Explore news and happenings at Bhaktapur

प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान

२०७८ असोज २५ गते, सोमबार

0

प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान तथा भक्तपुर जिल्लाका प्याब्सन अन्तर्गत विद्यालयका प्रिन्सिपलहरुबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सोमबार भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिकको अभिन्न अंगको रुपमा विकास गर्न खेलकुद प्रशिक्षणलाई निरन्तता दिंदै थप खेलहरूको प्रशिक्षण पनि सुरु गरेको बताउनुभयो ।

कोभिड महामारीबीच भक्तपुर नपाले स्थापना गरेको अक्सिजन प्लान्ट निर्माणमा प्याब्सनले गरेको सहयोगको लागि धन्यवादज्ञापन गर्नुहुँदै प्रमुख प्रजापतिले सबैको साथ र सहयोगकै कारण नगरपालिकालाई आफ्नो गतिविधि सञ्चालन गर्न हौसला प्रदान भएको बताउनुभयो ।

भक्तपुरको सन्तुलित विकासमा ध्यान दिँदै नगरपालिकाले विविध विकास निर्माणका कार्यहरु गर्दै आएको र देशको राजनीति राम्रो भए देशको विकास र समृद्धि पनि सम्भव हुने बताउनुभयो ।

वर्तमान राजनीति घटनाक्रमबारे आफ्नो धारणा राख्दै प्रमुख प्रजापतिले न्यायालयप्रतिको जनताको विश्वास घट्दै वर्तमान अवस्थामा शासक दलका नेताहरुले नेपालको सार्वभौमिकतामाथि खतरा पैदान हुने खालका गतिविधिमा सक्रियता बढाइरहेकोमा आपत्ति जनाउनुभयो ।

प्याब्सन भक्तपुरका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्न भक्तपुर प्याब्सनअन्तर्गतका विद्यालयहरुले आवश्यक भूमिका खेलिरहेको बताउनुहुँदै प्रअहरुबीचको आत्मीयता र सौहार्दताको लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन भक्तपुर जिल्लाका सल्लाहकारद्वय भक्त राजभण्डारी र कृष्ण केसी, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ र इजी पायोनियरका प्रिन्सिपल विजेन्द्र ध्वजुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.