Explore news and happenings at Bhaktapur

इन्दिरा धिमे मैचा चलचित्रको शुभमुहूर्त

२०७९ असोज ३ गते, सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपालकै पहिलो महिला धिमे बाजावादक भक्तपुरकी इन्दिरा लाछिमस्यूको जीवनमा आधारित बायोपिक इन्दिरा धिमे मैचा चलचित्रको शुभमुहूर्त कार्यक्रम शनिबार सम्पन्न भयो ।
बिके फिल्मस् को ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको निर्देशन रहने छ भने प्रस्तुतकर्ता गोपाल काजी कायस्थ निर्माता सुरेन्द्र शाक्य हुन् । निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने जनाएको छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ । नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ आगामी असोज १० गते बाट छायांकन शुरु गर्ने निर्माण टीमले जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.