Explore news and happenings at Bhaktapur

अहिलेको निर्वाचन पदको निम्ति भएको प्रतिस्पर्धा हो: नगर प्रमुख सुनिल प्रजापति

२०७९ जेठ १२ गते, बिहीबार

0
अहिलेको निर्वाचन विचारको प्रतिस्पर्धा नभई पदको निम्ति भएको प्रतिस्पर्धा हो । उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमेज च्यानलको कार्यक्रम द मर्निङ ग्लो कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
दलीय व्यवस्थामा दलको विकल्पमा दल नै आउनुपर्नेमा देशका विभिन्न ठाउँमा स्वतन्त्र व्यक्तिले प्रमुख पद जित्नु भनेको जनताले आफ्नै पार्टीको नेतृत्वलाई अस्वीकार गरेको ठहर हुनु हो भन्दै उहाँले निर्वाचित जनप्रतिनिधिहरुले घोषणापत्रअनुरुप काम नगर्दा जनताहरुमा आफ्नै पार्टी र नेतृत्वप्रति असन्तुष्टि देखिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले स्थानीय तह अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिनुहुँदै नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै राजनीतिलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले पारदर्शितामा जोड दिँदै नपाको बजेट, आम्दानी, चन्दा आदिबारे विभिन्न माध्यमबाट जनतालाई थाहा दिँदै आइरहेका छौं भन्दै पुँजीवादी व्यवस्थामा विचारको भन्दा पनि पद र लाभको निम्ति प्रतिस्पधा हुने बताउनुभयो ।
नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने माध्यमको रुपमा उपयोग गर्दै आइरहेको बताउनुहुँदै सय वर्षपछिको भक्तपुरलाई आधार मान्दै भक्तपुर नपाले मौलिक शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई आर्थिक अनुदानको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
काठमाडौं उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले राज्यले देशको भाषा, संस्कृतिको जगेर्नामा विशेष पहल गर्नुपर्छ भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.