Explore news and happenings at Bhaktapur

सिद्धपोखरीस्थित गुह्यश्वरी पाटी उद्घाटन

भक्तपुर, ३ असोज २०७९

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. १ स्थित सिद्धपोखरी उत्तरतर्पmको गुह्यश्वरी पाटी पुनःनिर्माण पछि आज एक समारोहबीच उद्घाटन भयो ।
कार्यक्रममा प्र्रमुख प्रजापतिले भक्तपुर नगरभित्रका मठ, मन्दिर, विहार, पोखरी, पाटी पौवा लगायतका सम्पदाहरुलाई मौलिक स्वरुपमा संरक्षण गर्दा भविष्यमा यसको महत्व अतुलनीय हुने बताउनुहुँदै नगरका हरेक सम्पदा हाम्रो साझा सम्पत्ति भएको हुँदा यसको संरक्षण पनि हामी सबैको साझा जिम्मेवारी हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थल र ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य सहित अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै मूर्त अमूर्त सम्पदाहरुलाई जस्ताको तस्तै जोगाउन सकेमा असंख्य सम्पदाका विषयमा अध्ययन गर्न सकिने तथा भक्तपुर नगर आपैmमा खुल्ला विश्वविद्यालयको रुपमा परिचित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले नगरका प्रत्येक वडालाई एक–एक वटा विशेषता सहितको वडामा विकासित गर्दै भक्तपुरलाई देश विदेशमा विश्वकै उत्कृष्ट नगरको रुपमा परिचित गराउने नगरपालिकाको दीर्घकालीन सोच रहेको कुरा बताउनुभयो ।
कार्यक्रममा भनपा १ वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाभित्र अवस्थित ४ वटा ऐतिहासिक पोखरीहरुमा रानीपोखरी र सिद्धपोखरीको पुनःनिर्माण सम्पन्न भैसकेको, भाजुपोखरीको पुनःनिर्माण छिट्टै सम्पन्न हुने अवस्थामा रहेको र नःपुखुलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन भैसकेको बताउनुहुँदै ती पोखरीहरुको संरक्षणले पर्यावरण लगायत आन्तरिक र वाह्य पर्यटकहरुको वृद्धि भई यसबाट वडावासीहरुको समग्र आर्थिक विकास पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर अस्पताल, मानव अड्ड प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालमा आउने विरामीहरुको लागि पार्किड्ड व्यवस्थापन गर्न सिद्धपोखरीको अगाडि व्यवस्थित पार्किड्ड स्थल निर्माणको पहल भइरहेको तथा दमकल पछाडि निर्माण सम्पन्न भइसकेको तथा शिशु स्याहार केन्द्रको उद्घाटनको तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरका नेवारहरुमा धार्मिक सहिष्णुता रहेको ज्वलन्त उदाहरण “हे बज्र नैरात्मा” र “गुहेश्वरी” हो भन्नुहुँदै भक्तपुरलाई हिन्दुहरुको मात्र नभई बौद्धधर्माबलम्बीहरुको आँखाबाट हेरिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भक्तपुरमा पाईला पाईलामा सम्पदा रहेको र ती सम्पदाहरुको संरक्षणले पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउनुका साथसाथै अनुसन्धान गर्ने विद्यार्थीहरुका लागि भक्तपुर खुल्ला विश्वविद्यालयको रुपमा रहने विचार व्यक्त गर्नुभयो ।
डा. श्रेष्ठले सिद्धपोखरीको संक्षिप्त इतिहास कोटल्नुहुँदै सिद्धपोखरीलाई पछि तःपुखु तथा इन्द्रदह नामाकारण गरिएको र यो पोखरी ने.सं. २३९ मा युवराज इन्द्रदेवले बनाउन लगाएको भन्ने तथ्य शिलालेखबाट पाइएको छ भने ५ औं शताब्दीको ध्यानी बुद्ध र नेपालकै प्राचीन एवं दुर्लभ बराह मूर्ति सिद्धपोखरी क्षेत्रमा रहेको हुँदा यस क्षेत्रको संरक्षणले सिद्धपोखरीको गरिमा अझ बढाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गुह्यश्वरी पाटी निर्माण उपभोक्ता समितिका सल्लाहकार एवं समाजसेवी लक्ष्मीनारायण राजलवटले सिद्धपोखरी संरक्षणका लागि तत्कालीन नगर पञ्चायतदेखि हाल भक्तपुर नगरपालिकाले निरन्तर रुपमा गरिरहेको प्रयासबारे बताउनुहुँदै पोखरी संरक्षणमा जनताको साथ र सहयोगको बारेमा चर्चा गर्नुभयो ।
गुह्यश्वरी पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष नरेश बज्राचार्यले पुनःनिर्माणमा सहयोग गर्नुहुने भक्तपुर नगरपालिका, संस्था एवं दातालाई धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा समितिका सचिव सुदर्शना शाक्यले पाटी निर्माणको आर्थिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णबहादुर दुगुजुले पाटी पुनःनिर्माणको महत्वबारे प्रकाश पार्न भएको थियो । कार्यक्रममा समितिका सदस्य देवचन्द्र बज्राचार्यले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा उपभोक्ता समितिको तर्पmबाट समितिका अध्यक्ष बज्राचार्यले प्रमुख अतिथि प्रजापतिलाई प्रसिद्ध ङातापोल्ह मन्दिरको कलात्मक मूर्ति मायाको चिनोको रुपमा प्रदान गर्नुभयो ।
कूल ७३ लाख ५७ हजार ५२ रुपैंया इष्टिमेट रहेको सो पाटीको पुनःनिर्माणको लागत ३७ लाख ८७४ रुपैंयामा सम्पन्न भएको थियो जसमा भक्तपुर नगरपालिकाबाट रु ३० लाखको बजेट विनियोजन भएको थियो भने चन्दादाताहरुबाट ७ लाख ८७४ रुपैंया संकलन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.