Explore news and happenings at Bhaktapur

काउखाली, आयोजना कार्यान्वयन निर्देशनालयको आयोजनामा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न

भक्तपुर, २०७९ असोज ६ गते बिहिबार ।

0

दोस्रो काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत आयोजना स्थलको साँस्कृतिक सम्पदाको स्क्रिनिड्ड र सो को स्थलगत सूची तयारी सम्बन्धी सूचना संकलन गर्न स्थानीय जनप्रतिनिधि, जनसमुदाय तथा सरोकारवालाहरुसँगको छलफल कार्यक्रम विहिबार भक्तपुर नगरपालिकाको सभाहलमा सम्पन्न भयो ।

छलफल कार्यक्रम जनप्रतिनिधिहरुले भक्तपुर नगरका साँस्कृतिक सम्पदा क्षेत्रभित्रका वस्तीहरुमा केहि घरधुरीहरु रहेकाले ती वस्तीमा पानीको आपूर्ति गर्ने व्यवस्था गरिनुपर्ने, आयोजना निर्माण तथा सञ्चालन गर्दा सम्पदा क्षेत्रमा सकेसम्म नकरात्मक असर नपर्ने गरी कार्यान्वयन गरिनुपर्ने, आयोजना निर्माण गर्दा नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमसँग आवश्यक समन्वय गरिएमा प्रदुषण कम हुने तथा खर्चको समेत बचत हुने, निर्माण चरणमा उत्खनन गरिएका स्थललाई निर्माण समापन पश्चात पूर्व अवस्थामा पुनःस्थापना गरिनुपर्ने, गाइजात्रा, बिस्केटजात्रा, दशैं, इन्द्रजात्रा लगायतका मुख्य पर्वहरुमा निर्माण कार्य गर्न नहुने, निर्माण कार्य गर्दा सम्भव भएसम्म ठूला पाइपलाइन प्रयोग गर्दा माग बढ्न जाँदा दोहो¥याएर पाइपलाई विछ्याउनु नपर्ने तथा वातावरणमा कम असर गर्ने, निर्माण कार्य गर्दा वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने, निर्माण कार्य गर्दा स्थानीय निकाय तथा भनपाको सम्पदा शाखासँग आवश्यक समन्वय गरिनुपर्ने, निर्माण सामग्री भण्डारण तथा व्यवस्थापन उपयुक्त स्थानमा गरिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोरा, भनपा–४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपा–६ का वडाध्यक्ष हरिराम सुवाल, भनपा–७ का वडाध्यक्ष उकेश कवां, भनपा–८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, कार्यपालिका सदस्यहरु, भनपाको सम्बन्धित शाखाका शाखा प्रमुखहरु, ख्वप ईन्जिनियरिड्ड कलेजका प्रचार्य सुनिल दुवाल र इन्जिनियरहरु लगायत पि.आई.डी. का कन्सल्ट्यान्टहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.