Explore news and happenings at Bhaktapur

निःशुल्क दन्त शिविर तथा पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन

२०७८ पुस १० गते, शनिबार

0

भक्तपुर नगरपालिका वडा नं. १ ले आज निःशुल्क दन्त शिविर तथा पाठेघर र स्तन क्यान्सर रोग परीक्षण शिविर सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जीवनले देशलाई अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।

जीवनको सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य हो भन्दै नगर प्रमुख प्रजापतिले स्वस्थ जीवन नै सुख र समृद्धिको आधार भएको बताउनुभयो । भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ख्वप अस्पताल निर्माण गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा पुस ३ गतेबाट शनिबार पनि स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

सर्ने तथा नसर्ने रोगहरुबाट जनतालाई सचेत पार्न भक्तपुर नगरपालिकाले विभिन्न रोगहरुबारे जनचेतनामूलक कार्यक्रम तथा शिविरहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले नगरबासीहरुलाई रोगबारे सचेतना जगाउन समय–समयमा शिविर तथा जनचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । सिर्जनानगरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको अवगत गराउनुहुँदै उहाँले भक्तपुरको रानीपोखरी पुनःनिर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भक्तपुर नपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण राजलवटले पाठेघरसम्बन्धी रोगबाट महिलाहरु पीडित भएको समयमा वडाले आयोजना गरेको शिविरले वडाबासीहरु लाभान्वित हुने प्रतिक्रिया जनाउनुभयो ।

उक्त कार्यक्रममा भक्तपुर क्यानसर अस्पतालका डा. यत्ना खतिवडा, वडा सदस्यद्वय गंगा बमनू र सूर्यप्रसाद श्रेष्ठले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.