Explore news and happenings at Bhaktapur

सम्पदाहरुको विवरण स्थानीय तहहरू उपलब्ध गराउनुपर्ने

0

नेपाल सरकार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले युनेस्कोबाट सन् १९७० मा पारित सा“स्कृतिक वस्तुहरूको अवैध रुपमा आयात निर्यात र व्यापारसम्बन्धी महासन्धी अनुसार नेपालबाट विभिन्न कालखण्डमा चोरी निकासी भएका ऐतिहासिक, सा“स्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाइ नेपाल फर्काउन बुधबार सम्बन्धित सरोकारवालाहरूको बैठक सिंहदरबारमा बस्यो ।
बैठकमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ऐतिहासिक, सा“स्कृतिक र पुरातात्विक कलाकृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्ने जिम्मा पाएका मन्त्रालय, विभाग, कार्यालय र संघसंस्थाहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुहुँदै सांस्कृतिक सम्पदाहरू राज्यले उचित ध्यान दिन नसक्दा चोरी निकासीमा वृद्धि भएको बताउनुभयो ।
सांस्कृतिक सम्पदा संरक्षणको लागि भ.न.पा ले वि.सं. २०५८ साल देखि २०६१ सालसम्म सा“स्कृतिक सुरक्षाकर्मी परिचालन गरिएको र माओदवादी जनयुद्ध चर्किएपछि सुरक्षा निकायको आग्रहमा स्थगित गरिएको बताउनुहुँदै प्रमुख प्रजापतिले वि.सं. २०५० सालदेखि पर्यटन शुल्क संकलन गर्दै त्यसबाट उठेको रकमले भक्तपुरका सम्पदा संरक्षण गर्दै आएको बताउनुभयो ।
लैनसिंह वागंदेलको क्ष्लखभलतयचथ या क्तयलभ क्अगउितगचभक या तजभ प्बतजmबलमग ख्बििभथ पुस्तकमा उल्लेख भएका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्रस्तर मूर्तिहरूको विवरण सम्बन्धित सबै स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले भक्तपुरबाट हराएका भक्तपुर नगरपालिका वडा नं. ७ स्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालय संग्रहालयबाट फर्काउन र भक्तपुर नगरपालिका वडा नं. ३ नासमनाबाट हराएको उमामहेश्वरको मूर्ति फ्रान्सको राजधानी पेरिसको एशियाली कला सम्बन्धि राष्ट्रिय संग्रहालय (गिमे म्युजियम)बाट फिर्ता ल्याउन भक्तपुर नगरपालिकाले परराष्ट्र मन्त्रालय, पुरातत्व विभागलगायत सरोकारवाला संघ संस्थाहरूमा पत्राचार गरेकोबारे अवगत गराउनभयो ।
बैठकमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले विभिन्न कालखण्डमा हराएका वा चोरी भएका सम्पदाहरू नेपाल फिर्ता गराउन महानपाको तर्फबाट आवश्यक पहल र समन्वय भइरहेको जानकारी गराउनुहुँदै सम्पदा क्षेत्रमा हुने चोरी–पैठारी रोक्न ती क्षेत्रहरूमा सुरक्षासम्बन्धी सूचना–प्रविधिको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
बैठक संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ऐतिहासिक, सा“स्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाइ नेपाल फर्काउन विभिन्न समस्या समाधानको लागि स्थानीय तहबाट आवश्यक समन्वय गर्नुपर्ने बताउनुभयो । साथै हराएका वा चोरी भएका सम्पदाहरू फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागका निर्देशक दामोदर गौतमले नेपालबाट हराएका वा चोरी भएका मूर्तिहरूको तथ्यांक प्रस्तुत गर्दै ६० देखि ८० को दशकमा नेपालबाट व्यापक रुपमा सांस्कृतिक सम्पदाहरूको चोरी भएको बताउनुभयो ।
उक्त बैठकमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुभद्रा भट्टराईले नेपालका चल सांस्कृतिक सम्पदाहरूको अनधिकृत निकारी पैठासीको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण देखाउनुहुँदै गैरकानुनी रुपमा निकासी भएका सांस्कृतिक सम्पदाहरू क्रमशः नेपाल फिर्ता हुन थालेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तहका प्रमुख, भन्सार विभाग, प्रहरी प्रशासन, राष्ट्रिय कला संग्रहालयलगायतका प्रतिनिधिहरूले चोरी भएका मूर्ति फर्काउने प्रक्रियालाई मन्त्रालयबाट सहजकिरण गर्नुपर्ने, चोरी भएका मूर्तिहरुको ऐतिहासिक प्रमाणको अभाव रहेको, सबै नाकाहरुमा निकासी वस्तुहरुको कडाइँका साथ जाँच गर्नुपर्ने, सम्पदा संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्नुपर्ने, सम्पदाको महत्वबारे पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका सुझावहरु राखेका थिए ।
बैठक संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको थियो । बैठकमा नगर प्रमुख प्रजापतिले मन्त्रालयका सचिव न्यौपानेलाई विभिन्न कालखण्डमा चोरी निकासी भएका ऐतिहासिक, सा“स्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाइ नेपाल फर्काउन बुँदागत रुपमा सुझाव सहितको पत्र हस्तान्तरण गर्नुभयो ।
पत्रमा उल्लिखित बु“दागत सुझावहरु यसप्रकार छन् ः
– लैनसिंह वागंदेलको क्ष्लखभलतयचथ या क्तयलभ क्अगउितगचभक या तजभ प्बतजmबलमग ख्बििभथ पुस्तकमा उल्लेख भएका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्रस्तर मूर्तिहरुको विवरण सम्बन्धित सबै स्थानीय तहहरुलाई उपलब्ध गराइ सो को सुरक्षा व्यवस्थाको लागि सम्बन्धित सरोकारवाला सबै संघ संस्थाहरुलाई सचेत पार्नुपर्ने,
– उक्त पुस्तकमा उल्लेख नभएका र स्थानीय तहमा रहेका अन्य मूर्त सम्पदाहरुको विवरण स्थानीय तहबाट मागी सा“स्कृतिक सम्पदाहरुको विवरण अध्यावधिक गर्नुपर्ने,
– प्रस्तर मूर्ति वाहेक धातुकला, टेराकोटा कला, चित्रकला, काष्ठकलाका छरिएर रहेका विभिन्न्न कलाकृतिहरुको विवरण संकलन अभिलेख बनाइ सोको संरक्षणको कार्यनीति तयार गर्नुपर्ने,
– लैनसिंह वागंदेलकै अर्को पुस्तक क्तयभिल क्ष्mबनभक या ल्भउबमिा उल्लेख भएका विभिन्न हराएका मूर्तिहरुको विषयमा सम्बन्धित स्थानीय तहहरुलाई उक्त मूर्तिहरु संसारको कुन कुन देशमा कहा“ कहा“ राखिएको छ जानकारी गराई यथास्थानमा पुनस्थापित गर्न पहल गर्नुपर्ने,
– उक्त पुस्तकमा उल्लेख भएका बाहेक विभिन्न स्थानीय तहबाट विभिन्न कालखण्डमा चोरी निकासी भएका प्रस्तरकला, धातुकला, काष्ठकला, चित्रकला, थ्यासफू, ताम्रपत्रलगायतका पुरातात्विक सम्पदाहरुको विवरण तयार गर्नुपर्ने,
– माथि उल्लेखित चोरी निकासी भएका सम्पदाहरु संसारको कुनकुन देशमा कहा“ कहा“ राखिएको छ सूचना प्राप्त गरी सो विवरण स्थानीय तहलाई समेत उपलब्ध गराई सम्पदाहरु फिर्ता गरी यथास्थानमा पुर्नस्थापनाको लागि पहल गर्नुपर्ने,

