Explore news and happenings at Bhaktapur

नेक्रायुसंघ र नेक्राविसंघको संयुक्त पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर, असोज ८ ।

0
नेपाल क्रान्तिकारी युवा संघ र विद्यार्थी संघको संयुक्त आयोजनामा पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो व्याख्या गर्न नसक्ने अवस्थामा कार्टुनले क्षणभरमै बुझ्न सक्ने शक्ति दिएको बताउँदै विद्यार्थीको कार्टुनले जनता र समाजका पक्षमा व्यंग्यको माध्यमबाट देखाएको बताउनुभयो ।
धेरैले सम्मान गर्ने र नगर्ने आफ्नो मेहनतमा रहेको बताउँदै उहाँले हाल व्यंग्यले नेताहरूलाई पुष्पगुच्छा सरह भएकोले तिनीहरूलाई खवरदारी नियमितरूपमा गर्नुपर्ने बताउनुभयो ।
प्रजापतिले नेपालमा चाडपर्व र अन्य विदामा नेपालीले काम नगर्ने भएकोले भारतीय कामदार जहिल्यै काम गर्दा तिनीहरूलाई फिल्मी टिकट सरह नागरिकता दिन र नेपाललाई भारतमा विलय गराउन गठबन्धनले चलखेल गरिरहेको बताउँदै शासकहरूको असफलतमा विदेशी सहयोग वा ऋण रेमिट्यान्सले देश चल्दा शासकहरू गर्व गरिरहेको बताउनुभयो।
नेमकिपाका नगर समितिका अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण बहादुर दुवालले देशको विकासका लागि राजनीतिले योगदान पुर्याउने बताउँदै भ्रष्टाचार पक्षपात रहित भक्तपुर नगरमा
शिक्षा संस्कृति संस्कारहरूमा उपयुुक्तता हेरेर विभिन्न पुर्वाधार भन्नुभयो ।
उहाँले विभिन्न पूर्वाधारसहित आवास योजना सरकारले ठाउँ ठाउँमा बनाएको भए सन्तुलित विकास हुने बताउँदै राजनीति प्रति चासो लिन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
भक्तपुर जिल्ला नगर संघका अध्यक्ष मिन बहादुर बाटाले भाइबहिनीको प्रस्तुत व्यंग्यले इतिहास भूगोल तथा राजनीतिको बुझाईमा पोख्त रहेको बताउँदै निजी विद्यालय सर्वसाधारण जनताको पहुँच सहज नभएकोले सुविधा भोगको लागि सदरमुकाम नजिकै बसाइँ सर्दा उत्पादन योग्य जमिन बाँझोले विदेशबाट विभिन्न खाद्यान्न आयात गर्नुपरेको यथार्थ प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रममा अतिथि सुनिल प्रजापतिले प्रथम, द्वितीय, तृतीय, सान्त्वना तथा विशेष स्थान हासिल गरेका क्रमशः लिशा ईङ्गलिस सेकेण्डरी स्कूलकी तेजश्वी मानन्धर, प्रभात ईङ्गलिस सेकेण्डरी स्कूलको प्रिन्स सितिखू, एभरेस्ट ईङ्गलिस स्कूलकी कृति याकामी, तारा माविका पंकज कुमार ठाकुर र प्रभात ईङ्गलिस सेकेण्डरी स्कुलकी रोनिशा बुढाथोकी तथा प्रभात ईङ्गलिस सेकेण्डरी स्कूलकी जेनिस्था ध्वजू र एभरेस्ट ईङ्गलिस स्कूलकी पूर्णिमा अधिकारीलाई पुरस्कार वितरण गरेका थिए।
जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युवा संघ नगर समितिका सचिव रामेश्वर मचामसी, सदस्य मुना बासुकला लगायत नेक्राविसंघका प्रतिनिधि प्रिया भट्टले समेत बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.