Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा स्नातकोत्तर तहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, २०७८ मंसीर ११ गते शनिबार ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेजमा शैक्षिक वर्ष २०७८/७९ मा स्‍नातकोत्तर तहअन्तर्गत एमए अर्थशास्त्र, एमए अङ्ग्रेजी र एमएसस्सी वातावरण विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत एवम् अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सामुदायिक संस्थालाई नियन्त्रण गर्ने र निजी संस्थालाई छुट दिने सरकारी नीति गलत रहेको धारणा राख्दै भन्नुभयो, “समाजवादउन्मुख संविधानमा टेकेर बनेको सरकारले पुँजीवादलाई प्रशय दिनु गलत छ ।”
फोहोर पानीमा नुहाएर सफा नभएजस्तै पुँजीवादी बन्दोबस्तको सरकारमा गएर समाजवाद नआउने उहाँले स्पष्ट पार्नुभयो ।
रामदेवजस्ता फकिर प्रयोग गरेर देशलाई पराधीन बनाउने कार्य नौलो नभएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले जोगीको भेषमा गुप्तचरी गर्ने नीति चाणक्यमै उल्लेख भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हतियार र युद्धका माध्यमबाट देश कब्जा गर्ने चलन पुरानो भइसक्यो । एकैपटक देश कब्जामा नलिई बरु गुप्तचर विभाग सक्रिय बनाएर त्यस देशको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई कब्जा गर्दै देशलाई उपनिवेश बनाइने प्रचलन अहिले बढेको छ ।”

“संरा अमेरिकाका बहुमत जनताले निर्वाचनमा भाग लिंदैनन । त्यहाँ अल्पमतको मतबाट बहुमतको सरकार चल्दै आएको छ, पुँजीवादी झिलिमिली र प्रचारबाजीबाट जोगिएर हामी अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

विद्यार्थीलाई देशको परिस्थिति र देशभक्तिबारे शिक्षा दिनुपर्नेमा जोड दि“दै अध्यक्ष रोहितले नयाँ पुस्तालाई देशभक्त बनाउन नसके देश पछाडि पर्ने बताउनुभयो ।

ख्वप मावि/कलेज स्थापनाको समयमा विश्व बैङ्कको ऋण सहयोगमा निजी कलेज/विद्यालय खोल्न सुझाएको प्रसङ्ग विपरीत देश र जनताको पक्षमा, समाजवादको पक्षमा नेमकिपाका जनप्रतिनिधिहरूले सामुदायिक शिक्षण संस्था स्थापना गरी हजारौ“ सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर दिइरहेको छ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।

कृषिमा आत्मनिर्भर हुनु जरूरी रहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारको नाममा युवाहरू विदेश जाने नीतिले देशको विकास नहुने धारणा राख्नुभयो ।

चिन्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बिजुक्छेँले नयाँ दर्शन र विचारधाराले संसारलाई नयाँ दिशानिर्देश गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसारमा समाजवादको युग आउँछ र त्यसको नेतृत्व मजदुर वर्गले गर्नेछ भन्ने मार्कसको सिद्धान्त चिन्तन र अनुसन्धानबाटै प्रमाणित भएको हो । यसर्थ चिन्तन, अध्ययन र अनुसन्धान जस्तोसुकै कठिन परिस्थितिमा पनि चालु राख्नुपर्छ ।”
संसार परिवर्तनशील भएकोले क्रान्ति अवश्यम्भावी भएको भनाइ उहाँले राख्नुभयो ।

पुँजीवादी व्यवस्थामा सबै जनता राजनीतिकरूपमा सचेत नहुने धारणा राख्दै अध्यक्ष बिजुक्छे“ले राजनीतिमा भीडभन्दा विचार महत्त्वपूर्ण हुने बताउनुभयो ।

“निर्वाचन भनेको सिद्धान्तको लडाइ“ हो । हरेक क्षेत्रमा व्यक्तिगत महत्वाकाङ्‍क्षीको आधारमा भागबन्डा र पद बाँडफाँट हुनु गलत छ । पदको निम्ति झगडा गर्ने व्यवस्थाले देशलाई भड्खालोमा पु¥याउनेकछ । राजनीतिक व्यक्तिहरू बौद्धिकरूपमा सक्षम र सबल भएनन् भने व्यक्तिमात्र होइन देश नै विदेशीको कब्जामा पुग्नेछ”, उहाँले भन्नुभयो ।

विद्यार्थी आफू जुन पद र ठाउँमा पुगे पनि देश र जनताको पक्षमा इमानदारीपूर्वक सेवा गर्ने भावना राख्नुपर्नेमा जोड दि“दै अध्यक्ष बिजुक्छे“ले देश अगाडि बढाउन नयाँ पुस्तालाई राम्ररी प्रशिक्षित गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा हरेक कुरा नाफासँग जोडिने भएकैले सामुदायिक र सार्वजनिक संस्थाहरूप्रति सरकारको गलत दृष्टिकोण रहेको बताउनुभयो ।

स्थानीय तहले सञ्चालन गरेका कलेजहरूलाई निजी कलेजहरूको आँखाले हेर्नु गलत छ, उहाँले भन्नुभयो ।

भूगोल, इतिहास संस्कृति, राजनीतिशास्त्रलगायतका विषयको महत्त्वलाई ध्यानमा राखी ती विषय पढ्ने विद्यार्थीलाई भनपाले छात्रवृत्तिको व्यवस्था गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

अर्थतन्त्र र व्यापारघाटाबारे चर्चा गर्दै उहाँले देशको व्यापारघाटाको स्थिति डरलाग्दो भएको उल्लेख गर्नुभयो ।
सरकारमा गएका दल र तिनका नेतृत्व भारतपरस्त र विदेशी दलाल भएकै कारण परनिर्भरता बढेको धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।

एमसीसी सम्झौता राष्ट्र हितविपरीत रहेकैले नेमकिपाले एमसीसीको विरोधमा देशव्यापीरूपमा विरोधसभा र प्रदर्शन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. कुसुम शाक्यले १० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको विषयका कक्षाहरू अनलाइन माध्यमबाट सुरू गर्ने तयारी गरेको र त्रिविअन्तर्गत मानविकी सङ्कायमा ३४ वटा विषयको अध्ययन गराइरहेको जानकारी दिनुभयो ।

भर्ना भएका विद्यार्थीले पढाइ पूरा नगरी छोड्ने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “शिक्षकले विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्नैपर्छ ।”

विद्यार्थी भर्नाको साथै पढाइको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै डीन शाक्यले हामीले गरेको मेहनत खेर नजाने बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले ख्वप कलेज स्थापनाका उद्देश्यहरूबारे जानकारी दिदैै शैक्षिक गुणस्तर वृद्धिमा कलेजले सधै“ जोड दिइरहेको बताउनुभयो ।

ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्नातकोत्तर तहको कार्यक्रम कलेजको प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै स्नातकोत्तर तहका विद्यार्थीले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा एमए तथा बीए इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.