Explore news and happenings at Bhaktapur

काठमाण्डौ उपत्यकालाई सा“स्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने

सुनिल प्रजापति, प्रमुख—भक्तपुर नगरपालिका

0
नेपालको अर्थतन्त्रको एउटा महŒवपूर्ण आधार भएर पनि सरकारले उचित ध्यान दिन नसकेको बिषय हो, पर्यटन । नेपाल पर्यटन विकासको अत्यन्त सम्भावना भएको देश हो । विश्वको शिखर सगरमाथा, बुद्धको जन्मभूमि लुम्बिनी, उत्कृष्ट पदयात्रा र सफारीका थुप्रै विकल्प भएको देश हो नेपाल । विश्वमै विरलैमात्र पाइने हिमाल, पहाड र तराईको प्राकृतिक, जैविक र सांस्कृतिक विविधता नेपालमा उपलब्ध छन् । उपत्यका स्थित विश्व सम्पदामा सूचिकृत काठमाडा“ै, भक्तपुर र ललितपुरको दरबार क्षेत्र, चा“गुनारायण, स्वयम्भूजस्ता सम्पदाहरु हाम्रा सा“स्कृतिक धरोहरहरु हुन् । जनकपुर र चितवनलगायत जिल्ला जिल्लामा रहेका सा“स्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु हुन् । त्यसको अलावा थुप्रै मूर्त र अमूर्त सम्पदाहरुले स्वदेशी र विदेशी पर्यटकहरुलाई वर्षैभरि आकर्षित गरिरहेका हुन्छन् । यति हु“दाहु“दै पनि पर्यटनका हिसाबले नेपाल विश्वको ११० औं स्थानमा रहेको देखाइएको छ ।
विश्व पर्यटनको गन्तव्य बन्नुपर्ने नेपाल सन् २०२२ को बितेको ७ महिनामा २ लाख ८२ हजार पर्यटक भित्रिएकोमा खुशी हुनुपर्ने अवस्था छ । किनभने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण सन् २०२१ को वर्षमा जम्मा ६० हजारमात्रै पर्यटकहरु नेपाल भित्रिएको तथ्यांक छ । सन् २०१९ मा नेपालमा १२ लाख पर्यटकहरु भित्रिएको र वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यले सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा समेत गरेको थियो । कोभिडका कारण स्थगित गर्नुपरेको दुखद घटना हामी सबैको मानसपटलमा ताजै छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त थुप्रै सम्पदाहरुको पुनःनिर्माणको काम अझै बा“की छन् । पुनःनिर्माण प्राधिकरणकाअनुसार २०७८ साल भदौेसम्ममा क्षतिग्रस्त सम्पदाहरुमध्ये ५३ प्रतिशत मात्र पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण र आंशिक गरी ९२० वटा सम्पदामा क्षति पुगेकोमा ४९५ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
पर्यटकहरुको आकर्षणको केन्द्र काठमाडौ“ उपत्यकामा क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माण अत्यन्त सुस्त गतिमा भइरहेको प्रति जनताको गुनासो छ । सरकारको उच्च ओहोदामा बस्ने पदाधिकारीहरुले देश र जनताप्रतिको जिम्मेवारीबोधले काम नगरेको आरोप पनि छ । आत्मनिर्भरतालाई कहिल्यै ध्यान नदिने, विदेशीले बनाइ दिएको सम्पदाप्रति गर्व गर्ने, विदेशीहरुले सहयोग नगरे वास्ता नगर्ने जस्ता पर निर्भर सोचकै कारण सम्पदा पुनःनिर्माण ढिलाइ भइरहेको भन्ने जनमानसमा व्यापक चर्चा छ । हाम्रा पूर्खाहरुले निर्माण गरेर गएका ती सम्पदाहरु जीर्णोद्धार र संरक्षणकै लागि पनि विदेशीहरुको मुख ताक्नुपर्ने अवस्था आउनु सा“चै बिडम्बनापूर्ण छ । सबै काम विदेशीले गरिदिने हो भने नेपाल सरकार,संस्कृति मन्त्रालय, स्थानीय तह र पुरातत्व विभागको औचित्यतामाथि नै प्रश्न उठ्छ ।