– देशकै धरोहरको रुपमा रहेका यस्ता बहुमुल्य ऐतिहासिक, सा“स्कृतिक र पुरातात्विक सम्पदाहरु संरक्षणको लागि कडा कानूनको व्यवस्था गरी चोरी निकासी गर्ने तस्करहरुलाई हदैसम्मको दण्ड सजाएको व्यवस्था गर्नुपर्ने,
– नेपालको प्रचलित कानूनमा व्यवस्था भएजस्तै चोरी गरेका सामाग्री विक्री गर्ने र खरीद गर्ने दुवै पक्षलाई कानूनी कारवाहीको व्यवस्था गर्न युनेस्कोमार्फत अन्र्तराष्ट्रिय कानून निर्माणको लागि पहल गर्नुपर्ने,
– विभिन्न स्थानीय तहबाट हराइएका सम्पदाहरु नेपाल फिर्ता ल्याउन सन् १९७० को युनेस्कोको महासन्धी अनुसार नेपालकै हो भनी प्रमाणित गराउन युनेस्कोलाई लैनसिंह वागंदेलले लेखेका क्ष्लखभलतयचथ या क्तयलभ क्अगउितगचभक या तजभ प्बतजmबलमग ख्बििभथ र क्तयभिल क्ष्mबनभक या ल्भउब िलाई मान्यता दिलाउन आवश्यक पहल गर्नुपर्ने,
– माथि उल्लेखित पुस्तकका विवरणलाई प्रमाणीकरण पश्चात संसारका विभिन्न संग्रहालय, विश्वविद्यालय र व्यक्तिगत संग्रहमा रहेका नेपालका चोरिएका र हराएका सम्पदाहरु नेपाल फिर्ता गरी तत्काल पुनः स्थापित गर्न सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय र संघसंस्थाहरु जिम्मेवार बनाइ क्रियाशिल बनाउनु पर्ने र
– विभिन्न समयमा पत्र पत्रिकामा निस्किएका समाचारको आधारमा यस नगरक्ष्ँेत्रबाट हराइएका विभिन्न देशको संग्रहालय र विश्वविद्यालयमा राखिएका पुरातात्विक सम्पदाहरुमध्ये भक्तपुर नगरपालिका वडा नं. ७ स्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालय संग्रहालयबाट फर्काउन र भक्तपुर नगरपालिका वडा नं. ३ नासमनाबाट हराएको उमामहेश्वरको मूर्ति फ्रान्सको राजधानी पेरिसको एशियाली कला सम्बन्धि राष्ट्रिय संग्रहालय (गिमे म्युजियम)बाट फिर्ता ल्याउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभागलगायत सरोकारवाला संघ संस्थाहरुमा पत्राचार गरेकोमा हालसम्म उक्त मूर्तिहरु फिर्ता नभएकोले थप पहलको आवश्यकता ।

Leave A Reply

Your email address will not be published.