Explore news and happenings at Bhaktapur

A training on Data Analysis Using SPSS तालिम आजबाट सुरु

२०७९ जेठ १३ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भएको A training on Data Analysis Using SPSS तीनदिने तालिमको शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुदै उहाँले शिक्षा क्षेत्रमा भक्तपुर नपाले गरेको लगानी र योगदानबाट देशभरिकै विद्यार्थीहरु शिक्षित र दिक्षित हुने अवसर प्राप्त भएको बताउनुभयो । बागीश्वरी कलेज र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भएको तालिम सार्थक हुने अपेक्षा व्यक्त गर्नुहुँदै उहाँले शिक्षकले प्राप्त गरेको शिक्षाले विद्यार्थीहरुको सिकाइमा सकारात्मक भूमिका रहने बताउनुभयो ।
भक्तपुर नपामा पुनः नेमकिपाका जनप्रतिनिधिहरु निर्वाचित हुनु भनेको भक्तपुर नपाका जनप्रतिनिधिहरुले गरेको कामप्रति जनताको विश्वासकै कारण भएको बताउनुहुँदै उहाँले भक्तपुर नपाले हासिल गरेको सफलता र प्रगति देशकै लागि गौरव गर्न लायक भएको बताउनुभयो ।
राज्यले सामुदायिक संस्थाहरुलाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुहुँदै देशलाई आत्मनिर्भर बनाउन राज्यले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
दलगत स्वार्थले देश कहिल्यै अगाडि बढ्दै भन्नुहुँदै उहाँले सरकारले देशमै रसायनिक मल कारखाना खोल्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र ज्याख्वले विभिन्न अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांक समाजको हितको निम्ति उपयोग गर्न पाए समाजको प्रगतिमा विशेष टेवा पुग्ने बताउनुहुँदै भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालन गरी भक्तपुरको स्वास्थ्य क्षेत्रमा समाजको वास्तविक अवस्थाको चित्रण भएको छ भन्नुभयो ।
बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्व भएको उक्त कार्यक्रम बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, पूर्व शिक्षक ज्ञानसागर प्रजापति, विश्वविद्यालय अनुदान आयोगका तर्फबाट धनकृष्ण प्रजापति र बागीश्वरीका अनुसन्धान विभाग प्रमुख मोहनकृष्ण श्रेष्ठले तालिमको महत्व र औचित्यमाथि प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.