भक्तपुरको राष्ट्रिय कला संग्रहालय भएको भवन हालसम्म बन्न सकेको छैन । मल्लकालीन शैलीमा बनाउने संस्कृति मन्त्रालय, पुरातत्व विभाग र नगरपालिकाको संयुक्त बैठकले मिति २०७५ साउन ८ गते निर्णय ग¥यो तर युनेस्कोको ‘सहमति चाहिने’ भन्दै हालसम्म त्यसको पुनःनिर्माण कार्य अगाडि बढ्न सकेन । के हाम्रो सम्पदा मौलिक शैलीमा बनाउन पनि युनेस्कोको अनुमति चाहिन्छ ? विश्व सम्पदा सूचीमा सूचिकृत सबै सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धारको लागि युनेस्कोको स्वीकृति लिनुपर्ने हो भने कुनै पनि सम्पदा हाम्रो कार्यकालमा पुनःनिर्माण सम्पन्न त के सुरु पनि गर्न सक्ने छैनौ । यसतर्फ संस्कृति मन्त्रालयको ध्यान जानु आवश्यक छ ।
सम्पदा पुनःनिर्माणको काम स्थानीय जनतामार्फत गर्ने कानुनी बन्दोबस्त हुन आवश्यक छ । स्थानीय जनतामा सम्पदाप्रतिको अपनत्व हुनुको साथै उनीहरुले सम्पदाको ऐतिहासिक र सा“स्कृतिक महत्व बुझ्ने हु“दा त्यसको संरक्षणमा बिशेष ध्यान दिनेछन् । ठेकेदारहरुले सम्पदाको महŒवभन्दा नाफामा बढी ध्यान दिने हु“दा तिनीहरुबाट सम्पदाको मौलिकता बचाइ राख्न सम्भव हु“दैन ।
भारतले लामो समयदेखि गौतमबुद्ध भारतमा जन्मेको प्रचार गर्दै आयो तर नेपाल सरकारको तर्फबाट त्यसको औपचारिक खण्डन गर्ने वा विश्वसामु स्पष्ट पार्ने कामसमेत भएन । केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरे । बुद्धको जन्मबारे विश्वसामु स्पष्ट पार्ने नेपालको लागि त्यो राम्रो अवसर थियो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबाट जनताले त्यही आशा गरेका थिए । तर त्यसो हुन सकेन । केही वर्ष पहिले हाम्रा साथीहरु चीन भ्रमणको क्रममा त्यहा“को पुस्तकालयमा रहेको पुस्तकमा ‘बुद्ध भारतमा जन्मेको’ भनी उल्लेख गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको बैठकमा हाम्रा सा“सदहरुले बुद्धको जन्मबारे गलत प्रचार प्रसार बन्द गर्न भारत सरकार समक्ष कुटनीतिक पहल गर्नु पनें आवाज उठाउनु भयो । यो कुरा बुद्धको जन्मस“गमात्र सीमित छैन । यसलाई भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेपको रुपमा लिइनु पर्छ । भारत नेपाललाई उसको एउटा प्रान्तको रुपमा विश्वमा देखाउन चाहन्छ ।
पर्यटन उद्योगको विकासबारे हामीले क्युवाबाट सिक्नुपर्छ । क्युवा आजभन्दा ६ दशकभन्दा लामो समयदेखि अमेरिकी साम्राज्यवादले नाकाबन्दी गरेको देश हो । क्षेत्रफल र आकारमा नेपालभन्दा सानो भए पनि क्युवामा सन् २०१८ मा ४७ लाखभन्दा बढी पर्यटकहरुले भ्रमण गरे । स्वास्थ्य उपचारमा संसारमा उत्कृष्ट प्रमाणित क्युवामा अमेरिकी सरकारले प्रतिबन्ध लगाउ“दा लगाउ“दै पनि अमेरिकी जनता सस्तो र उत्कृष्ट स्वास्थ्य उपचार पाउन क्युवा भ्रमण गर्छन् । त्यहा“को अर्थतन्त्रको प्रमुख आधारमध्ये पर्यटन पनि एक हो । नेपालमा जस्तै त्यहा“ पनि विश्व सम्पदामा सूचिकृत ७ वटा सम्पदाहरु छन् ।
हाम्रा छिमेकी देशहरु चीन र भारत संसारमै सबभन्दा बढी जनसंख्या भएको पहिलो र दोस्रो देशहरु हुन् । सन् २०१८ मा १३ करोड ५० लाख चिनिया“ नागरिकहरुले विदेश भ्रमण गरे भने २ करोड ३० लाख भारतीय नागरिकहरुले विदेश भ्रमण गरेको समाचार सार्वजनिक भयो । त्यसमध्ये १ लाख चिनिया“हरु र १ लाख १८ हजार भारतीयहरुले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक छ । आखिर यस्तो किन हुन्छ ? पर्यटकहरुका लागि आवश्यक पूर्वाधारहरुको तयारी गरी छिमेकी देशका पर्यटकहरुलाई मात्रै आकर्षित गर्न सकेको खण्डमा पनि नेपालमा पर्यटन क्षेत्रको विकास सहज रुपमा गर्न सकिन्छ ।
