Explore news and happenings at Bhaktapur

७ वडाका उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशंसापत्र वितरण

0

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको वडा नं. ७ कार्यालयद्वारा गठित उपभोक्ता समितिका पदाधिकारीहरूलाई शुक्रबार प्रशंसापत्र वितरण गर्नुभयो ।

कार्यक्रममा अतिथि सुवालले शासक दलका नेताहरू आफ्नै कार्यकर्ता संलग्न उपभोक्ता समितिको काममा भ्रष्टाचार भएको दाबी गरी विकास निर्माणको काम ठेक्कामा दिनुपर्ने कानुन बनाउने गरेको चर्चा गर्दै गोर्खामा पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको रु. १० करोडको पुल निर्माण कार्य ७ वर्षदेखि अधुरो रहेको र देशमा अर्बौँ रुपियाँ परिचालन पेश्की पाएका ठेक्कासमेत अधुरै भएको चर्चा गर्नुभयो ।

सांसद सुवालले भन्नुभयो, “स–साना योजना स्थानीय जनता संलग्न उपभोक्ता समितिमार्फत र ठूलो योजना सरकारकै निर्माण कम्पनीमार्फत सम्पन्न गरिनु जरूरी छ । काठमाडौँ मिनभवनस्थित डोजर, लोडर, स्काएभेटर, टिपरसमेत भएको भारी उपकरण विभागलाई देशको प्रदेश प्रदेशमा स्थापना गर्नु आवश्यक छ ।”

नेपालमा पर्याप्त सम्भावना रहेको जलविद्युत् उत्पादन गरी खाना पकाउने ग्यास र अन्य इन्धन आयात घटाउनु पर्नेमा जोड दिँदै सांसद सुवालले भारतले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको दाबी गरी पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बढाएको र यही बेला पेट्रोलियम ढुवानी व्यवसायी सङ्घले ढुवानी भाडा बढाउन सरकारलाई दबाब दिएको बताउनुभयो ।

सचिव सुवालले भन्नुभयो, “देशभरिको स्थानीय तहमा एमालेले ४०.२३ प्रतिशत, नेकाले ३२.६९ प्रतिशत, माओवादीले १५.५२ प्रतिशत, जसपाले ४.१ प्रतिशत जितेको हो । ती पार्टीहरूले आफू जितेका स्थानीय तहमा विकास निर्माणलाई तीव्रता दिनुपर्ने हो । नेकाले प्रत्येक स्थानीय तहमा १५ बेडको प्रसुति अस्पताल सञ्चालन गर्ने, माओवादीले समृद्ध गाउँ–नगर बनाउने प्रतिबद्धता पूरा गरेनन् । आफू जितेको ठाउ“मा केही नगर्नेहरू नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरमा मात्र ध्यान दियो भनी गुनासो गर्दै छन् । नेपाल मजदुर किसान पार्टी अन्य स्थानीय तहमा पनि निर्वाचत भए भक्तपुरकै मोडलमा विकास निर्माणको काम अघि बढ्नेछ ।”

“एमसीसी समर्थक शासक दलहरूले भारतलाई नेपालको बिजुली बेच्न एमसीसी सम्झौता जरुरी भएको दाबी गरेको हो । अहिले नेपालमा बिजुली अभाव हुँदा भारतको ५.५ सय मेघावाट बिजुली प्रतियुनिट ३८ रुपियाँमा खरिद गरेर प्रतियुनिट ११ रुपियाँमा नेपाली उद्योेगीहरूलाई दिइएको छ । यसबाट माओवादीका ऊर्जामन्त्रीले बिजुलीले खाना पकाउनु र गाडी चलाउनु भनेको झूटा साबित भयो”, सचिव सुवालले भन्नुभयो ।

“नेका, एमाले, माओवादी र अन्य शासक दलहरू एकापसको खण्डन गर्छन् । तर, एक–अर्कोको सहयोगमा सरकार पनि बनाउँछन् । सिद्धान्तहीन गठबन्धन गरेकाहरू टीका लगाउँदै पार्टी प्रवेश गराउँदै छन् । त्यस्तो टीका लगाएर नेपालीले आफ्नो विचार अपवित्र बनाउनु हुँदैन”, उहा“ले भन्नुभयो । “उपभोक्ता समितिमा रहेर इमानदारीपूर्वक सेवा गर्नुहुने सबैलाई बधाई एवं धन्यवाद व्यक्त गर्न चाहन्छु”, सचिव सुवालले भन्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिका पदाधिकारीहरूको इमानदारिता र आर्थिक पारदर्शिताकै कारण भक्तपुरमा ‘उपभोक्ता मोडल’ सफल भएको चर्चा गर्दै भक्तपुरले शिक्षा, स्वास्थ्य, विकास निर्माणका क्षेत्रमा गरिरहेको गतिविधिबारे देशभर सकारात्मक प्रभाव परिरहेको भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई भनपाले प्राथमिकतामा राखी कार्य गरिरहेको चचाृ गर्दै उहाँले भन्नुभयो, “हामी भनपालाई कसरी अरू नगरभन्दा फरक बनाउने भन्ने उद्देश्यले काम गरिरहेका छौँ । व्यवस्थित नगर बनाउने उद्देश्यका साथ नगर विकासको काममा पनि लागिपरेका छौँ ।”

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले वडा नं. ७ ले पा“च वर्षको कार्यकालमा १०१ वटा नगरस्तरीय योजनाहरू सम्पन्न गरिसकेको जानकारी दि“दै भक्तपुरमा उपभोक्ता मोडल सफल हुनुमा नगरवासीहरूको भूमिका ठूलो रहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र भक्तपुर नपा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजुले पनि उपभोक्ता समितिमा बसेर काम गर्नुभएका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवादज्ञापन गनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.