Explore news and happenings at Bhaktapur

दुई दिने कौसी खेती तालिम सुरु

२०७९ असार १३ गते, सोमबार

0
भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम असार १३ गतेबाट सुरु भएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सकिए धेरै फाइदा हुने बताउनुहुँदै नपाले आयोजना गरेको कौसी खेती तालिमबाट नगरपालिकाको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका खेलेको बताउनुभयो ।
काठमाडौं उपत्यकामा फोहर व्यवस्थापन चुनौतिको रुपमा खडा रहेको उल्लेख गर्नुहुँदै उहाँले घर, विद्यालय र सिंगो समाजकै फोहर व्यवस्थापन र सरसफाइमा कौसी खेती तालिम उपयोगी भएको बताउनुभयो ।
फोहोर व्यवस्थापनको सवालमा विकसित देशहरुले आफ्ना मित्र राष्ट्रहरुसँग फोहोर किनेर मोहोरमा रुपान्तरण गरिरहेको उदाहरण दिनुहुँदै प्रमुख प्रजापतिले सरकारले जनताको जनजीवनसँग मतलब नगर्दा आज देश हरेक क्षेत्रमा परनिर्भर हुँदै गइरहेको बताउनुभयो ।
जनताको समस्याप्रति सरकार गम्भीर नभएको र सरकारको औचित्यतामाथि पनि प्रश्न उठ्ने कामहरु भइरहेकोतर्फ सजग पार्नुहुँदै कृषिप्रधान देश अब नाममै मात्र सीमित छ भन्नुभयो ।
उहाँले सरकारको एउटा गलत निर्णयले देश नै टाटपल्टन सक्ने बताउनुहुँदै देशघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको सार्वभौमिकता र स्वाधिनतामाथि नै आँच पु¥याइरहेको हुँदा जनता सचेत बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुहुँदै नपाले पाक्षिक सरसफाईलाई समेत निरन्तरता दिएको अवगत गराउनुभयो ।
तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयु
क्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गर्नुहुँदै किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिले तालिमका प्रशिक्षकलाई कृषि सामाग्री हस्तान्तरण गरी तालिमको सुरुवात गर्नुभयो । तालिममा वडाका ११ वटा विद्यालयहरुबाट २/२ जना शिक्षक–शिक्षिका र १ वडा महिला समितिका महिलाहरुहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.