Explore news and happenings at Bhaktapur

संविधान दिवसको अवसरमा ख्वप कलेज, ख्वप मावि, शारदा क्याम्पस माविको आयोजनामा भएको प्रवचन कार्यक्रम

(२०७९ असोज ३ गते, सोमबार)

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज र शारदा क्याम्पसको आयोजनामा संविधान दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पु“जीवादी व्यवस्थाभित्रको संविधान, ऐन, नियम, निर्देशिका, परिपत्रलाई अहिलेसम्मको नया“ माक्र्सवादी दर्शनको कसीमा व्याख्या र विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संविधानमा भएको समाजवादउन्मुख व्यवस्थाको अर्थ राज्यको स्वामित्वमा उत्पादन र वितरण हुनुपर्ने धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “सार्वजनिक ऋण र युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएर देश आत्मनिर्भर र स्वाभिमान हुनेछैन ।”
संविधान निर्माणको बेला नेमकिपाले संविधानको प्रस्तावनासहित ७१ वटा धारामा संशोधन प्रस्ताव पेश गरेको तर त्यसलाई शासक दलहरूले अस्वीकार गरेको हु“दा देश र जनताले दुःख पाएको सचिव सुवालले बताउनुभयो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने शासक दलहरूको उम्मेदवारी खारेज गरिनुपर्ने उल्लेख गर्दै उहा“ले सरकारमा गएर निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने शासक दलहरू र तिनका उम्मेदवारहरूलाई पछिल्ला चुनावमा उम्मेदवारी बन्न नपाउने कानुनी प्रावधान बनाउनुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने र ठूलठूला भ्रष्टाचारीहरूलाई संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको व्यवस्था गर्नुपर्छ ।” प्रतिनिधिसभा समानुपातिक ३ प्रतिशत र प्रदेशसभाको निर्वाचनमा १ दशमलव ५ प्रतिशत मत सीमाको कानुनी व्यवस्था प्रजातन्त्रविपरीत भएको हुँदा खारेज गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
निर्वाचन घोषणा भइसकेकोले निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिहरूको निर्वाचन सरकार गठन गरेमा निर्वाचनमा धा“धली कम हुने सचिव सुवालले बताउनुभयो ।
हाल संसद्बाट पारित नागरिकता विधेयक देशघाती रहेको स्पष्ट गर्देै उहाँले भन्नुभयो, “जन्मको आधारमा विदेशीले समेत नेपाली नागरिकता पाएको र त्यसलाई खारेज नगरी तिनका सन्तानहरूलाई वंशजको नागरिकता दिएर देशको हित हुनेछैन । नागरिकता विधेयकले नेपाललाई सिक्किम र फिजीको स्थितिमा पु¥याउने खतरा छ । संसदीय सर्वोच्चता हुनुपर्नेमा सर्वाेच्च अदालतको सर्वोच्चता हुँदा अहिलेको सड्ढट देखिएको हो ।”
भारतमा कामदार जनताको हित गर्ने सरकार नबनेसम्म नेपालप्रतिको भारतीय सरकारको दृष्टिकोण परिवर्तन नहुने र नेपाली जनता सुखी नहुने सचिव सुवालले उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले संविधान समाजवादउन्मुख भनिए तापनि समाजवादको मर्म र भावनाअनुसार नीति तथा कार्यक्रमहरू लागु नगर्नु खेदजनक छ भन्नुभयो ।
उहाँले भनपाले शिक्षा–स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइमा विशेष जोड दिँदै कार्य गरिरहेको बताउनुभयो ।
भनपाद्वारा सञ्चालित हुने ख्वप कलेज अफ ल मा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीएएलएलबी कक्षा सञ्चालनको अनुमति पाएको जानकारी दिँदै प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अभियानमा उक्त सम्बन्धनले थप टेवा पु¥याउने बताउनुभयो ।
गठबन्धनको सिद्धान्त प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “बहुदलीय व्यवस्थाको नाममा देशमा दुईदलीय तानाशाही हाबी हुने खतरा बढ्दो छ ।”
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को नेपाल–भारत सन्धिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेपाल–भारतबीचको खुला सिमाना र निर्बाध आवतजावतको कारण नेपालको अर्थतन्त्र आत्मनिर्भर र सुरक्षा प्रबन्धको समस्या आइरहेको उहाँले बताउनुभयो ।
कानुन विषयका शिक्षक राजु कैतीले ‘शक्ति पृथकीकरणको सिद्धान्त : उपलब्धि र चुनौती’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी र बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.