Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजका शिक्षक तथा कर्मचारी भेला

भक्तपुर । कार्तिक २५ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरु मन, वचन र कर्मले इमानदार हुनुपर्ने बताउनुहुँदै संस्थाको आवश्यकताअनुसार निःस्वार्थ रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको भेलमा बोल्नुहुँदै उहाँले कुनै पनि व्यक्ति वा संस्था राजनीतिबाट अलग हुन नसक्ने बताउनुभयो ।

भक्तपुर नगरपालिका र नपाबाट सञ्चालित कलेजहरुको काम गर्ने शैलीको प्रशंसा आज देशव्यापी रुपमा चलिरहेको बताउनुहुँदै उहाँले जनप्रतिनिधि र कर्मचारीहरुको अनुशासन र इमानदारिताले संस्थाहरुको दिगो विकास र प्रगति सम्भव भएको बताउनुभयो ।

एमसीसीमार्फत नेपालमा अमेरिकी सैनिकको घुसपैठ हुने खतरा बढेको बताउनुहुँदै उहाँले एमसीसीको विरोध गर्नु देशभक्त नागरिकहरुको कर्तव्य हो भन्नुभयो ।
शासक दलहरुकै कारण न्यायलय क्षेत्रमा विकृति आएको प्रसंग जोड्नुहुँदै नगर प्रमुख प्रजापतिले प्रतिनिधिसभा पुनःस्थापना र परमादेशको आधारमा प्रधानमन्त्री नियुक्ति संविधानको भावना विपरीत भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रबिन्द्र फोँजुलगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.