नेपाल सरकारले काठमाण्डौं उपत्यकामा लाखौं रोपनी जग्गामा ठूल्ठूला आवास योजनाहरुको निर्माण कार्य अगाडि बढाएको छ । फोहरको समस्या, यातायात जाम, अपराधको संख्यामा बृद्धि, खानेपानीको हाहाकार र ढुलो धुवा“ले आक्रान्त उपत्यका मानव बस्न लायक शहर नहुनेतर्फ अग्रसर छ । यस्तो अबस्थामा उपत्यकामा पर्यटनको विकास कसरी सम्भव हुन्छ ? यसर्थ शहरको विकास उपत्यका बाहिर गर्नु पर्ने र काठमाण्डौं उपत्यकालाई सा“स्कृतिक केन्द्रको रुपमा विकास गर्नेतर्फ सरकारले ध्यान दिने आशा गछौं ।
पर्यटनमा भक्तपुर नगरपालिका ः
भक्तपुर क्षेत्रफलको आधारमा सानो भए पनि सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित स्रग्रहालयको नाउ“मा परिचित नगर हो । बेलायती लेखक इ.ए. पावेलले ‘भक्तपुरको भ्रमणले आधा विश्व भ्रमणको अनुभूति गराउने’ उल्लेख गर्नु भएको छ । मूर्त र अमूर्त सम्पदाहरुले भरिएको भक्तपुर वर्षैभरि विभिन्न चाडपर्व र जात्राहरुले रोमाञ्चित बनाइ रहेको हुन्छ ।
लिच्छविकालीन र मल्लकालीन थुप्रै सम्पदाहरुमध्ये कैयौं लोप भइसके भने कयौं लोपोन्मुख अवस्थामा छन् । कतिपय सम्पदाहरु सुरक्षित छन् । नगरपालिकाले लोपोन्मुख सम्पदाहरुलाई संरक्षण गर्दै लोप भइसकेको सम्पदाहरुको प्राप्त प्रमाणहरुको आधारमा उत्खनन् गरी सुरक्षित राख्ने काम गर्दैछ ।
२०७२ सालको विनासकारी भूकम्पबाट झण्डै १३० भन्दा बढी सम्पदामा क्षति पुगेकोमा जनप्रतिनिधिहरुको पहिलो कार्यकालमा १२४ वटा सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न भए भने दर्जनौ सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धारको क्रममा छन् । हालसम्म १२७ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएको जानकारी गराउन चाहन्छौ । भक्तपुर नपाले विदेशीको सहयोग विना जनताको सहयोगमै ती सम्पदाहरु जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरेको हो ।
आ.व. २०७६÷७७ को ९ महिनामा १ लाख ६१ हजार ४ सय ९५ पर्यटकहरुले भक्तपुर भ्रमण गरेका थिए । कोभिडको कारण लकडाउन भएपछि झण्डै २ वर्ष नगन्य मात्रामा पर्यटकहरुले भक्तपुर भ्रमण गरे । आ.व. २०७८÷७९ मा सार्क र गैरसार्क गरी कूल ५३,५६० जना विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गरेको तथ्यांक छ । तिनै पर्यटकहरुबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले सम्पदाहरुको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ ।
पर्यटकहरुको लागि आवश्यक स्थानीय पथप्रदर्शकहरुको तालिम, चिनिया“, जापानीलगायत विदेशी भाषाहरुको प्रशिक्षण, ठाउ“—ठाउ“मा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएका छौं । त्यसैगरी पर्यटकीय क्षेत्रहरूमा विशेष सरसफाई, समय समयमा सा“स्कृतिक विधाहरूको प्रतियोगिताको आयोजना गर्नुका साथै सा“स्कृतिक गुरुहरुको सम्मान कार्यक्रम पनि गर्दै आएका छौं । पर्यटन उद्योगको लाभ निश्चित व्यक्तिहरुको हातमा मात्र सीमित नहोस् भनी त्यसको फाइदा सर्वसाधारण जनतासम्म पु¥याउने कोसिस गर्दैछौ“ । भक्तपुरको मौलिक जीवनशैली झल्किने संग्रहालय निर्माण गर्नेतर्फ पनि हामी जोड दि“दैछौं ।
काठमाडौं उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्वनको लागि केही सुझावहरु ः
१. २०७२ सालको भुकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्वार गर्नु पर्ने तथा मुख्यमुख्य पर्यटकीय स्थलमा जोखिमपुर्ण रुपमा टेको लगाई राखेका निजी वा सार्वजनिक संरचनाहरुको उचित व्यवस्थापन गर्नु पर्ने,
