Explore news and happenings at Bhaktapur

हाडा बिजुक्छेँ दिगु द्यः जीर्णोद्धार समितिको स्मारिका बिमोचन समारोह

२०७९ असोज ६ गते, बिहीबार

0
 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान् बिजुक्छे“ (रोहित) को प्रमुख आतिथ्यतामा हाडा बिजुक्छें दिगुःद्य जिणोद्वार समितिको प्रकाशन “स्मारिका—२०७९” को लोकार्पण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नारायणमान बिजुक्छे“ले भक्तपुरको सम्पदा पुन:निर्माणको निम्ति जर्मन सरकारले रकम उपलब्ध गराउन चाहे पनि उक्त सहयोग रकम लि“दा जर्मन सरकारको अनावश्यक सर्त मान्नुपर्ने र सर्त मान्दा आफ्नो स्वाभिमान गुम्ने भएकोले भक्तपुर नपाले अस्वीकार गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको निम्ति भारतीय राजदूतले सहयोग गर्ने वचन दिए पनि भर नपरी आफैले पुनःनिर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हाम्रो सम्पदा हामीले आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ । अर्काको आस गर्नु भनेको भोकै बस्नुजस्तै हो ।”
अध्यक्ष बिजुक्छे“ले ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व राख्ने पुराना घर र कला संस्कृतिलाई जोगाउन भक्तपुरका जनता एकजुट भएर लाग्नु जरूरी रहेको बताउनुभयो ।
उहा“ले निजी शैक्षिक संस्था तथा निजी मेडिकल कलेजहरूको दबाबमा सरकारले ख्वप विश्वविद्यालयको विधेयक अगाडि नबढाएको उल्लेख गर्दै शासक दलहरू भनपालाई ख्वप विश्वविद्यालय स्वीकृृति दिएमा जिल्ला–जिल्लामा नेमकिपाको संगठन विस्तार हुने रआफूहरूलाई अप्ठ्यारोमा पर्ने दुष्ट मानसिकताले ग्रस्त रहेको बताउनुभयो ।
उहा“ले केही व्यक्तिहरूले ख्वप विश्वविद्यालय नदिने सरकारविरूद्ध सडक जाम गरेर, टायर बालेर आन्दोलन गर्नुपर्ने सुझाए पनि हामीले नै ल्याएको प्रजातन्त्रविरूद्ध ढुङ्गा हान्नु, टायर बाल्नु नैतिकरूपले गलत हुुने उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको समयमा भक्तपुर नपाको आग्रहलाई स्वीकार गरी हाडा बिजुक्छे“ समाजले अक्सिजन प्लान्ट स्थापनाको निम्ति रू. १ लाख सहयोग गरेको स्मरण गर्दै ऐतिहासिक तथा पुराताŒिवक सम्पदा संरक्षणको कार्य भनपाले जनतास“गै मिलेर गरिरहेको बताउनुभयो ।
भक्तपुरका १२४ वटा सम्पदा कसैस“ग सहयोग नलिई भक्तपुरका जनताको सहयोगले पुनःनिर्माण सम्पन्न गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पारदर्शिता र इमान्दारितालाई ध्यान दिइरहेको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “संस्कृति र सम्पदा संरक्षणको ठेक्का लिनेहरूले केही गरेनन् । पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकाको निम्ति रू. ५ करोड छुट्याएको भनेपनि सो रकमको ५० प्रतिशत ठेक्कामा र ५० प्रतिशत अमानतमा दिनुपर्ने सर्त राखेर सम्पदा संरक्षणमा बेइमानी ग¥यो ।”
उहा“ले सिद्धपोखरीको फल्चा पुनःनिर्माणमा लागत इष्टिमेट ७३ लाख भएकोमा ३७ लाख, सुधारिएको शवदाह गृह निर्माणमा ५६ लाखको लागत इष्टिमेट भएपनि जम्मा २८ लाखमा सम्पन्न भएको दृष्टान्त प्रस्तुत गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेमकिपाको उद्देश्यअनुरूप भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन आफूहरू लागिपरेको बताउ“दै जनताको साथ–समर्थनमा जस्तै गा¥हो काम पनि गर्न सम्भव हुने उल्लेख गर्नुभयो ।
हाडा बिजुक्छे“ समाजका नरेन्द्रभक्त हाडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लेखक तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो भने उद्घोषण कलामा प्रथम हुनु भएकी रोशनी हाडालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सुदिप हाडा, सुरेन्द्र हाडा, न्हुजमान बिजुक्छे“, आयुशराज बिजुक्छे“, कृषा हाडा, प्रजन हाडा, राजेन्द्रप्रसाद हाडालगायतले बोल्नुभएको थियो भने मनोजकुमार हाडाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । औपचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो  ।

 

Leave A Reply

Your email address will not be published.