Explore news and happenings at Bhaktapur

कर्मचारीहरुलाई एक महिने सांकेतिक भाषा तालिम सुरु

२०७८ साउन ३ गते, आइतबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा एक महिने सांकेतिक भाषा तालिमको उद्धघाटन कार्यक्रम उप प्रमुख रजनी जोशीले गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिकाका उप प्रमुख तथा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण सम्बन्धि अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले नगरपालिकाका शाखाहरुमा कार्यरत कर्मचारीहरुको लागि सांकेतिक भाषा तालिम ल्याइएको बताउनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण सम्बन्धि अस्थायी समन्वय समिति मार्पmत हालसम्म ५२९ जनाले अपांगता परिचयपत्र प्राप्त गरिसकेको चर्चा गर्नुहुदैं अपांगताको लागि खेलकुद, स्वास्थ्य शिविर र सहायक सामग्रीहरु समेत वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरिक्षेक शिव कुमार श्रेष्ठले तालिम तथा सूचनाले सबै पक्षको विकासमा मद्दत मिल्ने र यसले सिप, क्षमता अभिवृद्धि गर्नुका साथै सकारात्मक परिवर्तन हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोल्नुभएको थियो ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन अनुसार बहिराहरू अन्य नागरिक सरह सूचना लिनबाट भाषाको समस्याकै कारण वञ्चित हुनुपरेकोले भक्तपुर नगरपालिकाका विभिन्न शाखाबाट २० जना कर्मचारीहरुको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.