२. सुरक्षाको कारण देखाई पर्यटकहरुका लागि बन्द गरेका स्थानहरु आवश्यक सुरक्षा व्यवस्था गरी खुल्ला गर्नुकासाथै शान्ति सुरक्षा र कोभिड १९ रोगबाट सुरक्षाको प्रत्याभुति हुने वातावरण तयार गरी आवश्यक प्रचार प्रसार गर्नु पर्ने,
३. काठमाडौं उपत्यकाभित्र बग्ने सबै साना ठूला खोला र नदीको प्रदुषण नियन्त्रण र फोहर व्यवस्थापनको दिगो समाधान खोज्नु पर्ने र समग्र अपराध र पर्यटनसंग सम्बन्धित अपराध न्यूनीकरण गरी सुरक्षित वातावरण तयार गरी बढ्दो ध्वनी, धु“वा, वातावरण, पानी, र रसायन प्रदुषण नियन्त्रण गरी सफा र स्वच्छ वातावरण तयार गर्नु पर्ने,
४. काठमाडौं उपत्यकाको मौलिक नेवारी जीवनशैली, कला, संस्कृति, संस्कार, सीप, खाद्य सामग्रीलगायतका विषयहरु संरक्षण र प्रवद्र्वन गर्ने तथा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा क्षेत्रहरुमा क्रमशः सवारी साधन निषेध गर्दै लानु पर्ने,
५. काठमाडौं उपत्यकाका लोपोन्मुख जात्रा, पर्व, नाचगान, बाजा र सा“स्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्वन गर्ने तथा मुख्यमुख्य पर्यटकीय स्थलहरुमा पर्यटनका पूर्वाधारहरु बसपार्क, शौचालय, सूचना केन्द्र, सेवा केन्द्र, विश्राम स्थल, मनोरञ्जन पार्क, सूचना र संकेत बोर्ड व्यवस्थापन गर्नु पर्ने,
६. पर्यटकीय क्षेत्रमा सहजपहु“च पु¥याउन आवश्यक व्यवस्था मिलाई ट्राफिक व्यवस्थापन र पर्यटकीय क्षेत्रहरुमा ढलको उचित व्यवस्थापन तथा भुस्याहा कुकुर, छाडा चौपाया, दोपाया, माग्ने केटाकेटी आदिको नियन्त्रण गर्नु पर्ने,
७.विभिन्न प्राकृतिक विपत्तिका कारण लोप भएका पुरातात्विक क्षेत्रको उत्खनन गरी प्राप्त प्रमाणको आधारमा सम्पदाहरुको पुननिर्माण र सांस्कृतिक सम्पदाहरुको परम्परागत शैलीमा श्रृंगारको व्यवस्था गर्नु पर्ने,
८. परम्परागत शैलीमा निर्माण गर्ने निजी घर धनीहरुलाई उचित अनुदानको व्यवस्था गरी संरक्षण गर्नु पर्ने,
९. सार्वजनिक र निजी ऐतिहासिक चित्रकला, काष्ठकला, धातुकला, प्रष्तरकला, मृतिकाकला, थ्यासाफु“ंलगायतका पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्नु पर्ने,
१०. पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिमहरुको व्यवस्था गर्नु पर्ने,
११. काठमाण्डौ उपत्यकालाई प्रदुषण मुक्त, सफा र सुन्दर बनाई सा“स्कृतिक केन्द्रको रुपमा विकास गर्नु पर्ने र
१२.काठमाडौं उपत्यकाका आदिवासी, जनजाती नेवारहरुको परम्परागत पेशा, उत्पादन, पोशाक, संस्कार, जात्रापर्वलगायत संग सम्बन्धित संग्रहालयहरुको व्यवस्था गर्नु पर्ने ।
अन्त्यमा, सम्पदाहरु सारा जनताका साझा सम्पत्ति हुन् ।संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा पुनःनिर्माण र जीर्णोद्धार गर्नु आवश्यक छ । नेपाल विश्वका पर्यटकहरुको भ्रमणको पहिलो रोजाइमा पर्ने गरी पूर्वाधारहरुको विकास गर्न सबै एक भएर लागौं । पर्यटन क्षेत्रले देशको अर्थतन्त्र मजबुत बनाउन तथा पर्यटनको विकास र प्रवद्र्धनको लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गरौं । धन्यवाद ।
(नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवनराम श्रेष्ठको अध्यक्षतामा काठमाडौं उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुबीच २०७९ साउन २० गते भएको छलफल कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.