Explore news and happenings at Bhaktapur

सरसफाई सम्मानजनक कार्य हो : प्रमुख सुनिल प्रजापति

भक्तपुर, २०७८ असोज २६ गते मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका श्यानीटेशन शाखामा कार्यरत कर्मचारीहरुबीच शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सरसफाई सम्मानजनक काम भएको उल्लेख गर्नुहुँदै कर्मचारीहरुमा शिष्टता, अनुशासन र इमानदारिता जस्ता गुणहरु हुनुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाका कर्मचारीहरुले अरु बेला भन्दा दशैं र तिहार जस्ता चाडपर्वहरुमा अझ बढी मिहेनतका साथ सरसफाईमा खटिनुपर्ने जानकारी दिनुहुँदै नगरलाई सफा र स्वच्छ नगरको रुपमा परिचित गर्न जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयास आवश्यक छ – भन्नुभयो ।

भक्तपुर नगरपालिकाले सफाइका सवारी साधन मार्पmत नगरबासीहरुलाई विविध सूचना दिई सुसूचित गर्न खोजिरहेको बताउनुहुँदै समाजलाई अगाडि बढाउन असल राजनीतिको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरलाई सुन्दर नगर बनाउन सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुले खेल्नुपर्ने भूमिकाबारे प्रष्ट पार्नुहुँदै कर्मचारीहरुलाई विदाको समयमा अरुबेला भन्दा बढी समय सरसफाइ कार्यमा खटिनुपर्ने तथा नगरबासीहरुसँग नरम व्यवहारद्वारा सचेतता जगाउनुपर्ने चर्चा गर्नुभयो ।

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले कार्यकालको ४ वर्षको कार्यकाल पूरा गरी ५ वर्षमा रहँदा निर्वाचनको बेला जनतामाझ घोषणापत्रमार्फत गरेको प्रतिबद्धता बमोजिमका अधिकांश कार्यहरु सम्पन्न गरिसकेको प्रष्ट्याउनुहुँदै उहाँले सरसफाइको क्षेत्रमा नगरलाई थप व्यवस्थित गर्न नगरको विभिन्न स्थानहरुमा गमलाको व्यवस्था गर्ने तथा कुहिने÷नकुहिने फोहोरलाई व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले दशैंको समयमा कर्मचारीहरुले खानपिनमा ध्यान दिनुपर्ने र जाँडरक्सी, जुवा ताँस जस्ता कुलतबाट टाढा रही आफ्नो कार्यक्षेत्रमा निरन्तर लाग्नुपर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा भनपा श्यानीटेशन शाखा प्रमुख दिलिप सुवाल र वडा निरीक्षक रमेश तुईतुईले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.