
‘पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ मूल नारालाई सार्थक पार्न भक्तपुर नगरपालिका निरन्तर अगाडि बढ्दैछ ।
पर्यटकीय गन्तव्यस्थल र साँस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुरलाई कतिपय विद्वानहरुले जीवित संग्रहालयको रुपमा परिभाषित गर्नुभएको छ । हाम्रा पूर्खाहरुले सयौं वर्ष पहिले निर्माण गरी छाडेर जानुभएका कला—संस्कृति र सम्पदाहरुलाई हामी व्यवस्थित रुपमा संरक्षण र संवर्द्धन गर्दैछौं ।
प्राकृतिक रुपमा आइपर्ने विपत्तिहरुको कारण भक्तपुरको विकासमा पटक पटक बाधा र व्यवधानहरु खडा भए । २०७२ सालको भूकम्पले भक्तपुर नगरका १२५ भन्दा बढी सम्पदाहरुमा आंशिक र पूर्ण क्षति भयो । विदेशी सहयोग विना हामीले पुनःनिर्माण र जीर्णोद्धारको कोशिस ग¥यौं । जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भए । मौलिक प्रविधि, श्रोत र साधनको अधिकत्तम प्रयोग गरी कला–संस्कृति संरक्षणमा निरन्तर साथ दिने भक्तपुरवासी जनता धन्यवादका पात्र हुनुहुन्छ ।
सरसफाइ, कला संस्कृतिको संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता पूर्तिको काममा भक्तपुर नगरपालिका जिम्मेवारीपूर्वक लाग्दैछ । पारदर्शी र आर्थिक अनुशासनलाई ध्यानमा राख्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दैछौं ।
भक्तपुरलाई आजको स्थितिमा पु¥याउन साँस्कृतिक गुरुहरुको पनि उत्तिकै योगदान छ । उहाँहरुले निःस्वार्थ रुपमा संस्कृति संरक्षण गर्न अमूल्य योगदान गर्नुभएको छ । उहाँहरु साँचो अर्थमा विश्वविद्यालयका औपचारिक प्रमाणपत्र विनाका सांस्कृतिक प्राध्यापक सरह हुनुहुन्छ । उहाँहरुको सम्मान गर्न पाउनु हामी सबैको लागि खुशी र गर्वको कुरा हो । यस्ता कार्यक्रमहरु हामी निरन्तर गरिरहने छौं ।
समयसँगै नयाँ पुस्ता आधुनिकतातर्पm बढी आकर्षित हुँदैछ । आप्mनो मौलिक भाषा, सँस्कृतिबारे नयाँ पुस्तामा चासो कम हुँदै गएको छ । दैनिक जीवन र व्यवहारमा हामीले प्रयोग गरेनौं भने हाम्रा भाषा र संस्कृति बिस्तारै लोप भएर जानेछ । भाषा र संस्कृति समाप्त हुनु भनेको पहिचान गुम्नु हो र इतिहास समाप्त हुनु हो । भनपाले स्थानीय पाठ्यक्रममार्पmत नयाँ पुस्तालाई मौलिक भाषा, संस्कृति र सम्पदा संरक्षणको महŒवबारे प्रशिक्षित गर्दै आएको छ ।
स–साना भाइबहिनीहरुबीच योमरी बनाउने प्रतियोगिता, जुजुधौ बनाउने प्रतियोगिता र विभिन्न साँस्कृतिक बाजागाजा प्रतियोगिता, परम्परागत खेलकुद प्रतियोगिताहरू सुरु हुनु स्थानीय पाठ्यक्रमकै परिणाम हो । यसलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने कोशिस गर्दैछौं ।
भूकम्पबाट क्षतिग्रस्त केही सम्पदा पुनःनिर्माण र विकास निर्माणका कार्यहरु हामीले चाहेर पनि विभिन्न प्राविधिक कारणले अगाडि बढाउन सकेनौं । दरबार क्षेत्रस्थित कला संग्रहालय रहेको भवन पुनःनिर्माणबारे भक्तपुर नगरपालिका, पुरातत्व विभाग र संस्कृति मन्त्रालयबीच मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने भनी निर्णय भयो । तर, युनेस्कोले अनुमति नदिएको कारण त्यो कार्य अगाडि बढ्न सकेन । अरनिको सभाभवन, ख्वप विश्वविद्यालयजस्ता महŒवपूर्ण विषयहरु संघ र प्रदेश सरकारको सहयोग नभएकै कारण हामीले अहिलेसम्म पूरा गर्न सकेनौं । संविधान र कानूनले स्थानीय तहलाई दिएको अधिकारको अधिकत्तम सदुपयोग गरी हामी जनताको सेवामा समर्पित भएर लाग्दैछौं ।
देशका विभिन्न क्षेत्रका सम्पदाहरु पुनःनिर्माणमा पनि भक्तपुरकै कालिगढहरुको खोजी हुने क्रम शुरु भएको छ । हाम्रा अग्रजहरुले शुरु गर्नुभएको कार्यलाई निरन्तरता दिंदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिमहरु पनि दिंदैछौं । हाम्रा सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि हामीलाई प्राप्त भएको छ ।
भक्तपुरमा देशका विभिन्न नगरका प्रमुख, उपप्रमुखहरुलगायत धेरै जनप्रतिनिधिहरू भ्रमणको लागि आउनुहुन्छ । यहाँका जनताको कामको मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । अहिले भक्तपुरका जनता गौरवशाली नगरको नागरिक बन्न पाएका छन् । भक्तपुरलाई यो स्थितिसम्म ल्याइ पु¥याउन अग्रज जनप्रतिनिधिहरू र थुप्रै महत्वपूर्ण व्यक्तित्वहरुको योगदान छ । उहाँहरूको योगदानको उच्च सम्मान गर्दै भक्तपुरलाई देशको नमुना नगरको रुपमा अगाडि बढाउन हामी निरन्तर लागिरहनेछौं ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टीद्वारा निर्वाचनको बेला जारी गरिएको घोषणापत्रको आधारमा हामीले काम गर्दैछौं । हामी शिक्षा, स्वास्थ्य, कला—संस्कृति र सम्पदा संरक्षणको माध्यमबाट कामदार वर्गको उत्थानको निम्ति निरन्तर काम गर्दैछौं र गरिरहनेछौं ।
यहाँहरुको योगदान अझै आवश्यक छ । निरन्तर देश र जनताको सेवामा काम गर्ने भावना कायम राख्दै सबै मिलेर अगाडि बढौं ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा विश्व पर्यटन दिवसको अवसरमा मिति २०७९ असोज ११ गते, मंगलबार आयोजित गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, परम्परागत तथा आधुनिक साँस्कृतिक विधाका विजयी साँस्कृतिक समूह र कलाकारहरुलाई पुरस्कार वितरण एवं साँस्कृतिक गुरुहरुको सम्मान कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य)

Leave A Reply

Your email address will not be published.