नवदुर्गा भवानीको उद्गम द्योछेँ भक्तपुर नपालाई हस्तान्तरण
२०७९ साउन १९ गते, बिहीबार
भक्तपुर नपा साविक ११ नं. वडा हाल वडा नं. ५ टौमढीको स्वाँमला मार्गभित्र अवस्थित सार्वजनिक पसःछेँ चोकमा रहेको कित्ता नं. १६७ को नवदुर्गा देवगणको उद्गम आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नवदुर्गा आगँछेँलाई गुठी, पर्व र पूजा अर्चना आदि प्रयोजनमा आगँछेँका गुठीयारहरुलाई प्रयोग गर्न दिने गरी गुठीयार सरोजप्रसाद वैद्य समेतका गुठियारहरूले उक्त आगँछेँ भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई मिति २०७९ साउन १६ गते सोमबार हस्तान्तरण गर्नुभएको थियो ।
लामो समयदेखि संरक्षणको अभावमा लोपोन्मु
ख अवस्था रहेको उक्त आगँछेँ संरक्षणको लागि आगँछेँका गुठीयारहरुले उक्त जग्गा भक्तपुर नपालाई हस्तान्तरण गर्ने निर्णय गरेको गुठियार सरोजप्रसाद वैद्यले बताए ।
सार्वजनिक सम्पदा संरक्षणको जिम्मा नगरपालिकालाई दिएकोमा नगर प्रमुख प्रजापतिले आगँछेँका सम्पूर्ण गुठीयारहरुलाई धन्यवादज्ञापन गर्नुहुँदै भक्तपुर नपाले नवदुर्गा देवगणको आगँछेँलाई विशेष महत्व दिई संरक्षण र सम्बद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।