Explore news and happenings at Bhaktapur

सर्वोच्च अदालतबाट प्रधानमन्त्री तोक्नु व्यवस्थापिका माथि आक्रमण

भक्तपुर, २०७८ श्रावण २ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरित र व्यवस्थापिका माथि कार्यपालिकाको अतिक्रमण भएको बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. ३ द्वारा भ्रष्टाचार विरोधी आन्दोलनको संस्मरणमा आयोजित प्रवचन कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसम्म देवा टिके प्रधानमन्त्रीको हैसियतमा रहने बताउनुभयो ।

उहाँले दलीय व्यवस्थामा दलको ह्विप नलाग्ने कुरा गलत हो, सर्वोच्च अदालतको ह्विप नलाग्ने फैसलाले राजनैतिक दलहरुमा अराजकता पैmलिन्छ, साँसदहरु किनवेचको खेल फेरि शुरु हुनेछ भन्नुभयो ।

साँसद अपहरण, जम्बो मन्त्रिमण्डल गठन, राष्ट्रघाती एमसीसी सम्झौता गर्ने विगतको इतिहासले देउवा नालायक पात्र भएको बताउनुहुँदै उहाँले ललित निवास प्रकरणमा फरार अभियुक्त विजय गच्छदार धरौटीमा रिहा हुनु र अफतान अलाम छुट्ने हल्लाले देशमा फेरि अराजकता शुरु हुने संकेत भएको उल्लेख गर्नुभयो ।

पूँजीवादी व्यवस्थामा सरकारले नै भ्रष्टाचारीहरुको संरक्षण दिइरहेको हुने बताउनुहुँदै राजनीति भ्रष्टाचारी, तस्कर, गुण्डागदीै र ठेकेदारहरुले कब्जा गर्दै लगेको हुँदा जनता सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा नगर समितिका सदस्य गंगाराम ज्याख्वले २०२५ साल साउन २ गतेको भ्रष्टाचार विरोधी आन्दोलनबाट प्रेरणा लिएर नयाँ पुस्ता अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

स्थानीय रामहरी गोरा, रामसुन्दर खाताखो र सुनिता अवालले पनि भ्रष्टाचारका विविध पक्षबारे चर्चा गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व राजकृष्ण गोराले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.